फापरथुम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फापरथुम
Faparthum
देश नेपाल
अञ्चलगण्डकी अञ्चल
जिल्लास्याङ्जा
जनसङ्ख्या
 (बि. सं. २०६८)
 • जम्मा२,४१२[१]
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०६३

फापरथुम नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाँउ विकास समिति हो । यो ठाउँमा ६०३ वटा घर छन ।

पृष्ठभूमि[सम्पादन गर्नुहोस्]

नेपालको सर्न्दर्भमा गाउँ विकास समिति ग्रामीण भेगको स्थानीय सरकार हो । यसले स्थानीयस्तरमा जनतालाई तोकिएको सेवाहरू प्रवाह गर्दछ । नेपालमा रहेका गा.वि.स.हरू स्थानीय स्वायत्त शासन ऐन २०५५ तथा यस अर्न्तर्गत जारी भएका नियामावलीहरूद्वारा निर्देशित भएका छन् । यस ऐन तथा नियमावलीमा गाउँ विकास समितिहरूले वस्तुगत विवरण तयार गरी त्यसैका आधारमा योजना छनौट गर्नु पर्ने व्यवस्था उल्लेख गरेको छ । वस्तुगत विवरण तयारीका लागि सूचना सङ्कलन र विश्लेषण गर्नु पर्दछ । सङ्कलन गरिएका सूचनालाई यथार्थपरक ढङ्गले राखी वस्तुगत विवरण तयार गर्दा त्यसले गा.वि.स. लगायत अन्य सरोकारवालाहरूलाई विकास क्रियाकलाप सञ्चालन गर्न अत्यन्त सहयोग पुर्याउँदछ । कुनै पनि व्यक्ति, संस्था, घटना, प्रक्रिया वा चिजविज वारेको तथ्य वा विस्तृत विवरणलाई सामान्यतः सूचना भनिन्छ । संकलनका आधारमा यी २ प्रकारका हुन्छन् - प्राथमिक र द्वितीय सूचना । प्राथमिक सूचना आफैले सम्बन्धित क्षेत्रमा गएर सङ्कलन गरिन्छ भने अरुले सङ्कलन गरेको सूचनालाई द्वितीय सूचना भनिन्छ। यी सूचनाहरूलाई सङ्कलन, प्रशोधन -तालिकीकरण, व्याख्या वा विश्लेषण) तथा प्रकाशन गर्ने सम्मका सम्पर्ण कार्यहरू सूचना व्यवस्थापन अर्न्तगत पर्दछन। आवश्यकता अनुसार चाहिएको मात्रामा र समयमा सूचना प्राप्त गर्न सकियोस् भन्ने उद्देश्यले सूचना व्यवस्थापन गरिन्छ। व्यवस्थित गरिएको सूचनालाई आवश्यक मात्रामा निकाल्न र प्रयोग गर्न सकिने हुनु पर्दछ । सूचना व्यवस्थापन नगरी सवै वा अनावश्यक मात्रामा दिँदा मुख्य विषय छुट्ने वा ओझेलमा पर्ने सम्भावना हुन्छ। त्यसकारण सूचनाको व्यवस्थापन गरिनु पर्दछ । गाउँको विकास निर्माण र र्सार्वजनिक सेवा प्रवाहमा स्थानीय निकायको भूमिका बढिरहेको सर्न्दर्भमा गाउँमा विकास सम्बन्धी सूचना व्यवस्थापन गा.वि.स.ले गर्नुपर्ने एक महत्त्वपूर्ण कार्य हो। तर हालसम्म गा.वि.स.को वस्तुगत विवरण तयारीका लागि स्पष्ट खाका नभएको हुनाले तयार गर्न चाहने तथा प्रयास गर्ने गा.वि.स.हरूका वस्तुगत विवरणहरू अपूर्ण र एकरूपताको अभावका कारण विभिन्न कार्यमा कठिनाई उत्पन्न भएको देखिन्छ । गा.वि.स.का विविध पक्षहरूको वास्तविक स्थितिको तथ्यांक र सूचना विना कुनै पनि योजनाको सही छनौट हुन सक्दैन । तर्सथ वस्तुगत विवरणको आधारमा प्राथमिकता निर्धारण गरी वास्तविक आवश्यकता र जनताको चाहनामा आधारित कार्यक्रम सञ्चालन गर्न तथा भविष्यका लागि पूर्व तयारी गर्न समेत सहयोग पुग्दछ । यस ढाँचाले सो वस्तुगत विवरण तयार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । वस्तुगत विवरणका केही फाइदाहरू निम्नानुसार छन्:

  • गा.वि.स.को वास्तविक र सही सूचना सङ्कलन तथा व्यवस्थापन गर्न मद्दत पुग्ने,
  • गा.वि.स.बाट संकलित तथ्यांकहरू जिल्ला तथा केन्द्रमा व्यवस्थापन गर्न एकरूपता आउने,
  • स्रोत, साधन र सीपको पहिचान गरी त्यसको सदुपयोग गर्न तथा सम्भावित जोखिमहरूबाट वच्ने उपायहरूको खोजी गर्न सकिने,
  • भौगोलिक, सामाजिक, आर्थिक, धार्मिक, प्राकृतिक र मानवीय जीवनका हरेक पक्षहरूका वारेमा जानकारी प्राप्त हुने हुनाले संचालित कार्यक्रमको समीक्षा गरी सुधार, समायोजन वा परिवर्तन गर्न र नयाँ योजना तर्जुमाका लागि पृष्ठपोषण प्राप्त हुने,
  • नवीन सोंच र चिन्तनको सम्भावनाका लागि मार्ग प्रशस्त हुने,
  • सूचनाबाट विभिन्न निकाय तथा व्यक्तिहरूसँग सम्बन्ध बढाउन सहज हुने हुनाले आपसी सहयोगको वातावरण निर्माण हुने।

