कुमाउँ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(कुमाउँ अधिराज्य बाट पठाईएको)
Jump to navigation Jump to search
उत्तराखण्डको कुमाउँ खण्ड

कुमाउँ भारतको उत्तराखण्ड राज्यको पुर्वी हिस्सामा पर्ने एक खण्ड हो । सन् १७९१ भन्दा पहिला यो खण्ड कुमाउँ अधिराज्यका नामले एक प्रशिद्ध राज्य थियो ।

इतिहास[सम्पादन गर्ने]

प्राचीन इतिहास

कुमाउँमाथि शासन गर्ने प्रथम शासक कुनिन्दहरू थिए उनिहरूले ५०० बि०सी०इ० देखि ६०० बि सी० इ० (५०० BCE to CE ६००) सम्म कुमाउँमाथि शासन गरे । ७औं शताब्दी देखि ११औं शताब्दीसम्म यस राज्यमाथि कत्युरीहरू शासन गरे र एक पहाडको शिखरमाथि पुर्वतिर ढोका राखेर ९०० वर्ष पुरानो कतारमलको सूर्य मन्दिरको निर्माण गरे । कार्तिकेयपुरा आधुनिक बागेश्वर जिल्लाको बैजनाथलाई आफ्नो राजधानी बनाए र गोमती उपत्यका “कत्युर उपत्यका”को नामले जानिन थाल्यो । १० औं शताब्दीमा कुनै बेला यहाँ सोम चन्द द्वारा चन्द राज्यको स्थापना गरिएको थियो जुन इलाहाबाद नजीक कन्नोजबाट आएको थिए र यहाँ आयेपछि कत्युरी राज्यलाई यहाँबाट हटाएका थिए । उनीहरू आफ्नो यस राज्यलाई कुर्माञ्चल भन्ने गर्थे र यस राज्यको राजधानी काली कुमाउँको चम्पावतमा स्थापित गरे । ११ र १२ औं शताब्दीको बेला यस्को राजधानीमा बालेश्वर र नागनाथ मन्दिरको निर्माण गरियो। १३ देखि १८औं शताब्दीसम्म कुमाउँमाथि चन्द राजाहरूको शासन चल्न थाल्यो जो भारतको तराईबाट आयेका थिए, यस समय यहाँ चित्रकलाको शिक्षा र नया स्वरूप (पहाडि कलाविद्यालय)को विकास भयो। १५९१ देखि १६११ सम्म कुमाउँले गढवाल अधिराज्यमाथि सात पल्ट आक्रमण गर्यो। अन्तमा गढवालको राजा मान शाहले कुमाउँको राजा लक्ष्मी चन्दद्वारा गरिएको सातै आक्रमणलाई एक एक गरि विफल पार्दै सातै युद्धमा हराएर उस्को राजधानीलाई आफ्नो आधिन पारे । त्यस पछि लामाखेत (पिथौडागढ)को महेन्द्र चन्द कुमाउँको राजा भए, महेन्द्र चन्दले गीता चंदसँग बिवाह गरे र तीनवटा सन्तान प्राप्त गरे, अकांक्षा चंद, मल्लिका चंद र आर्यन चंद।

आधुनिक इतिहास;

सन् १७९१ मा नेपालको गोर्खा सैनिकले नेपाल एकिकरण अभियान स्वरूप काली नदी पार गरेर कुमाउँ र अन्य क्षेत्रमाथि आक्रमण गरेर आफ्नो अधिन पारे । पछि १९१६ मा नेपाल – अङ्रेज युद्ध पछि भएको सुगौली सन्धिमा नेपालले जितेको यी क्षेत्रहरू ब्रिटिश इस्ट इण्डिया कम्पनिलाई सुम्पनु पर्यो । पछि ब्रिटिश भारतमा यो क्षेत्र बिना राजाको तीन अधिकारीहरू मिस्टर ट्रेल, मिस्टर जे. एच. बैटेन र सर हेनरी द्वारा सत्तरी वर्षसम्म चल्यो । पछि यस क्षेत्रलाई युनाईटेड प्रविन्स भनिने राज्यमा गाभियो।