दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल
Diktel Municipality | |
---|---|
![]() दिक्तेल नगरपालिका भित्र रहेको एक गल्ली | |
देश | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | खोटाङ |
सरकार | |
• मेयर | दिपनारायण रिजाल |
• उप मेयर | विणा देवी राई |
उन्नतांश | १५३० मिटर (५०२० फिट) |
जनसङ्ख्या (बि.स. २०६८) | |
• जम्मा | १७७९३ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
वेबसाइट | www.diktelmun.gov.np |
दिक्तेल नगरपालिका पूर्वी नेपालको सगरमाथा अञ्चलमा रहेको खोटाङ जिल्लामा पर्छ । दिक्तेल बजार रहेको ठाँउलाई को केन्द्र बनाइएको छ । [१] यो नगरपालिका २०७१ जेष्ठ ४ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा दिक्तेल,बाम्राङ्ग, लफ्याङ, खाल्ले गाउँ विकास समितिहरू समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा रंगेली पनि नगरपालिका बनेको हो तर यो हाल कार्यान्वयनमा आएको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी अब मुलुकमा कूल १३५ भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १५बाट घटेर ३ हजार ६ सय ३३ भएका छन् । दिक्तेल खोटाङ जिल्लाको सदरमुकाम तथा सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

दिक्तेल,बाम्राङ्ग, लफ्याङ, खाल्ले गाविसहरूलाई मिलाएर दिक्तेल नगरपालिका बनाइएको हो । त्यसैले बि.स.२०६८ को जनगणना अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर १७,७९३ रहेको छ ।[२]
भूगोल[सम्पादन गर्नुहोस्]
यो ठाउँको अक्षांश र देशान्तर हो 27.2° N 86.78° E।[३]समुन्द्र सतहभन्दा यो ठाउँ १५३१ मिटर (५०२२ फिट) माथि पर्दछ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "थप ७२ नयाँ नगरपालिका", अन्तिम पहुँच मे १८,२०१४।[dead link]
- ↑ "नेपाल जनगणना बि.स.२०६८", अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
- ↑ "दिक्तेल मौसम", अन्तिम पहुँच सेप्टेम्बर २००७।
यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]