ढाँचा तयारीका क्रममा अपनाइएका विधिहरू[सम्पादन गर्नुहोस्]

गा.वि.स.को वस्तुगत विवरणको ढाँचा तयारीका लागि हाल तयार भएका विभिन्न वस्तुगत विवरणहरूको अध्ययन, सहस्राब्दी विकास लक्ष्यका लक्ष्य तथा सूचकहरूको अध्ययन, जिल्ला सूचना व्यवस्थापन सम्बन्धी दिर्ग्दर्शन, आवधिक गाउँ विकास योजना तर्जुमा मस्यौदा निर्देशिका आदि सामग्रीहरूको अध्ययन, विभिन्न जिल्लाका गा.वि.स.हरूको स्थलगत अध्ययन, यस क्षेत्रका कार्य गरेका विज्ञहरूसँग गरेको परामर्श आदि प्रमुख हुन् ।

ढाँचाको उपयोग विधि[सम्पादन गर्नुहोस्]

गा.वि.स.को वस्तुगत विवरण तयारीका लागि तयार गरिएको प्रस्तुत ढाँचामा सूचना संकलनका लागि परिवार र्सर्भेक्षण, वस्तीस्तरबाट सूचना सङ्कलन, वडास्तरबाट सूचना सङ्कलन तथा गा.वि.स.स्तरबाट सूचना सङ्कलन गर्ने प्रस्ताव गरिएको छ। आधारभूत सूचनाहरू परिवार र्सर्भेक्षणबाट सङ्कलन गरिन्छ। यसका लागि तालिकीकरणमा सहज हुने गरी प्रश्नावली तयार गरिएको छ। वस्ती, वडा तथा गा.वि.स.स्तरमा रहेका सम्बन्धित व्यक्ति, सङ्घ संस्थाबाट सूचना सङ्कलन गर्न र तालिकीकरण गर्न सहज हुने ढाँचा तयार गरी प्रस्ताव गरिएको छ। सहस्राब्दी विकास लक्ष्यले निर्धारण गरेका लक्ष्य तथा सूचक समेत यस विवरणमा समावेश गरिएको छ ।

ढाँचाका सीमाहरू[सम्पादन गर्नुहोस्]

गा.वि.स.को वस्तुगत विवरण तयारीका लागि ढाँचा तयार गर्ने क्रममा प्राप्त विभिन्न साहित्यको सैद्धान्तिक अध्ययन गरिएको भएता पनि वास्तविक रूपमा सम्बन्धित क्षेत्रमा परीक्षण गर्न वाँकी रहेको हुनाले सुधार गर्नुपर्ने हुन सक्छ। यसैगरी भौगोलिक, सामाजिक, धार्मिक, सास्कृतिक, आर्थिक, प्राकृतिक आदि विविधता भएको देशको सम्पूर्ण पक्ष नसमेट्न सक्छ भने कतिपय गा.वि.स.मा यसमा उल्लेखित सवै फारमहरू उपयोग नहुन सक्छ।

गाउँ विकास समितिको सामान्य परिचय[सम्पादन गर्नुहोस्]

फापरथुम गाउँ विकास समिति नेपाल अधिराज्यको पश्चिमाञ्चल विकास क्षेत्र अर्न्तर्गत गण्डकी अञ्चलको स्याङ्जा जिल्लामा पर्दछ । यसको पूर्वमा पुतलीबजार नगरपालिका पश्चिममा चिलाउनेबास, पञ्चमूल गा.वि.स. उत्तरमा सेतीदोभान र दक्षिणमा दरौं गा.वि.स. र पुतलीबजार नगरपालिका पर्दछ । यस गा.वि.स.को स्थापना २०४७ सालमा भएको हो। प्राकृति सिमाना चिसापानीको खोल्सी पश्चिम सम्धिखोला गाउँ जाने ठाडो बाटो उत्तरमा आँधीखोला दक्षिणमा खर्सुरे पानी ढलो सतौ रथस्थल एवं दरौं पर्दछन् ।

भौगोलिक अवस्थिति[सम्पादन गर्नुहोस्]

फापरथुम गा.वि.स. एक पहाडी क्षेत्र हो। यहाँ खोँच, कन्दरा, खोल्सा खोल्सी टारी, बेँसी समतत फाँटको अलवा थुम्की, डाडा, मैदान भिर पाखा दक्षिण तर्फपर्छ भने उत्तर तर्फकेही मैदान समथर भू-भाग पर्दछ। यस गा.वि.स.को समुन्द्री सतहदेखि ७८० मि. देखि २२०० मिटरसम्म रहेको छ। यो ८३० १३ु देखि ८४० ४६ु पर्ूव दोन्तर र २७० ५२ु देखि २८० १३ु उत्तरी आक्षांश भित्र पर्दछ। यस गा.वि.स.को क्षेत्रफल ९५४.७१४५ हेक्टर -१८७५६-११-२-० रोपनी) छ। निर्वाचन क्षेत्र नं. १ र्रर् इलाका नं. ७मा पर्ने आफ्नै धर्म, संस्कार, रिती रिवाज, भाषाभाषी, चालचलन र संस्कृति रहेको छ।

