सतौं चण्डीकालीका
स्वरूप
सतौं चण्डीकालीका | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | दरौ |
सम्बन्धन | हिन्दुत्व |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | मन्दिर |
निर्माता | स्थानीय |
सतौं चण्डीकालीका नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने पुतलीबजार नगरपालिकाको दरौमा रहेको ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।[१][२]
परिचय
[सम्पादन गर्नुहोस्]स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ११ किलो मीटर उत्तर-पश्चिमको यस धार्मिक रूपमा प्रख्यात श्री सतौं चण्डीकालीका देवी मन्दिरबाट स्याङ्जा लगाएत विभिन्न ठाँउहरु र मनोरम हिमाली दृष्यहरु पनि देख्न सकिन्छ।[३] धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने सतौं चण्डीकालीका देवीलाई सांस्कृतिक तथा पर्यटकीय स्थलको रूपमा लिईन्छ। शताब्दी अघि स्थापना भएको मानिने यो मन्दिर स्थानीयले निर्माण गरेका हुन्। मन्दिरको ५ सय ८ रोपनी गुठी जग्गा छ। सतौं चण्डीकालीकामा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्।[४]
चित्रवाली
[सम्पादन गर्नुहोस्]-
दरौ गाँउ
-
शिव मन्दिर प्रवेश द्वार
-
श्री शिव मन्दिर
-
मदन आश्रित मेमोरियल पार्क
-
श्री सतौं चण्डीकालीका देवी मन्दिर
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "पुतलीबजार नगरपालिकाको परिचय"।
- ↑ "धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य सतौँ चण्डी कालिका", न्यूज 24, २०७३ आश्विन २९, अन्तिम पहुँच २०७३ आश्विन २९।[स्थायी मृत कडी]
- ↑ "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा।[स्थायी मृत कडी]
- ↑ "मन्दिरहरूको भेटीमा पुजारीको रजाइँ", कान्तिपुर दैनिक, १० आश्विन २०७३, अन्तिम पहुँच १० आश्विन २०७३।[स्थायी मृत कडी]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समितिको कार्यालय, स्याङ्जा
- स्याङ्जा र स्याङ्जालिको चिनारी वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२६ मिति