चेपे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चेपे[१] नेपालको एक नदी हो। बौद्ध हिमालबाट उत्पति भई दूधपोखरीको निकाससमेत समावेश गरी गोरखा जिल्लाको पश्चिम सिमाना बोद्ध हिमालदेखी राइनाशटारको पुच्छारमा पुग्दछ र मस्र्याङ्गदीमा मिसिन्छ। मिर्दी खोला साघ्ही खोला खारखोला र कदलीखोला गोरखाबाट बगेका चेपेका साहायक खोलाहरू हुन् भने लाङ्दी कूएले खोलो चिल्ली खोलो र बोराङ खोलो जम्जुङ्गबाट बगेका चेपेका सहायक खोलाहरू हुन्। मल्लाटार च्याङ्लीटार जस्ता टारहरूमा चेपेबाट सिचाई गर्न सकिन्छ। चिल्ली खोलाको दोभानबाट निमार्ण गरिएको नहरले जम्जुङ्गका साहि‌लीटार अल्काटार तीनपिप्ले र गरमबेसी आदीमा सिचाई सुविधा पुगिसकेको छ।

द्रव्य शाह गोरखाका राजा र नरहरि शाह (लमजुङका राजा) दाजु-भाइबीच झगडा भए पछि दुबै राजाकी आमाले दूधपोखरीमा पुगी चेपे नदीमा आफ्नो दूधको धारा बगाइ दुई भाइलाई सीमा छुट्ट्याएको किंबदन्ती छ ।


सन्दर्भ[सम्पादन गर्नुहोस्]