हावापानी[सम्पादन गर्नुहोस्]

यस गा.वि.स. भित्रका अधिकांश गाउँ वस्तीहरू पर्वतिय प्रदेश भएकोले न गर्मी न जाडो समशितोष्ण खाले मनसूनी हावापानी छ।

नदी नाला तथा खोल्सीहरू[सम्पादन गर्नुहोस्]

संधिखोला, बुढोखोला, जुकेखोली, काल्चे, बगाले, खोली, पिरेको खोला, भूते खोली, स्यानछहरी, ठूलछहरी, ढडेन, ढाँडीखोल्सी, ढुंगेछहरो, बार्डर्गेखोल्सी, आरुखोला, पातीखोला, जुकेखोला जुन आँधीखोलामा मिल्दछन् भने त्यस्तै आरुखोला, साङ्गखोला, ढावको खोल्सी चिसापानी खोल्सी आदि मुख्य रहेका छन्। सबै खोलयो खोल्सीहरूको गन्तव्य स्थान आँधीखोला नै हो ।

प्राकृतिक तथा ऐतिहासिक स्थलहरू[सम्पादन गर्नुहोस्]

पूर्व चिसापानी, पश्चिम संधिखोला, बुढाखोला, सिउकटेरीपाट, रहाले, सेखेवारी, खर्र्सरे पानी ढलो, आँधी सेतीको दोभान, राम्चे विहार, लुक्कुवा वन सम्पदाले भरिभराउ जडिबुटी भएको पाताल खोंच पर्वतिय मालामा गुथिएको र ढाँडीखेतमा ढकाल कुलान मन्दिर फापर उत्पादन हुने रमणिय थुम्की, देउराली, विभिन्न वडा जात जाति अनुसारको कुलान मन्दिर, सरस्वती, चण्डी, शिवजी, गणेश दुर्गा मन्दिर जस्ता धार्मिक र ऐतिहासिक स्थलहले प्रकृतिकको शोभायन गराएको छ ।

भू-बनोट[सम्पादन गर्नुहोस्]

यो गा.वि.स.को पूर्व र पश्चिम तर्फ साघुरिएका, बिच भागदेखि पश्चिम फुकेको, उत्तर तर्फ कम उचाई भई, दक्षिण पश्चिम तर्फ उचाई बृद्धि हुँदै गएकोले अधिकांश आवादी कृषि भूमी पश्चिम दक्षिणबाट पूर्व उत्तर मोहडा फर्केकोले खेतीपाती भन्दा नगदेबाली फलफूल खेती अति राम्रो हुन्छ ।

भू-उपयोग[सम्पादन गर्नुहोस्]

यो गा.वि.स. उत्तरबाट दक्षिण मोहडाको उचाई बृद्धि हुँदै गएकोले दक्षिण खोला खोल्सी छहरा वन जंगल भएकोले स्वाहिदकबाट उत्पती मै खोल्सीहरू उत्तर पर्ूव तर्फभएर बग्ने भएकोले वर्षाममा मात्र बढी पानी पर्ने हुँदा हिउँदै खेती भन्दा वर्षो खेती नै मुख्य बाली मानिन्छ । मुख्य खेती धान मकै कोदो, कफी र फलफूलमा सुन्तला, नासपती, केरा, कटहर, आप, अम्बा, कागती, मेवा, लिची मुख्य मानिन्छन्। यो गा.वि.स.मा जम्मा क्षेत्रफल ९५४.७१७५ क्षेत्रमा खेतीयोग्य ५७१.११०५ हेक्टर खेत १६१.६५२५ हेक्टर पाखो ३९९.४५८० हेक्टर र अन्य र्सार्वजनिक जमीन तथा वन जंगल ३९३.६०७० हेक्टर रहेको देखिन्छ ।

संभाव्यता अवसर चुनौति र समस्याहरू[सम्पादन गर्नुहोस्]

यस गा.वि.स. भित्र रहेका प्राकृतिक मनोहर दृश्य अवलोकन गर्ने वन जंगलमा रहेका जडिबुटी जैविक विविधताले भरिपूर्ण प्राकृतिक संपदाहरूको विकास कृषिको राम्रो उत्पादन बृद्धि, पर्यटकीय क्षेत्र विकास गर्न सकिने स्थलहरूको पहिचान गर्नको लागि आवश्यक पर्ने मोटर बाटो, सेतीदोभान-निवुवावोट-पञ्चमूल-लंखु सम्म जाने बाटो निर्माण सम्पन्न भएमा डिही, सालिमे, भुद्रुमपोला देउराली, सिउरेनी पाट, आदि ठाउँमा पर्यटक केन्द्र स्थापना स्थापना गर्न सकिने हुन्छ।

अन्तर सम्बन्ध[सम्पादन गर्नुहोस्]

यस गा.वि.स.को पर्ूव उत्तर पूर्व दक्षिण पुतलीबजार नगरपालिका सदरकुमाम स्याङ्जा बजार पश्चिम चिलाउनेबास "अन्धाअन्धी" श्रवण कुमारको कहानी ऐतिहासिक स्थल हुँदै पश्चिम दक्षिण पञ्चमूल पर्यटकीय स्थल उत्तर सेतीदोभान बजारसँग र दक्षिण सतौं, दरौं, खर्सूर्ट पञ्चासेसम्मको दृश्य अवलोकन गर्न सकिन्छ र पर्यटकिय स्थल विकास गर्न सिउरेनी पाट जस्ता चौर खुल्ला रूपमा रहेको छन् भने वन संपदा जडिबुटी विकास सञ्चालन गर्न सकिन्छ यही मोटर बाटो खुल्न सकेको खण्डमा

