सामग्रीमा जानुहोस्

दिप्रुङ चुइचुम्मा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
दिप्रुङ चुइचुम्मा गाउँपालिका
दिप्रुङ चुइचुम्मा गाउँपालिका मा पर्दछ कोशी प्रदेश
दिप्रुङ चुइचुम्मा गाउँपालिका
कोशी प्रदेशको नक्सामा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको अवस्थिति
दिप्रुङ चुइचुम्मा गाउँपालिका मा पर्दछ नेपाल
दिप्रुङ चुइचुम्मा गाउँपालिका
दिप्रुङ चुइचुम्मा गाउँपालिका (नेपाल)
निर्देशाङ्क: २७°०७′N ८६°५२′E / 27.12°N 86.86°E / 27.12; 86.86
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाखोटाङ
स्थापित२७ फागुन २०७३
सरकार
  अध्यक्षलोकेन्द्र राई (नेकपा (एमाले))
  उपाध्यक्षअरुणा थापा (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा१३६.४८ किमी (५२.७० वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१६,३०५
  घनत्व१२०/किमी (३१०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-०३६
केन्द्रयाङसोलाटार
वेबसाइटआधिकारिक वेबसाइट

दिप्रुङ चुइचुम्मा गाउँपालिका खोटाङ जिल्लाका ८ गाउँपालिकाहरू मध्ये एक हो।[] यसको केन्द्रबाट याङसोलाटारमा रहेको छ।[][] २७ फागुन २०७३ मा, गाउँपालिका घोषणा गर्दा साविकका छितापोखरी, डाँडागाउँ, टेम्मा, बतासे, याम्खा, छोरम्बुसान्तेश्वर छितापोखरीका सम्पूर्ण वडाहरू मिलाएर कायम गरिएको यस गाउपालिकामा हाल ७ वटा वडाहरू छन्।

यसको पूर्वमा साकेला गाउँपालिका, पश्चिममा हलेसी तुवाचुङ नगरपालिकाउदयपुर जिल्ला, उत्तरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र साकेला गाउँपालिका र दक्षिणमा खोटेहाङ गाउँपालिका पर्दछन्।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कुल जनसङ्ख्या १६,३०५ रहेको छ भने यहाँ ३,८०१ घरधुरी रहेका छन्।[]

दिप्रुङ चुइचुम्मा गाउँपालिकाको वडागत विवरण
नयाँ वडासमावेश साविकका गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
याम्खा२,३६७१७.३१३६.८२
डाँडागाउँ२,१५४१४.३९१४९.६८
छोरम्बु१,८९५१०.७७१७५.९५
बतासे३,१२६३७.२३८३.९६
सान्तेश्वर छितापोखरी२,३६८१५.७४१५०.४४
छितापोखरी१,५५४२३.१७६७.०६
टेम्मा२,८४११७.९१५८.७१
जम्मा१६,३०५१३६.५११९.४५

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  4. "स्थानीय तहहरुको विवरण", www.mofald.gov.np/en, स्थानीय विकास मन्त्रालय, अन्तिम पहुँच १७ अप्रिल २०१८
  5. "CITY POPULATION – statistics, maps & charts", www.citypopulation.de, ८ अक्टोबर २०१७, अन्तिम पहुँच १७ अप्रिल २०१८

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]