सामग्रीमा जानुहोस्

फेदीखोला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फेदीखोला
शीर्ष बायाँ देखि दाँया
फेदीखोला गाउँपालिकाका विभिन्न मनोरम दृष्यहरू र फेदीखोला गाउँ कार्यपालिकाको कार्यालय
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
वडा सङ्ख्या
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
  प्रकारस्थानीय तह
  अध्यक्षघनश्‍याम सुवेदी नेकपा (एमाले)
  उपाध्यक्षदेउकुमारी गुरुङ नेकपा (एमाले)
क्षेत्रफल
  जम्मा५६.७३ किमी (२१.९০ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा१०,८९९
  घनत्व१९०/किमी (५००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविक फेदीखोला गाविसको कार्यालय
वेबसाइटphedikholamun.gov.np

फेदीखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो।[] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्कफेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदीखोला गाउँपालिका घोषणा गरिएको थियो।[][]

परिचय

[सम्पादन]

पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो। स्याङ्जाको स्वागतद्वारको रूपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रूपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ । रामकोट, बाँगेफड्केमा सञ्चालित होमस्टेले ग्रामीण साँस्कृतिक परिवेशलाई जीवन्तता दिएको छ भने साँस्कृतिक पर्यटनमा महत्त्वपूर्ण टेवा पुर्‍याएको छ।

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार फेदीखोला गाउँपालिकाको कुल जनसङ्ख्या १०,८९९ रहेको छ भने यहाँ ३,१६५ घरधुरी रहेका छन्।[]

फेदिखोला गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
फेदीखोला (४-६, ८-९)२,२८६९.७५२३४.४६
फेदीखोला (१-३, ७) र आरुखर्क (९)४,०४५१३.९४२९०.१७
भाटखोला१,३३५५.०१२६६.४७
आरुखर्क (१-८)२,४८८१९.१३१३०.०६
बाङ्गेफड्के७४५८.९८३.७१
कुल१०,८९९५६.७३१९२.१२

भू-वनोट

[सम्पादन]

फेदीखोला गाउँपालिकामा ५ वडाहरू रहेका छन् । फेदीखोलाको कुल क्षेत्रफल ५६.७३ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला पर्दछ भने पश्चिममा आँधीखोला गाउँपालिका छ। यसको उत्तरी भागमा कास्की जिल्ला क्षेत्रमा पुतलीबजार नगरपालिकाआँधीखोला गाउँपालिका पर्दछन् ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  2. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  3. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३
  4. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  5. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  6. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]