प्रदेशिय विभाजन तथा वर्षा र तापक्रम[सम्पादन गर्नुहोस्]

जलवायु क्षेत्र[२] उचाई सीमा क्षेत्र (%)मा
उष्ण प्रदेशिय ३०० देखि १,००० मिटर
१,००० देखि ३,३०० फिट
५३.६%
समशितोष्णिय १,००० देखि २,००० मिटर
३,३०० देखि ६,६०० फिट
४५.३%
  • उष्ण प्रदेशिय हावापानी १३% भू-भाग
  • समशितोष्ण हावापानी ७४ % भू-भाग
  • शितोष्ण हावापानी १३ % भू-भाग
  • बाषिर्क वर्षा २५०० मि.मि.
  • तापक्रम अधिकतम २०.५ न्यूनतम ११.२ सेल्सीयस

जनसङ्ख्या र जातजातिय धर्म[सम्पादन गर्नुहोस्]

कूल जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

कूल जनसङ्ख्या २,४४२ मध्ये १,०२५ पुरुष र १ ३८७ महिला छन ।

जातजातिय धर्म[सम्पादन गर्नुहोस्]

फापरथुम गाविसको जातिय धर्म
जातजातियता प्रतिशत(%)
ब्राम्हण
५०%
क्षेत्री
७.९०%
ठकुरी
२%
गुरुङ
१३%
कामी
१३%
घर्ती
७%
सार्की
०.०१%
दमै
७%
जनसङ्ख्या र जातजातियता

जातजातियतामा विभाजन रहेका यी विभिन्न जातजातिहरू परापूर्व कालदेखि आ-आफु आपसी सौहादर्रता र मित्रता कायम राखी बसोबास गर्दै आएका नेपाली भाषा मातृ भाषाको रूपमा सबैले बोल्ने गर्दछन् । धर्म मुख्य हिन्दू नै मान्दछन्। आ-आफ्नो जातिय दृष्टिकोणले धार्मिक र सहिष्णुता तथा विविधता पाइन्छ । केही बौद्ध धर्मालम्बीहरू छन् भने अधिकांश बाहुल्य ढकालहरूको रहेको छ ।

पेशा[सम्पादन गर्नुहोस्]

अधिकांश मानिसहरू कृषि र पशुपालन पेशामा संलगन रहेका छन् भने केही प्रतिशत मानिसहरू सरकारी सेवामा जागीर खाने, व्यापार गर्ने, विदेश गई काम गर्ने र कुनै प्रहरी, सैनिक लेवामा पनि संलग्न र भारतीय सैनिक लेवामा रहेका छन्।

यातायात र सञ्चार[सम्पादन गर्नुहोस्]

यातायातको सञ्चालन स्थायी रूपमा छैन। कच्ची हिउँदे बाटो तनहूँको दुलेगौडा-स्याङ्जा र कार्कीनेटा राजमार्ग खोल्ने कार्य भै कच्ची बाटो चिलाउनेबाससम्म गएको छ भने सेतीदोभान भुद्रुखपोला-पञ्चमूल मोटरबाटो पनि कच्ची रूपमा छ दुवै बाटो निर्माणाधिन अवस्थामा नै छन्। सञ्चारको क्षेत्रमा भने दूर सञचार कार्यालय स्याङ्जाबाट तार रहित मोवाईल सेवा यू.टी.एल., पोष्ट रुख, सि.डि.एम.ए. र नमस्ते गरी आवश्यकता अनुसार सञ्चालनमा रहेका छन्।

स्वास्थ्य र शिक्षा[सम्पादन गर्नुहोस्]

गाउँ वडा वडामा स्वास्थ्य सेविकाहरू रहेकाले रोगको पहिचान हुन साथ स्वास्थ्य उपचौकी ढाडिखेत जान सल्लाह दिनहरू गर्दछन् र प्राथमिक स्वास्थ्य सेवा प्रापत गर्दछन् भने कडा रोगको पहिचान भनसाथ जिल्ला अस्पताल तथा पोखरा उपचारकाको लागि जाने गर्दछन्। प्रायजसो वडाहरूमा प्रा.वि.हरू सञचालन छन् भने मा.वि., नि.मा.वि पनि विभिन्न वडा ठाउम्मा सञ्चालन भैरहेको छन्। वडा नं. १मा लक्ष्मी प्रा.वि., वडा नं. २मा चण्डी प्रा.वि., वडा नं. ३मा प्रजातान्त्रिक प्रा.वि., वडा नं. ४ भगवती मा.वि., वडा नं. ५मा गौरिशंकर प्रा.वि., वडा नं. ६मा जनज्योती नि.मा.वि., वडा नं. ८मा शारदा मन्दिर मा.वि. खर्कमा र वडा नं. ९मा वरपिप्ले प्रा.वि. रहेका छन्।

वन जंगल जडिबुटी वन्य जन्तु तथा चराचुरुङ्गीहरू[सम्पादन गर्नुहोस्]

यस फापरथुम गा.वि.स.को ३३% जमीन वन जंगलले ढाकिएको छ। अधिकांश वनपाखामा पाईने रुखहरू चिलाउने, कटुस, उत्तिस, मलाईतो, मौवा, खुख्य छन् भने अरु तिजु, सेतीकाठ, सल्लो, दमौरो, काफल, झिआनो, रात्पाते, सौर, विलाउने, धायरो, लागि गुराँस, चुत्रो, गम्हारी, टुनी, पयौं, वेदबास, घोक्रो आदि पाइन्छन् ।

