गढवाल अधिराज्य

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गढवाल अधिराज्य (टिहरी अधिराज्य)
गढवाल अधिराज्य

८८८–१९४९

Flag

राजधानी देवलगढ १५००-१५१९, श्रीनगर-गढवाल १५१९-१८०४, टिहरी १८१५-१८६२,प्रतापनगर १८६२-१८९०, किर्तीनगर १८९०-१९२५,नरेन्द्र नगर१९२५-१९४९
भाषा गढवाली, संस्कृत, हिन्दी
धर्म हिन्दू
सरकार राजतन्त्र
प्रिन्सली स्टेट (१८१५–१९४९)
इतिहास
 - Established ८८८
 - Disestablished १९४९
Warning: Value specified for "continent" does not comply

गढवाल अधिराज्य भारतको उत्तराखण्ड राज्यको पश्चिम क्षेत्रमा स्थित एक अधिराज्य थियो, जुन भारतको आजादी पछी १९४९मा भारतमा गाभियेको थियो। गढवाल अधिराज्यमाथि राजपुत (पनवार) वंशको शासन थियो। यस अधिराज्यको स्थापना ८८८ ए०डी०मा भयेको थियो र यो तब सम्म रहि रह्यो जब सम्म गोर्खाली (नेपाली)ले यस अधिराज्यलाई नेपाल एकिकरण अभियानमा शामेल गरि सकेनन। यस अधिराज्यलाई गोर्खालीहरू द्वारा सन् १८०३मा नेपाल अधिराज्यमा शामेल गरियेको थियो। पछि यो अधिराज्य सुगौली सन्धि तहत नेपालले अङ्रेजलाई दिनु पर्यो र अङ्रेजहरूले एउटा सानो हिस्सा गढवालको राजालाई फर्काइदिए जुन टेहरी गढवालको नामबाट पुनः स्थापित गरियो। पछि अङ्रेजहरूले यस अधिराज्यलाई ब्रिटिश भारतको पञ्जाब पहाडी क्षेत्र (पञ्जाब हिल स्टेट एजेन्सी)मा शामेल गरि दिये, गढवाल अधिराज्यमा आजको गढवाल जिल्लाउत्तरकाशी जिल्लाको क्षेत्र शामेल थियो। सन् १९४९मा गढवाल अधिराज्य भारत गणराज्यमा शामेल गरियो।

इतिहास[सम्पादन गर्ने]

प्राचीन[सम्पादन गर्ने]

सांस्कृतिक तवरमा यस क्षेत्रलाई केदारखण्ड, गढवालीहरूको घर भनेर हिन्दूहरूको कयौं ग्रन्थहरूमा उल्लेख छ। गढवाल अधिराज्यमाथि क्षत्रियहरूले शासन गरेका थिए। २रो शताब्दी बी०सी० लगभगमा यहाँ कुनिन्द अधिराज्य थियो पछि यो ठाँउ कत्युरी राजाको शासनमा पड्यो जस्ले एकिकृत कुमाउँ अधिराज्य र गढवालमाथि कत्युर उपत्यकाबाट शासन गरे। लगभग ६ ठौं शताब्दी ए०डी०मा यस ठाँउमा बैजनाथ, उत्तराखण्डको स्थापना भयेको थियो र ११औं शताब्दी ए० डी०मा लामाखेतको चँद राजाहरूले कुमाउँलाई आफ्नो अधिनमा लियेको थिये। लगभग ६२९ ए०डी०मा चीनी यात्री ह्युन त्सांग जब यस ठाँउमा आयेको थियो, त्यस बेला यस ठाँउमा ब्रह्मपुत्र अधिराज्य हुने गर्थ्यो यस बातलाई ह्युन सांगले उल्लेख गरेका छन। गढवाल अधिराज्यको स्थापना ८२३ ए०डी०मा भयेको थियो, जब मालवाको राजकुमार कनकपाल बद्रीनाथ दर्शनको लागी बद्रीनाथ मन्दिर गयेको थिए तब उनको भेट चन्द्रपुर गढीको राजा भानु प्रताप संग भयेको थियो। पछि राजा भानु प्रतापले आफ्नो एकमात्र छोरीको बिहे राजकुमार कनकपाल संग गरिदिये र आफ्नो अधिराज्य उसलाई सुम्पी दिये। कनकपाल र उनको वंश पनवार शाहले ५२ टुकडामा फैलिएको स-साना गढीहरूलाई गढवाल अधिराज्यमा एकिकृत गरे र समुच्य गढवाल अधिराज्यमाथि ९१५ वर्ष सन् १८०४ सम्म शासन गरे।

मध्य[सम्पादन गर्ने]

सन् १३५८,मा ३७ औं शासक अजय पालले आफ्नो शासनकालमा सबै स-साना क्षेत्रहरूलाई गढवालमा गाभे र गढवाल अधिराज्यलाई स्थापित गरे र यस्को राजधानी देवलगढलाई बनाये जुन पछि गयेर श्रीनगर सारियो। बलभद्र शाह (१५७५ देखि १५९१) प्रथम राजा थिए जस्ले उपनाम “शाह” जोडे। महिपत साहले अधिराज्यको राजधानी श्रीनगर, उत्तराखण्ड सारेका थिए। उनको मृत्यु १६३१मा भयो र उनको सात वर्ष छोरालाई राज्यको उत्तराधिकारी बनाइयो र उनको पत्नी रानी कर्णावती द्वारा सत्ता सम्भालियो। उनले लामो समय अधिराज्यको बागडोर राम्ररी सम्भालनु भयो र आक्रमणकारीहरूको छक्का छोडाई दिनु हुन्थ्यो सन् १६४०मा नजाबत खानको सेनापत्यमा मुगल साम्राज्य द्वारा गरियेको आक्रमणलाई विफल पारि दिनु भयेको थियो। पछि गयेर उनको नाम “नकटी रानी” भयो किनकी उ आफ्ना दुश्मनहरूको नाक काटि दिनु हुन्थ्यो। उनको प्रतिमा अहिले सम्म देहरादुन जिल्लाको नवादामा स्थित छ। यस पछिको गढवाल अधिराज्यको महत्वपुर्ण राजा थिये फतेह शाह जुन १६८४ देखि १७१६ सम्म रहे जो भंगनीको युद्घमा हिस्सा लियेकोले धेरै जानिन्छन जो युद्ध १८ सितम्बर १६८८मा लडियेको थियो, जहाँ एक तिर शिवालिक पहाडका राजाहरू थिए भने आर्को तिर गोबिन्द सिंहको आर्मी थिये, यस युद्धमा फतेह शाहको हार भयो। उनकै बेलामा औरङ्गजेबको आश्रा पायेर सिख गुर र हर रायको जेठा छोरा राम राय यहाँ आयेर बस्न थाले, उनिहरूले नै यहाँ देहरादून शहर बसाउनमा अहम भूमिका खेले। फतेह साहको मृत्यु १७१६मा भयो, र उनको छोराको मृत्यु एक वर्ष शासन गरे पछि अघिलो वर्ष १७१७मा भइहाल्यो, त्यस पछि प्रदिप शाहले शासन सम्भालन थाले। सन् १७५७मा रोहिल्ला आर्मी संगै सहारणपुरको शासक नजिब-उद-दौलाले राज्यमाथि आक्रमण गर्यो र देहरादूनलाई आफ्नो आधिन गर्यो। १८०३ सम्म गढवाल र छिमेकी राज्य टेहरी अधिराज्यमाथि अन्य शाह वंशहरूले शासन गरे। सन् १८०३मा गोर्खाहरूले गढवाल र कुमाँउ अधिराज्यमाथि आक्रमण गरे र दुबै अधिराज्यलाई नेपालमा गाभे। आक्रमणबाट बचेर प्रद्युमन शाह पहिला श्रीनगरबाट भागेर देहरादून पुगे र पछि त्याहाँबाट भागेर सहारणपुर पुगे, त्याहाँ सन् १८०४मा जब गोर्खाहरूले उनको भाई प्रितम शाहलाई पक्रेर नेपाल लगे र गढवालका अन्य मन्त्रीहरूलाई तराईमा लखेटेको थिए त्यति बेलानै खुर्बुरा (देहरादून)को लडाईमा प्रद्युमन शाह मारियेको थिए। जब सम्म गढवाल र कुमाउँमाथि नेपालको शासन रह्यो त्यति बेला सम्म गढवालको अन्तिम शाह राजाको छोरा सुदर्शन शाह हरिद्वार नजीक ज्वालपुरमा ब्रिटिश छत्र-छायामा रह्यो।

टिहरी गढवाल अधिराज्यको स्थापना[सम्पादन गर्ने]

सन् १८१४मा ब्रिटिशहरूले नेपालमाथि आक्रमण गरे र नेपाल-अङ्रेज युद्ध शुरु भयो, नेपाल – अङ्रेज युद्ध पाँच ठाँउबाट लडियो जसमा तीन ठाँउमा नेपालको जीत भयो र दुई ठाँउमा नेपालको हार भयो। त्यही हार स्वरूप नेपाल सुगौली सन्धिमाथि हस्ताक्षर गर्न विवश भयो र काली नदी भन्दा पश्चिमको सबै भू-भाग ब्रिटिश भारतमा विलय भयो मात्र गढवालको पश्चिमको हिस्सा शुदर्शन शाहलाई फर्काईयो र पश्चिम गढवालको नाम टिहरी राख्यो जुन पछि गयेर टिहरी गढवालको नामले प्रसिद्ध भयो।

बाहिरी कडीहरू[सम्पादन गर्ने]