रामघाटधाम
स्वरूप
रामघाटधाम | |
---|---|
प्राथमिक विवरण | |
स्थान: | रामघाट, साँखर |
सम्बन्धन | हिन्दुत्व |
देश | नेपाल |
वास्तुकला विवरण | |
वास्तुकला प्रकार | मन्दिर |
निर्माता | स्थानीय |
परिचय
[सम्पादन गर्नुहोस्]रामघाटधाम नेपालको प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा पर्ने चापाकोट नगरपालिकाको वडा नं. ७ साँखरमा पर्ने अति रमणीय गाउँ, ऐतिहासिक एवं धार्मिक क्षेत्र हो।[१]
अवस्थिति
[सम्पादन गर्नुहोस्]स्याङ्जाको सदरमुकाम पुतलीबजारबाट ५७ किलो मीटर दक्षिण-पूर्वको यस धार्मिक रूपमा प्रख्यात यस श्री रामजानकी मन्दिरमा कसैको ध्यान पुग्न सकेको छैन। धार्मिक एवम् ऐतिहासिक आस्था जगाउने राम, जानकी, शिव, लक्ष्मी र नारायण भगवानका मुर्ति रामघाटधाममा रहेका छन्। मन्दिर स्थानीयले निर्माण गरेका हुन्। रामघाटधाममा हिन्दु धर्मालम्वीको शिवरात्री, रामनवमी र अन्य चाडपर्वमा धेरै दर्शनार्थी आउँछन्। रामघाटधाममा रहेका ऐतिहासिक एवम् धार्मिक संरचनाहरु अपहेलित, वेवास्ता र वेवारिसे छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू : रामघाटधाम", उज्यालो लाल्टिन, उज्यालो लाल्टिन, अन्तिम पहुँच २२ जुलाई २०१६।[स्थायी मृत कडी]
- ↑ "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला प्रशासन कार्यालय, स्याङ्गजा।[स्थायी मृत कडी]
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समिति, स्याङ्जा
- स्याङ्जा र स्याङ्जालिको चिनारी वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२६ मिति