फेदीखोला गाउँपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(फेदीखोला बाट पठाईएको)
Jump to navigation Jump to search
फेदीखोला
Phedikhola (1).jpg
Phedikhola.jpg
Phedikhola (3).jpg
Phedikhola (5).jpg
Phedikhola (4).jpg
View Phedikhola Syangja Nepal.jpg
शीर्ष बायाँ देखि दाँया
फेदीखोला गाउँपालिकाका विभिन्न मनोरम दृष्यहरू र फेदीखोला गाउँ कार्यपालिकाको कार्यालय
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
वडा संख्या
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • मेयरघनश्याम सुवेदी[१] (एमाले)
क्षेत्रफल
 • जम्मा७३.५१ किमी (२८.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,७२८
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-६३
केन्द्रसाविकको फेदीखोला गाविसको कार्यालय
वेबसाइटphedikholamun.gov.np

फेदीखोला स्याङ्जा जिल्लाको उत्तर क्षेत्रमा फैलिएको एक गाउँपालिका हो ।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्कफेदीखोला गाउँ विकास समितिहरूलाई समेटेर फेदीखोला गाउँपालिका घोषणा गरिएको हो ।[३][४]

परिचय[सम्पादन गर्ने]

पोखरा महानगरपालिकासंग सिमा जोडिएको फेदीखोला गाउँपालिका गण्डकी प्रदेश को राजधानी पोखरादेखि सबैभन्दा नजिकको गाउँपालिका हो । स्याङ्जाको स्वागतद्वारको रुपमा चिनिएको यस गाउँपालिकाले देशको प्रमुख राजमार्ग सिद्धार्थ राजमार्गलाई समेटेको छ । प्राकृतिक, सांस्कृतिक एवम् जैविक विविधताले भरिपूर्ण यस गाउँपालिकाले धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक पर्यटनको भरपूर सम्भावना बोकेको छ । विश्वकै ध्यान तान्न सफल राष्ट्रिय गौरवको आयोजना गोर्खा स्मारक पार्कदेखि यस गाउँपालिकाका भालुपहाड, बडाचौर, साल्मेडाँडा रामकोट, सिरान्चुली बागे, पञ्चासे राष्ट्रियस्तरमा सुपरिचित पर्यटकीय स्थान हुन् । पुरातात्विक धार्मिक पहिचानका रुपमा कालाभैरव नुवाकोट, आरुखर्क दरबार, राम्चेदेवी, शिवालय, बौद्धगुम्बा गाउँपालिकाका गौरव हुन् । हाडीखोर दमाहाढुंगा, नुवाकोट, मट्टिखानबाट सञ्चालित प्याराग्लाइडिङ्ग आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र रहेको छ । रामकोट, बाँगेफड्केमा सञ्चालित होमस्टेले ग्रामीण साँस्कृतिक परिवेशलाई जीवन्तता दिएको छ भने साँस्कृतिक पर्यटनमा महत्वपूर्ण टेवा पुर्याएको छ । निकट भविष्यमा सञ्चालन हुने बन्जीजम्फिङ तथा ट्रेक्किङका नयाँ रुटहरुले पर्यटनमा थप उत्साह सृजना गर्नेछ ।

जनसङ्ख्या[सम्पादन गर्ने]

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा बाङ्गेफड्के, भाटखोला, आरुखर्कफेदीखोला गाविसहरूलाई मिलाएर फेदीखोला गाउँपालिका बनाइएको हो । त्यसैले राष्ट्रिय जनगणना २०६८का अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर फेदीखोला गाउँपालिकाको जनसङ्ख्या १२,३४१ रहेको छ ।[५][६]

भू-वनोट[सम्पादन गर्ने]

फेदीखोला गाउँपालिकामा ५ वडाहरू रहेका छन् । फेदीखोलाको कुल क्षेत्रफल ५६.७३ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा कास्की जिल्ला पर्दछ भने पश्चिममा आँधीखोला गाउँपालिका छ। यसको उत्तरी भागमा कास्की जिल्ला क्षेत्रमा पुतलीबजार नगरपालिकाआँधीखोला गाउँपालिका पर्दछन् ।[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ 
  2. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३ 
  5. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  6. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  7. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]