चापाकोट नगरपालिका
चापाकोट | |
---|---|
शीर्ष बायाँ देखि दाँया काली गण्डकी, केलादी, रेडियो चापाकोट, मजुवा, राधादामोदर संस्कृत विद्यापीठ, केलादीघाट मन्दिर, पटसार र केलादीघाट पुल | |
निर्देशाङ्क: २७°५४′N ८३°४९′E / २७.९०°N ८३.८२°Eनिर्देशाङ्कहरू: २७°५४′N ८३°४९′E / २७.९०°N ८३.८२°E | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
स्थापना | २०७१ वैशाख २५, २०७३ फाल्गुन २७ |
सरकार | |
• प्रकार | स्थानीय तह |
• मेयर | शिवकुमार गिरी (नेपाली काँग्रेस) |
• उपमेयर | बिमला श्रेष्ठ |
• अधिकृत | गोपी कृष्ण अर्याल वडाध्यक्षहरू
|
क्षेत्रफल | |
• जम्मा | १२०.५९ किमी२ (४६.५६ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २६,०४२ |
• घनत्व | २२०/किमी२ (५६०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | साविक चापाकोटको वडा नं. ९ सुन्तलीटार |
वेबसाइट | चापाकोट नगरपालिकाको कार्यालय |
पश्चिमी नेपालको स्याङ्जा जिल्लामा रहेको चापाकोट नगरपालिका द्रुततर गतिमा बढीरहेको नगर हो । स्थानीय विकास मन्त्रालयले २०७१ बैशाख २५ गते देशमा विभिन्न २ सय ८३ गाविसलाई गाभेर ७२ वटा नयाँ नगरपालिका घोषणा गर्दा स्याङ्जामा साविक चापाकोट, कुवाकोट र रत्नपुर गाउँ विकास समितिहरू समावेस गरी चापाकोटलाई नगरपालिका घोषणा गरिएको थियो ।[३] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई चापाकोट नगरपालिकामा गाभिएको छ ।[४] चापाकोटको वडा नम्बर ९, सुन्तलीटारलाई नगरपालिकाको केन्द्र बनाइएको छ ।[५][६]
परिचय[सम्पादन गर्नुहोस्]
जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा पर्ने चापाकोट नेपालको अति नै रमणीय, सुन्दर, शान्त ठाउँहरु मध्यको एक हो। चारै तर्फबाट डाँडाले घेरिएको चापाकोटलाई नेपालको एक नमुना उपत्यकाको रूपमा लिन सकिन्छ। विशेष गरी दक्षिण भागमा बगने कालीगण्डकी नदी जसलाई शालिग्राम शिलाको खानीको रूपमा चिनिन्छ, त्यसले अझ चापाकोटको सुन्दरतालाई बयान गर्दछ । ब्राह्मण, क्षेत्री, नेवार, सुनार, ठकुरी, सार्की, कुमाल, विश्वकर्मा, यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । प्राय गरी चापाकोट गाविसको उत्तरी भाग जुन केवारे भञ्ज्याङसँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा सार्की तथा ठकुरी जातिको बाहुल्यता छ भने पूर्वी भाग जुन सेखाम गाविससँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा प्राय नेवार तथा विश्वकर्मा लगायतका जातिहरूको बाहुल्यता पाईन्छ । त्यस्तै गरी दक्षिण भाग जुन कालीगण्डकी लाई सिमाना बनाउदै पाल्पासँग छुट्टिएको छ। अनि पश्चिमी भाग जुन पकवादी गाविससँग सिमाना जोडिएको छ त्यो क्षेत्रमा भने प्राय बाहुन जातका मानिसहरु बसोबास गर्ने गर्दछन् । जुनसुकै जातजातिका मानिसहरु भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै हो । प्राय यहाँका मानिसहरु दसैं, तिहार, तीज लगायतका चाडहरु धुमधामका साथ मनाउने गर्दछन् ।[७]
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
विसं २०७१ वैशाख २५ मा चापाकोट,कुवाकोट र रत्नपुर गाविसहरूलाई मिलाएर चापाकोट नगरपालिका बनाइएको थियो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्याको योगफल १२,७४२ रहेको थियो ।[८] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा गोरखा प्रदेश स्थित स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाविसहरूलाई मिलाएर चापाकोट नगरपालिका लागू भए संगै यसको कुल जनसङ्ख्या २६,०४२ रहेको छ ।[९]
पूर्ण साक्षर[सम्पादन गर्नुहोस्]
चापाकोट नगरपालिकाको आयोजना तथा जिल्ला शिक्षा कार्यालय स्याङ्जाको सहयोग र चापाकोट सामुदायिक अध्ययन केन्द्रको व्यवस्थापनमा चापाकोट नगरपालिकालाई पूर्ण साक्षर घोषणा गरिएको छ ।[१०]
सञ्चार[सम्पादन गर्नुहोस्]
वडा नं. | समावेश भएका साविक नगरपालिका/गाविसहरू | साविक वडा नं | क्षेत्रफल |
---|---|---|---|
१ | चापाकोट | १३ र १४ | |
पकवादी | ८ | ||
२ | चापाकोट | २, ८ र ९ | |
३ | मल्याङकोट | ५-९ | |
४ | मल्याङकोट | १-३ | |
सेखाम | ७ | ||
५ | सेखाम | १,२,४-६,८,९ | |
६ | साँखर | १-६ | |
७ | साँखर | ७-९ | |
सेखाम | ३ | ||
८ | चापाकोट | १, २ र ४ | |
९ | चापाकोट | ५-७ | |
१० | चापाकोट | १०-१२ | |
जम्मा वडा संख्या: १० | कूल क्षेत्रफल: १२०.५९ |
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "स्याङजाको चापाकोट नगरपालिका मेयरमा कांग्रेसका गिरी विजयी", नागरिक दैनिक, ०३ जेठ २०७४, अन्तिम पहुँच ०३ जेठ २०७४।
- ↑ "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४।
- ↑ "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१।
- ↑ "कुन कुन नयाँ नगरपालिका बने ?", nepalbritain.com, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५।
- ↑ "चापाकोट नगरपालिका कार्यालय"।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "चापाकोट नगरपालिका पूर्ण साक्षर घोषित", eAdarsha.com, २०७१, अन्तिम पहुँच ३१ असार।