नेपाल सशस्त्र प्रहरी बल
| सशस्त्र प्रहरी बल, नेपाल | |
|---|---|
| छोटो रूप | एपिएफ |
| आदर्श वाक्य | शान्ति, सुरक्षा, प्रतिबद्धता |
| निकायको अवलोकन | |
| स्थापना | वि.सं २०५८ |
| क्षेत्राधिकार संरचना | |
| सङ्घीय निकाय | नेपाल |
| सञ्चालन क्षेत्राधिकार | नेपाल |
| गृह मन्त्रालय | |
| |
| सामान्य प्रकृति | |
| सञ्चालन संरचना | |
| प्रधान कार्यालय | काठमाडौँ, नेपाल |
| कार्यकारी |
|
| भातृ निकायहरू | |
| वेबसाइट | |
| www | |


सशस्त्र प्रहरी बल नेपालको एक अर्धसैनिक सुरक्षा निकाय हो। यो नेपालमा विद्रोह विरोधी कारबाहीको जिम्मेवारी पाएको एक स्थल सेना समेत हो। यसले सैन्य र कानुन प्रवर्तन दुवैको रूपमा एक प्रकारको दोहोरो भूमिका ओगटेको छ। यसको सेवा स्वैच्छिक छ र भर्नाको लागि न्यूनतम उमेर १८ वर्ष उमेर पार गरेको हुनुपर्दछ।
माओवादी जनयुद्ध (वि.सं २०५२-२०६२) चर्किदै गएपछी नेपाल सरकारले नेपाली सेना र नेपाल प्रहरीका विचमा एक अर्को शक्ति खाँचो महसुस गरी केही जनशक्ति नेपाली सेनाबाट र केही जनशक्ति नेपाल प्रहरीबाट ल्याइ नेपाल सशस्त्र प्रहरी बल २०५८ कार्तिक ८ मा गोविन्दराज जोशी गृहमन्त्री हुँदा उनकै पहलमा गठन गरिएको थियो। यसका प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठ थिए।[१]
नेपालको सेनाको वर्तमान कमन्ड र नियन्त्रण सङ्गठन नेपाल अधिराज्यको संविधान २०४७ र यसको अन्तरिम संविधानको प्रोटोकल अनुसार रेखाङ्कित गरिएको छ। यसको स्थायी महानिरीक्षक सशस्त्र प्रहरी बलको प्रमुख हुन्, जुन नेपाली सेनाको तीन-तारे लेफ्टिनेन्ट जनरलको दर्जा बराबरको हुन्छ। सशस्त्र प्रहरी बलको आधारभूत सिद्धान्त शान्ति, सुरक्षा, प्रतिबद्धता हो। २०७९ वैशाख १८ देखि राजु अर्याल सशस्त्र प्रहरी बलका महानिरीक्षकको रूपमा कार्यरत छन्।[२]
इतिहास
[सम्पादन गर्नुहोस्]सशस्त्र प्रहरी बल, नेपालको स्थापना २०५८ कार्तिक ८ मा नेपालमा बढ्दो माओवादी विद्रोहको सामना गर्न नेपालको सेना र नागरिक प्रहरी बललाई मद्दत गर्न गरिएको थियो। यो मौलिक रूपमा एक अर्धसैनिक सङ्गठन थियो र प्रायः प्रतिविद्रोह कार्यहरूमा संलग्न थियो। २०६० साउन ३१ मा, नेपालको रामेछाप जिल्लामा भएको सैन्य कारबाहीमा सशस्त्र प्रहरी बलका पाँच हवल्दार मारिएका थिए जसमा ३९ माओवादी विद्रोही मारिएका थिए। २०५९ माघ ११ मा, सशस्त्र प्रहरी बलका प्रमुख महानिरीक्षक कृष्णमोहन श्रेष्ठलाई माओवादी विद्रोहीहरूले आफ्ना अङ्गरक्षक र श्रीमतीसँगै बिहानको पैदल यात्रा गर्ने क्रममा गोली हानी हत्या गरेका थिए।[३]
भूमिका
[सम्पादन गर्नुहोस्]- नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र सङ्घर्ष नियन्त्रण गर्नु
- नेपालको कुनै भागमा भएको वा हुन सक्ने सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु
- नेपालको कुनै भागमा भएको वा हुन सक्ने आतङ्ककारी गतिविधि नियन्त्रण गर्नु
- नेपालको कुनै भागमा भएको वा हुन सक्ने दङ्गा नियन्त्रण गर्नु
- नेपालको कुनै भागमा भएको वा हुन सक्ने दैवी प्रकोप र महामारीबाट पीडितको उद्धारमा सहयोग पुर्याउनु
- नेपालको कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्नु
- नेपालको सीमा सुरक्षा गर्नु
- वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्नु
- नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्नु
- नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठहर्याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्नु
- यो ऐन र यस ऐन अन्तर्गत बनेको नियममा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम तोकिएका कार्यहरु गर्नु
- नेपाल सरकारले समय समयमा तोके बमोजिमका अन्य कार्यहरु गर्नु
- राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्न,
- रेलवे सुरक्षा गर्नु।
सशस्त्र प्रहरी महानिरिक्षकहरू
[सम्पादन गर्नुहोस्]| क्रम[४] | नाम | कार्यकाल |
|---|---|---|
| १ | कृष्णमोहन श्रेष्ठ | २०५७ माघ १९- २०५९ माघ १२ |
| २ | सहवीर थापा | २०५९ माघ १३– २०६३ वैशाख २८ |
| ३ | वासुदेव ओली | २०६३ वैशाख २९ – २०६६ वैशाख २ |
| ४ | सनतकुमार बस्नेत | २०६६ वैशाख २ – २०६८ असार ३१ |
| ५ | किशोरकुमार लामा | २०६८ साउन १ – २०६८ साउन १४ |
| ६ | शैलेन्द्रकुमार श्रेष्ठ | २०६८ साउन १५ – २०६८ चैत २८ |
| ७ | कोशराज वन्त | २०६८ चैत २९ – २०७२ पुस २ |
| ८ | दुर्जाकुमार राई | २०७२ पुस ३ – २०७३ फागुन २ |
| ९ | सिंहबहादुर श्रेष्ठ | २०७३ फागुन ३ – २०७४ चैत २८ |
| १० | शैलेन्द्र खनाल | २०७४ चैत २९ – २०७८ चैत २८ |
| ११ | पुष्पराम केसी | २०७८ चैत ३० – २०७९ वैशाख १८ |
| १२ | राजु अर्याल | २०७९ वैशाख १९ – बहालवाला |
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Nepal's Police Chief Killed", The New York Times (अङ्ग्रेजीमा), Agence France-Presse, २००३-०१-२६, आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०९-१६।
- ↑ "सशस्त्र प्रहरी प्रमुखमा राजु अर्याल नियुक्त", अनलाइन खबर (नेपालीमा), २०७९ वैशाख १८, अन्तिम पहुँच १२ असोज २०८२।
- ↑ "कृष्णमोहन श्रेष्ठ हत्याको २० वर्ष: प्रायश्चितबिनाको सलामी !", नागरिक दैनिक (नेपालीमा), १० माघ २०७९, अन्तिम पहुँच १२ असोज २०८२।
- ↑ "सशस्त्र प्रहरी बलका हालसम्मका महानिरीक्षकहरु (नामसहित)" (नेपालीमा), सुरक्षा न्युज, अन्तिम पहुँच १२ असोज २०८२।