साँखर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साँखर
Sankhar view from Gandakidhik.jpg
Majuwa.jpg
Bhattarai Danda 1.jpg
Bhattarai Danda (1).jpg
Radha Damodar Sanskrit Vidhyapith.jpg
Keladighat Temple.jpg
Headquarter of Sankhar.jpg
Shree Sankhar Mohami Secondary School1.jpg
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखरको अवस्थिति
स्याङ्जा जिल्लाको (पुरानो नक्शा)मा साँखर
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
नगरपालिकाचापाकोट
क्षेत्रफल
 • जम्मा२७.०७ किमी (१०.४५ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा४,६३०
 • घनत्व१७०/किमी (४४०/वर्ग माइल)
 • जातीयता
ब्राह्मण क्षेत्री मगर गुरुङ नेवार
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रचापाकोटको वडा नं. ९ सुन्तलीटार

विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[१] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिकाको वडा नं. ७ मा गाभिएको छ ।[२]

साँखर, नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति थियो । साँखर गाविसको गाविस कार्यालय वडा नं ७ पटसार मा अवस्थित थियो । नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार साँखरको कुल जनसङ्ख्या ४,६३० मध्ये २,६४८ महिला र १,९८२ पुरुषहरू १,०५५ व्यक्तिगत घरहरूमा बसोबास गर्दछन ।[३][४][५]

कालीगण्डकी नदीको तटमा पर्ने केलादीघाटमा नेपालकै प्राचीन राधाकृष्ण मन्दिर अवस्थित छ । यस मन्दिरमा अखण्ड भजन कृतन चलिरहन्छ । यहाँ वैदिक धर्म अनुसार हरेक दिन हवन चलिरहन्छ । यहाँ श्रीकृष्ण जन्माष्टमीमा भब्य उत्सव मनाउने गरिन्छ । यस दिन थुप्रै भक्तजनहरू लाई मिष्टान्न तथा भोजन गराइन्छ । माघे सक्रांतिको अवसर मा धार्मिक प्रवचन कार्यक्रम सञ्चालन हुन्छ । यहाँ दुईवटा बृद्धाआश्रम रहेका छन। यो मन्दिर देखि २०० मिटरको दुरीमा रहेको कालीगण्डकी नदीमा वैशाख सङ्क्रान्ति, हरितालीका तिज, हरिबोधनी एकादशीमाघे सङ्क्रान्तिका अवसरहरूमा पवित्र नदी नुहाउने श्रदालु भक्तजनहरूको घूइंचो लाग्नुका साथै ठुलो बजार लाग्छ । हरितालीका तिजको अवसरमा तीजगीत प्रतियोगिता तथा लाखे नाच, हरिबोधनी एकादशीमा तोरण तार्ने र माघे संक्रान्तिका अवसरमा धार्मिक तथा सास्कृतिक कार्यक्रमहरू हरेक वर्ष आयोजित गरिन्छन ।[६]

रामजानकीको मन्दिर रहेको रामघाटधाम पवित्र तिर्थस्थलमा रामनवमीमा ठुलो मेला (बजार) लाग्छ । यसै दिन यो रामघाट क्षेत्रमा सेती नदीको पानी कालीगण्डकी नदी सँग मिसिन्छ भन्ने उल्लेख हिन्दू धर्म शास्त्रहरूमा गरिएको छ ।

साँखर गाउँ विकास समितिको वडा नं ३, खार्दीमा रहेको चमेरे गुफा पर्यटकीय दृस्टिले महत्त्वपूर्ण भूमिका खेल्दछ । यद्यपि यसमा राष्ट्रिय दृष्टीकोण भने नपरेको देखिन्छ । साँखरको काखमा रहेको वडा नं ६ र ८ को उर्वरा मजुवा फाटले यस क्षेत्रलाई आर्थिक रूपले सुदृढ पार्दछ । हाल यो फाँट बाक्लो बस्तिमा रूपान्त्रित भैरहेको छ । केलादीघाटमा निर्मित केलादीघाट पुलले साँखर तथा यस क्षेत्र वरपरको दिगो विकासमा ठुलो टेवा पुर्‍याएको छ ।[७] साँखर गाविसको वडा नं ६, जयटारमा उत्तरमध्यमा र शास्त्री तह सम्म कक्षा सञ्चालनमा आएको जिल्लाकै एकमात्र संस्कृत क्याम्पस, राधादामोदर संस्कृत विद्यापीठ आर्थिक संकटमा परेको छ ।[८]

साँखर गाउँ विकास समितिको वडा विभाजन
क्र.सं. साँखर साबिक ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटियो । साँखर (१ देखि ६) चापाकोटको वडा नं. ६ र साँखर (७ देखि ९) लाई वडा नं. ७ मा गाभियो । जम्मा
वडा नं. १ गडभञ्याङ ज्वईतडाँडा जालिमडाँडा
वडा नं. २ सामाकोट पंधेरा ताङ्गले गहते अजिंगरे
वडा नं. ३ कुसुण्डे खार्दी ताहूँ धारापानी
वडा नं. ४ मानेचौर
वडा नं. ५ मोहमी घर्तिगाउँ कुवापानी सर्लाही
वडा नं. ६ भट्टराई डाँडा जयटार केलादी सोल्टीहोटल ज्ञानीचौर डिही मजुवा
वडा नं. ७ पटसार वड्डाँडा गोठादी चीहान पाङ्गलुङ्ग रिमालगाउँ हिउँदी
वडा नं. ८ भर्ले अर्चले ढुङ्गेठाँटी ढकालडाँडा पर्खालेगाउँ भट्टराईगाउँ सालीसाउनी सपौंदे बाँझबारी केवलघारी मिलनचोक टार रामघाट अम्मटे १४
वडा नं. ९ खासा मैफेस थुम्का जैसीबारी पिपलछाप कालीमाटी ढकालडाँडा एक्ले वनकाटा
साँखरका गाउँहरूको कूल संख्या ५२

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  4. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  5. "साँखर गाविस (संक्षिप्त परिचय)", मेरो स्याङ्जा डटकम, ३१ जेष्ठ, २०६७, अन्तिम पहुँच ३१ जेष्ठ 
  6. "केलादी घाटका मठमन्दिर जीर्ण" 
  7. जानु पंगेनी, माधब अर्याल, पुर्ण बिके र (वैशाख १४), "काठमाडौँ पुग्न २ सय किमि छोटो", कान्तिपुर समाचार, अन्तिम पहुँच २०७१ 
  8. "संस्कृत विद्यापीठ आर्थिक अभवमा", नेपालीसमाचार.कम, नेपालीसमाचार.कम, २० जुन २०११, अन्तिम पहुँच २० जुन २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]