सामग्रीमा जानुहोस्

दशरथचन्द नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दशरथचन्द नगरपालिका
दशरथचन्दको मनोरम दृश्य
दशरथचन्दको मनोरम दृश्य
दशरथचन्द नगरपालिका बैतडी जिल्ला-को अवस्थिति
दशरथचन्द नगरपालिका
दशरथचन्द नगरपालिका
दशरथचन्द नगरपालिका सुदूरपश्चिम प्रदेश-को अवस्थिति
दशरथचन्द नगरपालिका
दशरथचन्द नगरपालिका
दशरथचन्द नगरपालिका नेपाल-को अवस्थिति
दशरथचन्द नगरपालिका
दशरथचन्द नगरपालिका
निर्देशाङ्क: २९°३३′१७″ उत्तर ८०°२५′३६″ पूर्व / २९.५५४७२° उत्तर ८०.४२६६७° पूर्व / 29.55472; 80.42667
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
नगरपालिकावि.सं. २०५३ चैत्र १४[]
समावेश (गाविस)खलङ्गा, दशरथचन्द, थालीगडा, त्रिपुरासुन्दरी, बाराकोट र जगन्नाथ
सम्मिलित (मिति)वि.सं. २०५३ चैत्र १४
समावेश (गाविस)गुरुखोला, देहिमाडौँ, दुर्गाभवानी, नागार्जुनदुर्गास्थान (४-७)
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२[]
सरकार
  नगरप्रमुखपुष्करराज जोशी (नेकपा (एमाले))
  उपप्रमुखकुमारी कौशिला चन्द (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१३५.१५ किमी (५२.१८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा३१,५६७
  घनत्व२३०/किमी (६००/वर्ग माइल)
  धर्म
हिन्दू
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
१०२००
क्षेत्रीय सङ्केत०९५
वेबसाइटआधिकारिक वेबसाइट

दशरथचन्द नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने बैतडी जिल्लाको एक नगरपालिका तथा जिल्ला सदरमुकाम हो। खलङ्गा गाउँ विकास समिति लगायत अन्य पाँचवटा गाविसहरू दशरथचन्द, त्रिपुरासुन्दरी, बाराकोट, थालिगडा र जगन्नाथलाई मिलाएर वि.सं. २०५३ चैत्र १४ गते यस नगरपालिकाको गठन गरिएको थियो। वि.सं. २०७३ फाल्गुन २२ मा ग्वाल्लेक, गुरुखोला, देहीमाण्डौं, दुर्गाभवानी, नागार्जुन गाविसहरू र दुर्गास्थान गाविसका तीन वडा (४-७) समेत यसमा गाभेर यस नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[][][] कुल ११ वडामा विभाजित यो नगरपालिकाको राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दशरथचन्द नगरपालिकाको कुल जनसङ्ख्या ३१,५६७ रहेको छ भने यहाँ ७,१९८ घरधुरी रहेका छन्।[]

वडागत विवरण

[सम्पादन]

दशरथचन्द नगरपालिकाको वडा विभाजन, साविकका गाविसहरू, जनसङ्ख्या, क्षेत्रफल र जनघनत्वको विस्तृत विवरण निम्न तालिकामा दिइएको छ:

दशरथचन्द नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
गुरुखोला४२२३१६.४६२५६.५६
देहीमाण्डौं४३४३१२.७८३३९.८३
दुर्गाभवानी१९७१११.२७१७४.८९
दशरथचन्द (१–३)५२१३१२.०४४३२.९७
दशरथचन्द (४-५)२३२६५.८४०१.०३
दशरथचन्द (६,७,१२)३०१११४.६४२०५.६७
दुर्गास्थान१४७५७.४४१९८.२५
दशरथचन्द (८-९)१७९५७.९६२२५.५०
ग्वाल्लेक४०२१२३.६८१६९.८१
१०दशरथचन्द (१०-११)१५७१११.१३१४१.१५
११नागार्जुन१६१८११.९४१३५.५१
जम्मा३१,५६७१३५.१४२३३.५८

धर्म

[सम्पादन]

यहाँ रहेका धार्मिक स्थलहरूमा जगन्नाथ मन्दिर बैतडीत्रिपुरासुन्दरी भगवतीको मन्दिर प्रसिद्ध रहेका छन्।

जाति

[सम्पादन]

यहाँ बढी जसो ब्राह्मण, क्षेत्री, ठकुरीदलितको बसोबास रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. "गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको क्षेत्र तोकी केन्द्र कायम गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२
  3. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  4. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच १५ असोज २०८१
  5. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४
  6. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  7. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन