दशरथचन्द नगरपालिका
दशरथचन्द नगरपालिका | |
---|---|
देश | ![]() |
राज्य | महाकाली अञ्चल |
जिल्ला | बैतडी जिल्ला |
सरकार | |
• मेयर | नरेन्द्रसिंह थापा |
• उप मेयर | मीना चन्द |
जनसङ्ख्या (बि.स.२०६८) | |
• जम्मा | १६,७९१ |
• धर्म | हिन्दू |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोस्टल कोड | १०२०० |
क्षेत्रीय सङ्केत(हरू) | ०९५ |
वेबसाइट | dasarathchand.municipality.gov.np |
नेपालको महाकाली अञ्चलमा पर्ने बैतडी जिल्लाको सदरमुकाम रहेको खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू( दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालिगाडा र जगन्नाथ) मिलाएर २०५४ सालमा यस नगरपालिकाको गठन गरिएको थियो। वि. सं. २०७२ मा गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी नागार्जुन गाविसहरू र दुर्गास्थान गाविसका तीन वडा समेत यसमा गाभेर यसलाई विस्तार गरिएको थियो।
कुल ११ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या (२०६८ सालको जनगणना अनुसार) ३४,५७५ रहेको छ । यहाँ कुल ७,२५७ घरधुरी रहेका छन्।
जनसङ्ख्या[सम्पादन गर्ने]
बि.स.२०६८ को जनगणना अनुसार दशरथचन्द नगरपालिकाको जनसङ्ख्या १६,७९१ रहेको छ ।[१]
शिक्षा[सम्पादन गर्ने]
केही वर्ष पहिलेसम्म यंहाका विधार्थीहरु पढाईका लागि भारतको पिथौरागढ र अन्य सहरहरूमा जाने गर्थे | तर आफ्नै देशमा शैक्षिक संस्थाहरूको उपलब्धताका कारण आजभोली यो दर धेरै घटी सकेको छ | आजभोली अधिकाँश विधार्थीहरु स्थानीयस्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौँ गएर आफ्नो पढाइलाई निरन्तरता दिन्छन ।
दशरथचन्द नगरपालिकाभित्र रहेका बिद्यालय तथा कलेजहरू:
- बिद्यालयका नाम
- श्री विरेन्द्रउच्च माध्यमिक बिद्यालय शाहीलेक
- जगन्नाथ प्राथमिक बिद्यालय, गढी
- जगन्नाथ प्राथमिक बिद्यालय, मडाला
- मेजर जेंसेसकी चिल्ड्रेन एकेडेमी गोठलापानी (निजी बिद्यालय)
- कलेजको नाम
- जगन्नाथ क्याम्पस
धर्म[सम्पादन गर्ने]
यहाँ धेरै धार्मिकस्थलहरु छन् । जसमध्ये जगन्नाथ मन्दिर बैतडी र त्रिपुरासुन्दरी मन्दिर, बैतडी भगवतीको मन्दिर प्रसिद्ध मन्दिरहरु हुन् ।
जाति[सम्पादन गर्ने]
यहाँ बढी जसो ब्राह्मण, क्षेत्री, ठकुरी र दलितको बसोबास रहेको छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्ने]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२।
यी पनि हेर्नुहोस[सम्पादन गर्ने]
- नेपाल
- बैतडी जिल्ला
- पाटन नगरपालिका
- दशरथचन्द नगरपालिका
- मेलौली भगवती मन्दिर
- पाताल भुमेश्वर महादेव मन्दिर
- निङ्गलाशैनी मन्दिर
- रौलकेदार मन्दिर
- स्याडी खोला
- कुलगडे देवता
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ । तपाईं यसलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ । |