वालिङ नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वालिङ
आँधिखोलाको किनारमा रहेको वालिङ बजार
आँधिखोलाको किनारमा रहेको वालिङ बजार
वालिङ is located in वालिङ नगरपालिका
वालिङ
वालिङ
वालिङ नगरपालिका
वालिङ is located in स्याङ्जा जिल्ला
वालिङ
वालिङ
वालिङ (स्याङ्जा जिल्ला)
वालिङ is located in गण्डकी प्रदेश
वालिङ
वालिङ
वालिङ (गण्डकी प्रदेश)
वालिङ is located in नेपाल
वालिङ
वालिङ
वालिङ (नेपाल)
निर्देशाङ्क: २७°५९′२०″उ॰ ८३°४६′३″पू॰ / २७.९८८८९°N ८३.७६७५०°E / 27.98889; 83.76750निर्देशाङ्कहरू: २७°५९′२०″उ॰ ८३°४६′३″पू॰ / २७.९८८८९°N ८३.७६७५०°E / 27.98889; 83.76750
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
साक्षरतावृद्धि ८१.७१५% उच्च
जनसङ्ख्या वृद्धिदरवृद्धि १.७५% उच्च
नगरपालिकावि.सं. २०५३ माघ ११[१]
समावेश (गाविस)वालिङ, धनुवाशे, र पेखु वागखोर
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दी (१,४-६), तिनदोबाटे (२-५), मल्याङकोट (४), कालिकाकोट (१,२,९), सिर्सेकोट, पेलाकोट (५,६), स्वरेक (२-४,८) र माझकोट शिवालय
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • प्रकारस्थानीय तह
 • मेयरदीलीपप्रताप खाँड[२] (नेपाली काँग्रेस)
 • अधिकृतभीमकान्त पौडेल[३]
क्षेत्रफल
 • जम्मा१२८.४० किमी (४९.५८ वर्ग माइल)
उच्चतम उचाई
१,५९६ मिटर (५,२३६ फिट)
न्यूनतम उचाई
७३१ मिटर (२,३९८ फिट)
जनसङ्ख्या
 • जम्मा५१,१४३
 • घनत्व४००/किमी (१,०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-६३
केन्द्रवालिङ कार्यालय
वेबसाइटवालिङ नगरपालिका

वालिङ नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने मुख्य वाणिज्य केन्द्र तथा नगरपालिका हो।[४] वालिङ नगरपालिका, जिल्ला सदरमुकाम पुतलीबजारबाट २० किलोमिटर टाढा रहेको छ। साविकको वालिङ, धनुवासे र पेखुबाघखोर गाउँ विकास समितिगाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। वि.सं. २०७३ साल फाल्गुनमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मा साविकको वालिङ नगरपालिका, एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दीको (१,४-६) वडाहरू, तिनदोबाटेको (२-५) वडाहरू, मल्याङकोटको वडा नं. ४, कालिकाकोटको (१,२,९) वडाहरू, सिर्सेकोट, पेलाकोटको (५,६) वडाहरू, स्वरेकको (२-४,८) वडाहरू र माझकोट शिवालय गाउँ विकास समितिहरूलाई समेटेर वालिङ नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो।[५] [६] जिल्लाकै मध्यभागमा रहेको यस नगरपालिकाको मध्य भागबाट ऐतिहासिक खोला आँधिखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ राजमार्गले काटेर गएको छ। नक्साको आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुद्र सतहबाट ७३१ मिटर देखि १,५९६ मिटर उचाइसम्म रहेको छ। वालिङ नगरपालिकामा १४ वडाहरू रहेका छन्।[७]

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा रहेको यस नगरपालिकामा नेपालको नयाँ प्रादेशिक संरचना कायम हुँदा साविकको नगर क्षेत्र, एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दीको (१,४-६) वडाहरू, तिनदोबाटेको (२-५) वडाहरू, मल्याङकोटको वडा नं. ४, कालिकाकोटको (१,२,९) वडाहरू, सिर्सेकोट, पेलाकोटको (५,६) वडाहरू, स्वरेकको (२-४,८) वडाहरू र माझकोट शिवालय गाविसहरूलाई मिलाइएको हो। नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार यी ठाउँहरूको जनसङ्ख्यालाई जोडेर वालिङ नगरपालिकाको कुल जनसङ्ख्या ५१,१४३ रहेको छ।[८][९]

स्मार्ट वालिङ[सम्पादन गर्नुहोस्]

वालिङलाई 'स्मार्ट वालिङ' बनाउन १९ बिषयलाई लिएर अगाडि बढाइएको छ। स्मार्ट वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रङ छानिएको छ। यसै सँगै अहिले वालिङलाई गुलाबी बनाउने ३०% जति कार्य सकिएको छ।[१०]

पोलिटेक्निकल कलेज निर्माण, नदि-नाला संरक्षण, फोहोर व्यवस्थापन, चर्पी तथा सेप्टिक ट्याङ्क निर्माण, अनलाइन बिल भुक्तानी, वालिङलाई ८५% गुलाबी बनाउने जस्ता अन्य थुप्रै कार्य भइरहेको छ।[११]

प्रमख नदी तथा खोलाहरू[सम्पादन गर्नुहोस्]

यस नगरपालिकाको प्रमुख नदी तथा खोलाहरूमा आँधिखोला, अर्मादीखोला, मिर्दिखोला, बाँयखोला र च्याङदीखोला रहेका छन्।

सूचना तथा सञ्चार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ 
  3. "नगर प्रमुख एवं कार्यकारी अधिकृत", वालिङ नगरपालिका, वालिङ नगरपालिका, अन्तिम पहुँच १० जेठ २०७४ 
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर 
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  6. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  7. "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३, अन्तिम पहुँच २७ फाल्गुन २०७३ 
  8. "सात प्रदेशको नयाँ नेपाल", अनलाइनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  9. "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, २०७२ मंसिर २४, अन्तिम पहुँच २०७२ मंसिर २४ 
  10. के हो स्मार्ट सिटी (Smart City ) ? कसरी बन्दै छ वालिंङ् स्मार्ट सिटी ?
  11. स्मार्ट वालिङ

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]