उर्लावारी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
उर्लावारी
—    —
उर्लावारी is located in Nepal
उर्लावारी
उर्लावारी
निर्देशाङ्क: २६°४०′उत्तर ८७°३७′पूर्व / २६.६७° उत्तर ८७.६१° पूर्व / 26.67; 87.61निर्देशाङ्क: २६°४०′उत्तर ८७°३७′पूर्व / २६.६७° उत्तर ८७.६१° पूर्व / 26.67; 87.61
देश  नेपाल
अञ्चल कोशी अञ्चल
जिल्ला मोरङ
जनसङ्ख्या (बि.स)
 - जम्मा ३५,१६६
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड ०२१
वेबसाइट www.urlabarimun.gov.np

उर्लावारी मोरङ जिल्लामा पर्ने एउटा सहर हो । उर्लावारी बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । [१]

विषयसूची

यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा एक्लै उर्लावारी गाउँ विकास समितिलाई मात्रै समावेश गरिएको छ । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा उर्लावारी पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । उर्लाबारीको पुर्बतर्फ दमक,पश्चिमतर्फ इटहरी ,उत्तरतर्फ मधुमल्ला र दक्षिणतर्फ इटहरा छ । उर्लाबारीमा हाल नौ वार्ड छन् । यो ठाउँमा सबै खालको मानिसको बसोबास छ । स्थानिय तह पुर्नसंरचना हुँदा उर्लावारीसँग साविक राजघाट गाविस र साविक मधुमल्लाकाे ७,८ र ९ नम्बर वडा गाभिएका छन् । साविक राजघाट गाविस हाल उर्लावारी वडा नम्बर ८ र ९ रहेकाे छ भने साविक मधुमल्लाकाे ७,८ र ९लाई उर्लावारी वडा नम्बर १ कायम गरिएको छ ।[सम्पादन गर्ने]

उर्लावारीलाई सीमसारकाे सहर भनेर घोषणा गरिएको छ । यहाँ विभिन्न ५ वटा प्राकृतिक सीमसारीय क्षेत्रहरु छन् । उर्लावारीकाे मुख्य ठाँउहरुमा उर्लावारी चाेक,म‌ंगलबारे चाेक,दुर्गापुरी,हाटखाेला,बरगाछी,स्कुलडाँडा अादि हुन् । यहाँ करिब ७० हजारकाे जनसङ्ख्या छ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

बि.स.२०६८ को जनगणना अनुसार उर्लावारीको जनसङ्ख्यालाई जोडेर ३५,१६६ रहेको छ ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "थप ७२ नयाँ नगरपालिका", अभिगमन मिति मे १८,२०१४ 
  2. "नेपाल जनगणना बि.स.२०६८", अभिगमन मिति नोभेम्बर २०१२ 

यी पनि हेर्नुहोस[सम्पादन गर्ने]


बाहिरी कडीहरू[सम्पादन गर्ने]