जडीबुटीम[सम्पादन गर्नुहोस्]

जडीबुटीमा भृंगिराज, अमल्त, राजबृक्ष, कुकुरतरुल, सजीवन, भ्याँकुर, भुकट, िकाफल्बोक्रा, दालचिनी, धुगाकोबोक्रा, भोजपत्र, छतिवनको बोक्रा, निमकोपत्ता, उन्यूकोजरा, घोलटाप्प्रे, सिस्नुकोजरा, कुरिलो, इन्देणिपूलगाठो, गुजरगानो, भोर्लाको बोक्रा, तेजपत्ता, असुराको पात, तितेपानी, नागवेली, लहरा, हर्र्रो, बर्र्रो, चिर्राईतो, दुधेलहरा, भलायो, टाँकी, गुराँसको फूल टिमुर र मलटाटो आदि जडिबुटीहरू पाइन्छन् ।

बन्यजन्तु[सम्पादन गर्नुहोस्]

बाघ, भालु, मृग, ढेडुवा, वाँदर

चराचुरुङ्गीहरू[सम्पादन गर्नुहोस्]

गिद्ध, कोईली, काग, लामपुच्छ्रे, डाँग्रे, बट्टर्राई, जुरेली, न्याउली, भएरा, चिरविरे, तिन्तारे, वन कुखुरा, डाँफे, मुनाल, ढुकुर, गौथली, च्याखुरा आदि विभिन्न स्थानमा र उचाईमा पाइन्छन्।

वडा परिचय[सम्पादन गर्नुहोस्]

फापरथुम गा.वि.स. का विभिन्न वडा हरू १ देखि ९ सम्मको सारांश विवरण यस प्रकार छ ।

वडा नं. १[सम्पादन गर्नुहोस्]

पूर्वमा बाटो जुकेपानी वगाले खोला ४ नं. वडाको साथ पश्चिम- चिलाउनेवास गा.वि.स. उत्तर सेतिदोभान गा.वि.स., उत्तर आँधिखोला दक्षिण पंचमूल गा.वि.स. तथा फापरथुम २ नंं वडाको साथ सिमा भित्र यो वडा पर्छ। यहाँको गाँउ वस्ति, संधिखोला, शेरा, कारोम डाँडा, ढकाल डाँडा, तल्लो उपल्लो छाप, स्यानाखोला, भस्मे, विमिरमवोट, पाथ्रा, चिरि जस्ता स्थानिय नामले पहिचान गरेको छ। गाँउको सबैजसो टोल टोल्मा पानीका टेंकी, धारा, लघुविद्युत बाट बत्तिको लाईन, घर-घर पाइखाना -ट्वाइलेट)को व्यावस्था, सहकारी साँझो संस्था आपसमा मिलि सञ्चालन गरेको पाइन्छ। यस वडाको सेतिखोलामा सरस्वतकिो, कुलायनको मन्दिर, ढकालडाँडामा लक्ष्मी प्रा.वि.संधिखोलामा पुल शेरा बाट पुल्को मुख जाने झोलोङ्गोपुल, थाराफँाटको कोसिस बाट रगेंडाटि जाने पुल पर्छ। यस वडामा विभिन्न थर जात भयो ढकाल, पौडेल, पोख्रेल, र्घर्ति, क्षेत्री , राना, सार्कीको वसोवास छ। आ-आफ्नो धर्म सास्कृतिमा रमाई खेति किसान र वैदेसिक रोजगारमा केही गएका छन् भने कोही शैक्षिक पेशामा संलग्न रहेको पाइन्छन्। जिल्ला नापि कार्यलयको रेर्कडानुसार जग्गा जमीनको विवरण निम्नअनुसारको देखिन्छ ।

  • र्सार्वजानिक बाटो, कुलो वुटेन भिर - १६.३८५५ -हे.)
  • वन जंगल सामुदायिक - २४.२३८० हेक्टर
  • धान खेत तर्फ- ३१.८९२५ हेक्टर
  • पाखोबारी खर समेत - ७६.१८९५ हेक्टर

जम्मा १४८ हेक्टर ७०५५ वर्गमिटर रहेको छ । यो वडा जनसङ्ख्या र भौगोलिक दृष्टिकोण बाट दोस्रो ठूलो वडा हो ।

वडा नं. २[सम्पादन गर्नुहोस्]

यसको पूर्व बाटो ४ नं. वडा, ३ नंं वडाको भन्दा पश्चिम पचंमूल, दक्षिण दरौं गा.वि.स. पर्छ। यहाँको गाँउ वस्ति टोल देउराली भञ्ज्याङ्ग मुलावारी, कल्याण डाँडा, दोरगौडा, भुदु्रमपोला, रहालेनुनथला पर्दछ। यो वडा गुरुङ्ग जातको वढि बाहुल्य छ। गुरङ्ग, क्षेत्री,देवकोटा, र कामी हरूको वसोवास रहेको छ। यस वडामा १ चण्डि प्रा.वि.भुद्रुमपोला देयरालीमा र सामुदायिक भवन निर्माणाधिन अवस्थामा रहेको छ। यो वडाको क्षेत्रफल

  • बाटो, गौचर, पर्ति र्सार्वजानिक जग्गा १५.५३५० हेकटर
  • सामुदायिक वनजंगल ९७.७२७० हेक्टर
  • आवादी खेत तर्फ०९.७२७० हेक्टर
  • पाखावारी खरसमेत ५८.३०३० हेक्टर गरी जम्मा १८१.४९६० हेक्टर जमीन रहेको छ ।

भौगोलिक हिसावले सबैभन्दा ठूलो र जनसङ्ख्याले चौथो नंवरमा पर्छ। यस वडाको दक्षिण पश्चिममा राम्चे विहार लुकुवा सामुदायिक वनजगंलको वडि भाग ओगटेको छ। थैले,लिङ्गे, गौथरीभिर, वुढाखोला सिउरेनी, पारठोरनेवारी उपल्लो लुकुवा जस्ता वन पाखाको हरियालीमा रमाएका मृग,बाख्रा, भालु, वाँदर आदि जनावर छन्। व्यावसाय कृषि, पशुपालन भू.पू इण्डियन, र नेपाल आर्मी तथा वृटिश आर्मीहरू भएकाले आर्थिक मनोवल उच्च रहेको पाइन्छ।

वडा नं. ३[सम्पादन गर्नुहोस्]

यो वडाको पूर्व बाटो ५ नं वडा, पश्चिम बाटो २ नं. वडा, उत्तर बाटो सालिमे ४ नंं वडा र दक्षिण स्याङ्जा पु.व.न.पा.को खर्सर्ुे पानी ढलोको साथ पर्दछ। यसको गाँउवस्तिको नाम दाद्रा, चिलाउनेर्खर्क, पँधेरापारी, खुट्टा सालिमेडाँडा, लामडाँडागरी ६ गाँउ समेटिएको छ। यहाँका वासीन्दाहरू दमै, र्घर्ति, क्षेत्री, ढकाल ब्राहमणहरूको वसोवास रहेको छ। भौगोलिक आधारले सबैभन्दा सानो र जनसङ्ख्याले आठौँ नंम्बरमा पर्दछ। जग्गा जमीनको विवरण र्सार्वजानिक

  • पर्ति गौचर ३.२८५० हेक्टर
  • सामुदायिक वन जंगल ३०.०००० हेक्टर
  • आवादिमा खेततर्फ०१.३७१० हेक्टर
  • पाखोबारी खर समेत २२.६५०० हेक्टर गरी जम्मा जम्मी ५७.३०६० हेक्टर जमीन रहेको छ ।

यो वडामा एक शिवालय मन्दिर, प्रजातान्त्रिक गा.वि. पैरामा पर्दछ। यस वडाको उत्तरमा गाँउ वस्ति र सो देखि दक्षिणतर्फपर्र्तिचौर, भगारी भन्ने ठाउँमा रहेको छर सो देखि दक्षिणमा सामुदायिक वन पर्दछ। यहाँका वासिन्दाहरूको मुख्या पेशा, कृषि, पशुपालन, मौरीपालन रहेको छ, भने शैक्षिक स्तर उच्च रहेकोले सरकारी सेवाको साथै वैदेशिक रोजगारमा पनि लागेका छन्।

वडा नं. ४[सम्पादन गर्नुहोस्]

पूर्व बाटो ५ नं वडा, पश्चिम जुगेपानी वगाले खोला १ नंं वडा उत्तर अँधिखोला दक्षिण बाटो ३ नं वडाको ािथ यो किल्ला भित्र चार नं. वडा पर्दछ। यस वडामा वस्ति कान्ला, ढाँडिखेत, ठूलाघर, माझथर, मैदानथर, लाहासे डिलाथर सालिमे जस्ता गाँउले भरिएको जनसङ्ख्याको आधारले तेस्रो नम्बरमा पर्ने भौगोलिकले पाचौ नम्बरमा पर्ने वडा हो। यहाँका मावव जातहरू थर सबै ढकाल ब्राशमणको वसोवास छ। व्यावसाय कृषि, पशुपालन मुख्य भएपनि अध्किांश निजामति कर्मचारी, प्रशाशनिक, प्राविधिक दृष्टिकोणमा र वैङ्किङ्ग सेवामा अग्रता हासिल गरेका छन् भने जंगि प्रहरि तथा न्याय सेवाका उच्च पदमा सेवारत रहेका छन्। त्यो वडाको लामिस्वारामा भगवति मा.वि. गैरावारीमा दर्ुगा मन्दिर अतिरिक्त हुलाक, ढाँडिखेतमा ढकाल कुलान मन्दिर, मैदान पृथ्वुपोखरीमा गणेश मन्दिर र सामुदायिक वडा कार्यालय वन्ने तयारीमा रहेको छ। यस वडामा २ ठाउँमा ढाँटी रहेको स्थान कुत्कुते र गौडामुनी छन्। शिसुकक्षा प्रा.वि.कान्लामा र ढाँडिखेतमा गा.वि.स. मार्यालय रहेको छ। शैक्षिक स्तर अन्य वडाको तुलनामा यो वडामा वढी रहेको छ। यहाँ भएको जग्गाको विवरण यस प्रकार छ।

  • र्सार्वजानिक बाटो गौचर पर्ति १२.१९९५ हेक्टर
  • वनजंगल ११.०६३५ हेक्टर
  • आवादी खेत १२.३१०५ हेक्टर
  • पाखोवारी खरवारी समेत ४४.९९१५ हेक्टर

गरी कुल क्षेत्रफल ८०.५६५० हेक्टर छ। यस वडामा ढाँडिखेत बाट दोभान जाने झोलुङ्गे पुल १ मात्र छ।

वडा नं. ५[सम्पादन गर्नुहोस्]

