वाङसिङ देउराली
बाङसिङ देउराली
Bangsing Deurali | |
---|---|
![]() | |
देश | ![]() |
अञ्चल | गण्डकी अञ्चल |
जिल्ला | स्याङ्जा जिल्ला |
जनसङ्ख्या (बि. सं. २०६८) | |
• जम्मा | २,३७४[१] |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
पोष्टलकोड | ३३८०७[२] |
क्षेत्रीय सङ्केत | ०६३ |
बाङसिङ देउराली नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाउँ विकास समिति हो। मुख्यतया बाहुन, क्षेत्री, दमाई, कामी र सार्की जातिको बसोबास रहेको यो गाउँ दुईतिरबाट सामुदायिक वनले घेरिएको छ । पर्यटकीय क्षेत्र पञ्चासे र डहरे देउरालीको काखमा अवस्थित यस गाविसको छिमेकमा बाँगेफड्के , कास्कीको भदौरे तामागी, पर्वतको आर्थर का साथै विचारी चौतारा, चिलाउनेवास र सेतीदोभान गाविस रहेका छन ।
शिक्षा[सम्पादन गर्नुहोस्]
यातायात[सम्पादन गर्नुहोस्]
वाङसिङ देउराली गाविस पुग्नका लागि सिद्दार्थ राजमार्गको फेदीखोला गाविस अन्तर्गत खड्केटारीबाट भाटखोला,बाँगेफड्के गाविस पार गरेर एक पर्यटकीय सडक प्रयोग गर्न सकिन्छ । यसका साथै सिद्दार्थ राजमार्गको पुतलीबजार नगरपालिका अन्तर्गत नौडाँडाबाट नौडाँडा कार्कीनेटा सडकखण्डबाट सेतीदोभान गाविसलाई पार गरेर पनि उक्त स्थान पुग्न सकिन्छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "नेपाल पोष्टल कोड", nepalpost.gov.np, Nepal Post, अन्तिम पहुँच ३० डिसेम्बर २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]
![]() |
नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |