कैलाश गुफा
स्वरूप
कैलाश गुफा | |
---|---|
स्थान | बहाकोट, पुतलीबजार, नेपाल |
खोजी | स्थानिय द्वारा |
भौगोलिकता | स्टलैक्टाइट |
प्रवेशद्वार(हरू) | २ वटा |
समस्या | गुफा भित्र चमेराहरू पाइने |
पहुँच | सार्वजनिक |
पर्यटकहरू | राष्ट्रिय, अन्तर्राष्ट्रिय |
विशेषताहरू | गाइडहरूको सुबिधा भएको |
कैलाश गुफा स्याङ्जा जिल्लाको मध्य-पूर्वको पुतलीबजार नगरपालिका नजिकै रहेको प्रसिद्ध गुफा हो।[१] कैलाश गुफा बहाकोट गाविसमा पर्दछ। किम्बदन्ती अनुसार पौराणिक कालमा भगवान महादेव यसै गुफामा आएर बसेको पाइन्छ। यस गुफामा जाने २ वटा प्रवेश मार्गहरू छन। दुबै मार्ग करीव ३०० मिटर भित्र पसे पछि भेट हुन्छ भने एउटा मार्ग अझै अगाडि बढिरहेको छ। त्यसको अन्त्य कहाँ हुन्छ ठ्याक्कै एकिन छैन। स्थानिय भनाई अनुसार यहाँबाट एउटा कुकुर प्रवेश गरी राङभाङ गएर निस्किएको थियो। यस गुफा भित्र आर्कषक देवी-देवता र गाई को मुख चित्र तथा आकिर्तिहरू लगाएत भित्र एउटा छ्याङ छ्याङ गर्ने पोखरी पनि छ।[२]
चित्रवाली
[सम्पादन गर्नुहोस्]-
कैलाश गूफाका निर्देशनहरू
-
कैलाश गूफा प्रवेशद्वार
-
कैलाश गूफाभित्रका चमेराहरू
-
गूफाबाट देखिएको बहाकोटको दृश्य
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्याङ्जा जिल्लाका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरू"।[स्थायी मृत कडी]
- ↑ "स्याङ्जाको ग्रामीण पर्यटन", अभियान राष्ट्रिय दैनिक, ८ जेठ २०६८, अन्तिम पहुँच ८ जेठ २०६८।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समिति, स्याङ्जा
- स्याङ्जा र स्याङ्जालिको चिनारी वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२६ मिति