यस वडाको चौ किल्ला पर्ूवमा बाटो ६ नं वडा तथा आरुखोला ८ नंवडाको साथ पश्चिम तर्फबाटो र ३ नं ४ नं वडाको माथि उत्तर आँधिखोला दक्षिण सतौ रजस्थल स्याङ्जा पु.व.न.पा.को साथ यहाँको वासिन्दा ढकाल। सापकोटा, वस्नेत, क्षेत्री र न्यौपाने चारथरीको वसोवास रहेको पाइन्छ। गाँउ वस्ति अनुसार वगुवा,देउराली ,माथीवारी , सालडाँडा, सिरथुम्का वल्लो-पल्लो पातिखोला गाँउ पर्दछ। यस वडाको र ४ नं. वडाको साथ मै एक गौरीशंकर प्रा.वि.तिलोस्वरीमा उपस्वास्थ्य चौकी ढाँडिखेतमा, ठूलाखेतमा १ ढाँटि तलटारीमा एक सापकोटा कुलान मन्दिर पर्दछ। खानेपानीका पाइपधारा हरू प्राय सबै गाँउमा रहेकाुे पाइन्छ। यस वडाको २ ठाउँमा पुल पर्दछन् पातीखोला ज्यामिरेघाट, चिसापानीघाटमा झोलुङ्गो पुल रहेका छन्। यो भौगोलिकको आधारमा चौथो र जनसङ्ख्याका दृष्टिकोणले सबभन्दा ठूलो वडा हो।

  • जग्गा जमीनमा बाटो र्सार्वजानिक पर्ति गौचर पानीपधेरा समेत २.२८,३० हेक्टर
  • बाटो कुलो वगर ९.७८८५ हेक्टर
  • वनजंगल सामुदायिक समेत ५०.७५६० हेक्टर
  • आवादी खेत २६.१७८० हेक्टर
  • पाखोवारी खरवारी ४३.६०३५ हेक्टर गरी कुल १३२. ६०९० हेक्टर रहेको दखिन्छ।

कृषि, खेतीपाती पशुपालन मुख्य काम रहेको छ भने आध्यात्मिक धार्मिक, सास्कृतिक संपदाको वृद्धि गराउन पंडित एवं शिक्षित व्याक्तिहरू तलिन रहेको पाइन्छ। हाल यस वडाको सिम्लेघाट सेतीआँधि र पाती खोला त्रिवेणिस्थलमा मृतक समाधिस्थल दाहसंस्कार स्थलको पौवा ढाँटी निर्माण स्थल वनाउन लागेको व्योहोरा समेतको जानकारी गर्राईन्छ।

वडा नं. ६[सम्पादन गर्नुहोस्]

पूर्वबाटो ७ नंं. र आरुखोला ८ नं. वडाको साथ पश्चिम बाटो तथा ५ नं. वडा उत्तर बाटो खोली ५ नं. वडा कै साथ दक्षिण सतौ रजस्थल स्याङ्जा पु.व.न.पा.को साथ यस वडाको गाँउ वस्ति स्वारा थुम्की, काहुले, लोहासे , विसौना, फापुथुम र अरुखोला पर्दछ। जनज्योति नि.वा.वि. भञ्ज्याङ्गमा पर्दछ भने सामुदायिक भवन फापरथुम देउराली नगिच, आमा समुहको ढाटी निर्माण भैरहेको छ उपल्लो सिम्ले भन्ने ठाउँबाटो विर एक ढाँटी रहेको छ। यहाँका वासिन्दाहरूको जातथर ढकाल,वस्नेत क्षेत्री शाहि, पराजुली, र्घर्ति, सार्की र सापकोटा रहेका छन्। यो दक्ष जनसङ्ख्याको हिसावले ५ पाचौमा र भौगोलिकको हिसावले तेस्रो ठूलो हो। यस वडाको जग्गा जमीनको डाटा अनुसार यस प्रकारको छ।

  • र्सार्वजानिक गौचर प्रति २.४७४५ हेक्टर
  • बाटो, कुलो खेतवारी वगर समेत २०.५१४० हेक्टर
  • वनजंगल सामुदायिक समेत ५०.५९७० हेक्टर
  • आवादि खेत २१.०३७५ हेक्टर
  • पाखोबाटो खरवारी ३७.८४१० हेक्टर गरी कुल १४७.४६४० हेक्टर रहेको पाइन्छ।

पछि लोहासे भुलैचौपारी सा.वन सँग पश्चिममा जोडिएको छ। यस वडाको वार्डरुखोलामा १ ठाउमा झोलुङ्गे पुल र आरुखोलामा ढलानपुल रहेका छन्। यस वडाको मुख्या पेशा कृषि, फलफुल खेतिपाती, पशुपालन भएको देखिन्छ।

वडा नं. ७[सम्पादन गर्नुहोस्]

यसको पूर्वमा साङखोला ८ नंंको साथ पश्चिम त्यस्तै बाटो आरुखोला ६ नं. वडा उत्तर त्यसैबाटो ८ नंं वडाको शारादा मन्दिर मा.वि. खर्क चौर दक्षिण सतौ रजस्थल पु.व.न.पा. वडा १०को साथ सो किल्ला कोइला भित्र ७ नं. वडा पर्छ। यहाँको वस्तिहरू स्वारा, दर्ुइपाखे थर, उपल्लोथर, उपल्लावारी, तल्लोथर गरी सबै ढकाल थरको मानिसहरूको वसोवास रहेको छ। यहाँका वासिन्दाहरू वडिमात्रामा शिक्षित भएकोले ज्योतिषी विद्या देखि प्राविधिक शिक्षामा पनि अग्रणि भूमिका निभाउन सफल रहेको पाइन्छ र जागीरे पेशा निजामतिमा पनि धेरैले प्रशाशनिक ठाउँ ओगट्न सफल रहेको देखिन्छ्। यस वडामा रहेको जग्गा जमीनको विवरण

  • र्सार्वजानिकमा ०.५०८० हेक्टर
  • वनजंगलले डाकेको खोल्सी सा.व.क्षेत्र १९.३९२५ हेक्टर
  • आवादीमा खेततर्फ११.७४९०
  • पाखोवारी खरवारी समेत ३६.५१८५ हेक्टर गरी जम्मा ६८.१६८० हेक्टर जग्गा बाट यो सातौ वडा ७ मा पर्दछ ।

मुख्या पेशा कृषि,फलफुल, पशुपालन, उद्योग, व्यापार र जागीर नै हो ।

वडा नं. ८[सम्पादन गर्नुहोस्]

यो जनसङ्ख्याको हिसाव तथा भौगोलिकको हिसावले पनि छैटौ नम्बरको ठूलो वडा हो। यसको पूर्वमा साङखोला ९ नं. वडाको साथ पश्चिममा आरुखोला बाटो ६ नं वडाको साथ तथा तलटारीको खोल्सा ५ नं वडाको साथ यस वडाको शारादा मन्दिर मा.वि. खर्कमा पर्दछ। यहाँको वस्ति गाँउ ठूलीखोरिया, रयालर्चौर, टारी, नहरेधरा , टिकाजा, लाम्पाटा, कामीगाँउ गरी विभिन्न टोल विभाजन भएका छन्। ढकाल, सुनार, कामी, वराल, अधिकारी, लामिछाने, सापकोटा, र पौडेल थरका मानिसको वसोवास रहेको छ। सबै वडामा भन्दा वहुजात र थर भएको वडा हो। यसको क्षेत्रफल जग्गा अनुसार

  • पर्तिगौचर १.४२८० हेक्टर
  • वनजंगल जुकेपानी सा.व. ५ं३४६० हेक्टर
  • आवादीमा खेत २४.२६१० हेक्टर
  • पाखेवारी खरवारी गरी ४२.३८२५ हेक्टर गरी जम्मा ७३ हेक्टर ४१,७५ व.मि. रहेको दृखिन्छ ।

यस वडाको २ ठाउँमा आँधिखोलामा झोलुङ्गे पुल पर्दछन्। र तलटारी बाटो नेर एक ढाँठी रहेको छ। मुख्य पेशा खेतीपाती, पशुपालन, फलफुल, खेती गर्नु हो भने सरकारी सेवा निजामति प्रशासन र प्राविधिक सेवामा पनि उत्तिकै अग्रसरता हासिल गर्न कार्यमा तल्लीन रहेका छन्।

वडा नं. ९[सम्पादन गर्नुहोस्]

जनसंखयाले सबैभन्दा सानो क्षेत्रफलको हिसावले आडौ नम्बरमा पर्दछ। यसको पर्ूवमा चिसापनी खोल्सा, पु.व.न.पा.को साथ पश्चिम साङखोला ७र ८ वडाको साथ उत्तर आँधिखोला पु.व.न.पा.को साथ दक्षिण पनि पु.व.न.पा.को साथ दक्षिण पनि पु.व.न.पा. कै साथ पर्छ। यस वडामा ३ थर मात्रको वसोवास रहेको पाइन्छ। ढकाल र आचार्य गरी दर्ुइ थर र एक दमै ३ नं. वडाबाट वर्साई सारी घरवास जग्गा जमीन थलो जोडि वसेका छन्। यो वडाको सबै ठाउँ वरपिप्ले नामले प्रख्यात छ। यहाँ १ प्रा.वि. वरपिप्लेमा शिशु कक्षा बाट सञ्चालन शुरु भै प्रा.वि. चालु भैरहेको छ। मुख्या पेशा खेतीबाली, पशुपालन र फलफुल खेती गर्नेए गर्दछन्। जग्गा जमीनको विवरण यस प्रकार छ।

  • र्सार्वजानिक बाटो, कुलो तथा भाल्सिनि डाँडा भन्ने सा.व. जंगल ११.२८७० हेकटर
  • आवादी खेत २३.१२३० हेक्टर
  • पाखोवारी खरवारी गरी ३७.५७८५ हेक्टर गरी जम्मा ६४.९८८५ हेक्टर १२७६ रोपनि १२ आना २ पैसा ० दाम भएको देखिन्छ ।

जग्गा जमीनको मापदण्डलाई थाहा पाउनको निमित्त आवश्यक डाटाहरूको तालिका निम्ननुसार प्रस्तुत गरिएको छ। जुन यन्त्रीक मेजरमेन्ट अनुसारको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१३ मिति
  2. नेपालको संभावित वनस्पती को मानचित्र - वन विज्ञान कृषि विज्ञान तथा जैविक विविधता वर्गीकरण प्रणाली, वन र ल्याण्डस्केप विकास र पर्यावरण शृङ्खला २-२००५ र CFC-TIS दस्तावेज शृङ्खला नं.११०, २००५, आइएसबिएन 87-7803-210-9, अन्तिम पहुँच Nov २२, २०१३  वेब्याक मेसिन अभिलेखिकरण डिसेम्बर ३, २०१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


परशुराम अधिकारी फापरथुम ८ 9846043612 हाल जिविस सूचना शाखा