दशरथचन्द नगरपालिका
दशरथचन्द नगरपालिका | |
---|---|
निर्देशाङ्क: २९°३३′१७″उ॰ ८०°२५′३६″पू॰ / २९.५५४७२°N ८०.४२६६७°E | |
देश | नेपाल |
प्रदेश | सुदूरपश्चिम प्रदेश |
जिल्ला | बैतडी जिल्ला |
नगरपालिका | वि.सं. २०५३ चैत्र १४[१] |
समावेश (गाविस) | खलङ्गा, दशरथचन्द, थालीगडा, त्रिपुरासुन्दरी, बाराकोट र जगन्नाथ |
सम्मिलित (मिति) | वि.सं. २०५३ चैत्र १४ |
समावेश (गाविस) | गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, नागार्जुन र दुर्गास्थान |
सम्मिलित (मिति) | वि.सं. २०७३ फाल्गुन २२[२] |
सरकार | |
• नगरप्रमुख | पुष्करराज जोशी (नेकपा (एमाले)) |
• उपप्रमुख | कुमारी कौशिला चन्द (नेपाली काङ्ग्रेस) |
जनसङ्ख्या | |
• जम्मा | ३१,५६७ |
• धर्म | हिन्दू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
हुलाक कोड | १०२०० |
क्षेत्रीय सङ्केत | ०९५ |
वेबसाइट | आधिकारिक वेबसाइट |
दशरथचन्द नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बैतडी जिल्लाको एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालाकाडा र जगन्नाथ मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यस नगरपालिकाको गठन गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, नागार्जुन गाविसहरू र दुर्गास्थान गाविसका तीन वडा समेत यसमा गाभेर यस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[५][६][७] कुल ११ वडामा विभाजित यो नगरपालिकाको राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दशरथचन्द नगरपालिकाको कुल जनसङ्ख्या ३१,५६७ रहेको छ भने यहाँ ७,१९८ घरधुरी रहेका छन्।[४]
शिक्षा
[सम्पादन गर्नुहोस्]केही वर्ष पहिलेसम्म यहाँका विधार्थीहरू अध्ययनका लागि भारतको पिथौरागढ र अन्य सहरहरूमा जाने गर्थे तर आफ्नै देशमा शैक्षिक संस्थाहरूको उपलब्धताका कारण आजभोली यो दर धेरै घटेको छ। आजभोली अधिकांश विधार्थीहरू स्थानीय स्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौँ गएर आफ्नो अध्ययनलाई निरन्तरता दिने गरेका छन्।[स्रोत नखुलेको]
दशरथचन्द नगरपालिकाभित्र रहेका विद्यालय तथा कलेजहरू:
- श्री विरेन्द्रउच्च माध्यमिक बिद्यालय शाहीलेक
- जगन्नाथ प्राथमिक बिद्यालय, गढी
- जगन्नाथ प्राथमिक बिद्यालय, मडाला
- मेजर जेंसेसकी चिल्ड्रेन एकेडेमी गोठलापानी (निजी बिद्यालय)
- जगन्नाथ क्याम्पस
धर्म
[सम्पादन गर्नुहोस्]यहाँ रहेका धार्मिक स्थलहरूमा जगन्नाथ मन्दिर बैतडी र त्रिपुरासुन्दरी भगवतीको मन्दिर प्रसिद्ध रहेका छन्।
जाति
[सम्पादन गर्नुहोस्]यहाँ बढी जसो ब्राह्मण, क्षेत्री, ठकुरी र दलितको बसोबास रहेको छ ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२।
- ↑ "गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२।
- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ ४.० ४.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१।
- ↑ "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-१८ मिति