सामग्रीमा जानुहोस्

आँधीखोला गाउँपालिका

आँधिखोला
आँधिखोला
आँधिखोला
आँधिखोला स्याङ्जा जिल्ला-को अवस्थिति
आँधिखोला
आँधिखोला
आँधिखोला गण्डकी प्रदेश-को अवस्थिति
आँधिखोला
आँधिखोला
आँधिखोला नेपाल-को अवस्थिति
आँधिखोला
आँधिखोला
निर्देशाङ्क (सेतीदोभान): २८°६′ उत्तर ८३°४५′ पूर्व / २८.१००° उत्तर ८३.७५०° पूर्व / 28.100; 83.750
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ फागुन २७
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षविश्वनाथ पौडेल (एमाले)
 • उपाध्यक्षसीता थापा (एमाले)
क्षेत्रफल
 • जम्मा६९.६१ किमी२ (२६.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१३,०९४
 • घनत्व१९०/किमी२ (४९०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविक सेतीदोभान गाविसको कार्यालय
वेबसाइटaandhikholamun.gov.np

आँधिखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[३][४] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा सेतीदोभान, पञ्चमुल (१,२,४-६,८,९), फापरथुम, चिलाउनेबास, बिचारीचौतारा र वाङसिङ देउराली गाउँ विकास समितिहरूलाई समेटेर आँधिखोला गाउँपालिका घोषणा गरिएको हो ।[५] आधिखोला गाउपालिका ४ बाङ्सिङ, श्रावण कुमार टोलमा श्रावण कुमार मन्दिर रहेको छ, जसमा बालाचतुर्दसीको दिन मेला लाग्ने गर्छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार आँधीखोला गाउँपालिकाको कुल जनसङ्ख्या १३,०९४ रहेको छ भने यहाँ ३,९९२ घरधुरी रहेका छन्।[२]

आँधीखोला गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१पञ्चमुल (१, २, ४-६, ८, ९)३,०६५१२.६२२४२.८७
२चिलाउनेबास२,०९११५.८८१३१.६७
३बिचारीचौतारा१,६२४६.७४२४०.९५
४वाङसिङ देउराली१,७७९१२.९५१३७.३७
५सेतीदोभान२,६१५१०.९३२३९.२५
६फापरथुम१,९२०१०.५९१८१.३०
कुल१३,०९४६९.६२१८८.०८

भू-वनोट

[सम्पादन]

आँधिखोला गाउँपालिकामा ६ वडाहरू रहेका छन् । आँधिखोलाको कुल क्षेत्रफल ६९.६१ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका र फेदीखोला पर्दछन् भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा फेदीखोला र पर्वत जिल्ला छ भने दक्षिणी क्षेत्रमा पुतलीबजार नगरपालिका र अर्जुनचौपारी पर्दछन् ।[६]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  3. ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, मूलबाट २०१७-०५-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच ३० फाल्गुन २०७३।
  4. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  5. ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, मूलबाट २०१७-०५-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
  6. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]