फेदीखोला गाउँपालिका
फेदीखोला | |
---|---|
शीर्ष बायाँ देखि दाँया फेदीखोला गाउँपालिकाका विभिन्न मनोरम दृष्यहरू र फेदीखोला गाउँ कार्यपालिकाको कार्यालय | |
देश | ![]() |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | स्याङ्जा जिल्ला |
वडा संख्या | ५ |
स्थापना | २०७३ साल फाल्गुन २७ गते |
सरकार | |
• मेयर | घनश्याम सुवेदी[१] (एमाले) |
क्षेत्रफल | |
• जम्मा | ७३.५१ किमी२ (२८.३८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | २१,७२८ |
• घनत्व | ३००/किमी२ (७७०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६३ |
केन्द्र | साविकको फेदीखोला गाविसको कार्यालय |
वेबसाइट | phedikholamun |
फेदीखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदीखोला गाउँपालिका घोषणा गरिएको हो ।[३][४]
परिचय[सम्पादन गर्नुहोस्]
पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रूपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रूपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ । रामकोट, बाँगेफड्केमा सञ्चालित होमस्टेले ग्रामीण साँस्कृतिक परिवेशलाई जीवन्तता दिएको छ भने साँस्कृतिक पर्यटनमा महत्त्वपूर्ण टेवा पुर्याएको छ । निकट भविष्यमा सञ्चालन हुने बन्जीजम्फिङ तथा ट्रेक्किङका नयाँ रुटहरूले पर्यटनमा थप उत्साह सृजना गर्नेछ ।
जनसङ्ख्या[सम्पादन गर्नुहोस्]
गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्क र फेदीखोला गाविसहरूलाई मिलाएर फेदीखोला गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर फेदीखोला गाउँपालिकाको जनसङ्ख्या १२,३४१ रहेको छ ।[५][६]
भू-वनोट[सम्पादन गर्नुहोस्]
फेदीखोला गाउँपालिकामा ५ वडाहरू रहेका छन् । फेदीखोलाको कुल क्षेत्रफल ५६.७३ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला पर्दछ भने पश्चिममा आँधीखोला गाउँपालिका छ। यसको उत्तरी भागमा कास्की जिल्ला क्षेत्रमा पुतलीबजार नगरपालिका र आँधीखोला गाउँपालिका पर्दछन् ।[७]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४।
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
- ↑ काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
- ↑ "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५।
- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।