अर्जुनचौपारी गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अर्जुनचौपारी
Arjun Chaupari (8).jpg
Arjun Chaupari (4).jpg
Arjun Chaupari (7).jpg
Arjun Chaupari (5).jpg
Arjun Chaupari (6).jpg
Arjun Chaupari (3).jpg
अर्जुनचौपारी गाउँपालिकाका मनमोहक दृश्यहरू
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारस्थानीय तह
 • मेयरदीर्घनारायण अर्याल[१] (नेपाली काँग्रेस)
 • अधिकृत-
क्षेत्रफल
 • जम्मा५७.२२ किमी (२२.०९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१६,१७६
 • घनत्व२८०/किमी (७३०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-६३
केन्द्रसाविकको अर्जुनचौपारी गाविसको कार्यालय
वेबसाइटarjunchauparimun.gov.np

अर्जुनचौपारी स्याङ्जा जिल्लाको उत्तर-पश्चिम भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाउँ विकास समितिहरूलाई समेटेर अर्जुनचौपारी गाउँपालिका घोषणा गरिएको हो।[३][४]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

प्रदेश नं. ४ स्थित स्याङ्जा जिल्लामा अर्जुनचौपारी, रापाकोट, पञ्चमुलका (३,७) वडाहरू, आरुचौरदरौ गाविसहरूलाई मिलाएर अर्जुनचौपारी गाउँपालिका बनाइएको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर अर्जुनचौपारी गाउँपालिकाको जनसङ्ख्या १६,१७६ रहेको छ।[५][६]

भू-वनोट[सम्पादन गर्नुहोस्]

अर्जुनचौपारी गाउँपालिकामा ६ वडाहरू रहेका छन। अर्जुनचौपारीको कुल क्षेत्रफल ५७.२२ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा पुतलीबजार नगरपालिका पर्दछ भने पश्चिममा पर्वत जिल्ला छ। यसको उत्तरी भागमा आँधिखोला गाउँपालिका छ भने दक्षिणी क्षेत्रमा भीरकोट नगरपालिका पर्दछ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ 
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  7. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]