अर्जुनचौपारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
अर्जुनचौपारी
—  गाउँ विकास समिति  —
SyangjaMap.pngस्याङ्गजा जिल्लाको नक्शामा अर्जुनचौपारी
निर्देशाङ्क (अर्जुनचौपारी): २८°४′५०″ उत्तर ८३°४५′३५″ पूर्व / २८.०८०५६° उत्तर ८३.७५९७२° पूर्व / 28.08056; 83.75972निर्देशाङ्क: २८°४′५०″ उत्तर ८३°४५′३५″ पूर्व / २८.०८०५६° उत्तर ८३.७५९७२° पूर्व / 28.08056; 83.75972
देश  नेपाल
विकास क्षेत्र पश्चिमाञ्चल
अञ्चल गण्डकी अञ्चल
जिल्ला स्याङ्जा जिल्ला
क्षेत्रफल
 - जम्मा १९.२६ किमी (७.४ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ६,३०७
 जनघनत्व ३२७.५/किमी (८४८.१/वर्ग मी)
 - जातीयता ब्राह्मण, क्षेत्री, मगर, गुरुङ, नेवार
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)

अर्जुनचौपारी नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाँउ विकास समिति हो।[१][२] यो गाउँ विकास समिति जिल्ला सदरमुकाम देखि करिब १० कि.मि. पश्चिममा अवस्थित छ। यो गाविसको अक्षांसीय स्थिति २८ डिग्री १६ मिनेट उत्तरदेखि २८ डिग्री २२ मिनेट उत्तर र देशान्तरीय स्थिति ८३ डिग्री ५३ मिनेट पूर्वदेखि ८३ डिग्री ७९ मिनेट पूर्वसम्म रहेको छ। यो गाविसको भौगोलिक धरातल समुद्र सतहदेखि न्यूनतम ६०० मिटर र अधिकतम १९४५ मिटरसम्म वितरित छ। यस गाविसको पूर्वमा पुतलीबजार नगरपालिका, पश्चिममा ढापुक सिमलभञ्ज्याङ गाविस, उत्तरमा सतौदरौंरापाकोट गाविस र दक्षिणमा खिलुङ देउराली गाविस पर्दछन्। यस गाविसको क्षेत्रफल करिब २० वर्ग कि.मि. रहेको छ। अर्जुनचौपारी गाविसको जनसङ्ख्या ६,३०७ रहेको छ।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "नेपाल सरकार स्थानिय विकास मन्त्रालय", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 
  2. "अर्जुनचौपारी गाविस (संक्षिप्त परिचय)", मेरो स्याङ्जा डटकम, १६ बैशाख, २०६७, अन्तिम पहुँच १६ बैशाख 
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 

बाहिरी कडीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]