पुतलीबजार नगरपालिका
पुतलीबजार | |
---|---|
![]() स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका | |
निर्देशाङ्क: २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°Eनिर्देशाङ्कहरू: २८°०६′००″उ॰ ८३°५२′१५″पू॰ / २८.१००००°N ८३.८७०८३°E | |
देश | ![]() |
राज्य | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• मेयर | सीमा कुमारी क्षेत्री[१] |
• उप मेयर | महेश पुरी |
क्षेत्रफल | |
• जम्मा | १४७.२१ किमी२ (५६.८४ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ४४,८७६ |
• घनत्व | ३००/किमी२ (७९०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत(हरू) | +९७७-६३ |
केन्द्र | साविक पुतली बजार नगरपालिकाको कार्यालय |
वेबसाइट | पुतलीबजार नगरपालिका |
पुतलीबजार स्याङ्जा जिल्लाको मध्य-उत्तरी क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने नगरपालिका हो ।[२] विसं २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा साविक पुतलीबजार नगरपालिका, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर राङभाङका (१-३,९) वडाहरू, पेल्काचौरका (१,२,४-८) वडाहरू पौवेगौडे, र टक्सार गाउँ विकास समितिहरूलाई समेटेर पुतलीबजार नगरपालिका घोषणा गरिएको हो ।[३]
जनसङ्ख्या[सम्पादन गर्ने]
प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा साविक पुतलीबजार नगरपालिका, ठूलाडिही, बहाकोट, कोल्मा बराहचौर राङभाङका (१-३,९) वडाहरू, पेल्काचौरका (१,२,४-८) वडाहरू पौवेगौडे, र टक्सार गाविसहरूलाई मिलाएर पुतलीबजार नगरपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर पुतलीबजार नगरपालिकाको जनसङ्ख्या ४४,८७६ रहेको छ ।[४][५]
भू-वनोट[सम्पादन गर्ने]
पुतलीबजार नगरपालिकामा १४ वडाहरू रहेका छन । पुतलीबजारको कुल क्षेत्रफल १४७.२१ वर्ग कि.मी. छ । यो नगरपालिकाको पूर्वमा तनहुँ र कास्की जिल्ला पर्दछन् भने पश्चिममा आँधिखोला, अर्जुनचौपारी गाउँपालिका र भीरकोट नगरपालिका छन् । यसको उत्तरी भागमा कास्की जिल्ला र फेदीखोला गाउँपालिका छन् भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका र बिरुवा गाउँपालिका पर्दछन् ।[६]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, २०७२ मंसिर २४, अन्तिम पहुँच २०७२ मंसिर २४।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।