सामग्रीमा जानुहोस्

वालिङ नगरपालिका

वालिङ
आँधिखोलाको किनारमा रहेको वालिङ बजारको अवस्थिति
आँधिखोलाको किनारमा रहेको वालिङ बजार
वालिङ वालिङ नगरपालिका-को अवस्थिति
वालिङ
वालिङ
वालिङ नगरपालिका
वालिङ स्याङ्जा जिल्ला-को अवस्थिति
वालिङ
वालिङ
वालिङ नगरपालिका
वालिङ गण्डकी प्रदेश-को अवस्थिति
वालिङ
वालिङ
वालिङ नगरपालिका
वालिङ नेपाल-को अवस्थिति
वालिङ
वालिङ
वालिङ नगरपालिका
निर्देशाङ्क: २७°५९′२०″ उत्तर ८३°४६′३″ पूर्व / २७.९८८८९° उत्तर ८३.७६७५०° पूर्व / 27.98889; 83.76750
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लास्याङ्जा जिल्ला
साक्षरता ८१.७१५% उच्च
जनसङ्ख्या वृद्धिदर १.७५% उच्च
नगरपालिकावि.सं. २०५३ माघ ११[]
समावेश (गाविस)वालिङ, धनुवाशे, र पेखु वागखोर
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दी (१,४-६), तीनदोबाटे (२-५), मल्याङकोट (४), कालिकाकोट (१,२,९), सिर्सेकोट, पेलाकोट (५,६), स्वरेक (२-४,८) र माझकोट शिवालय
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
  प्रकारस्थानीय तह
  नगरप्रमुखकृष्ण खाँण (नेकपा (एमाले))
  उपप्रमुखकविता तिवारी (नेपाली काङ्ग्रेस)
क्षेत्रफल
  जम्मा१२८.४० किमी (४९.५८ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा५०,४८८
  घनत्व३९०/किमी (१०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
वेबसाइटवालिङ नगरपालिका

वालिङ नेपालको गण्डकी प्रदेशमा रहेको स्याङ्जा जिल्लाको मध्य क्षेत्रमा फैलिएको, आँधिखोलाको किनारमा पर्ने मुख्य वाणिज्य केन्द्र तथा नगरपालिका हो।[] वालिङ नगरपालिका, जिल्ला सदरमुकाम पुतलीबजारबाट २० किलोमिटर टाढा रहेको छ। साविकको वालिङ, धनुवासे र पेखुबाघखोर गाउँ विकास समितिगाविसलाई गाभेर वि.सं. २०५३ माघ ११ गते यस नगरपालिकाको गठन भएको थियो। वि.सं. २०७३ साल फाल्गुनमा नेपालको नयाँ प्रादेशिक संरचना कायम गर्दा स्याङ्जा जिल्लामा मा साविकको वालिङ नगरपालिका, एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दीको (१,४-६) वडाहरू, तीनदोबाटेको (२-५) वडाहरू, मल्याङकोटको वडा नं. ४, कालिकाकोटको (१,२,९) वडाहरू, सिर्सेकोट, पेलाकोटको (५,६) वडाहरू, स्वरेकको (२-४,८) वडाहरू र माझकोट शिवालय गाउँ विकास समितिहरूलाई समेटेर वालिङ नगरपालिकाको क्षेत्र विस्तार गरिएको हो।[] [] जिल्लाकै मध्यभागमा रहेको यस नगरपालिकाको मध्य भागबाट ऐतिहासिक खोला आँधिखोला बगेको छ भने पर्यटकीय नगरी पोखरा र ऐतिहासिक स्थल लुम्बिनीलाई जोड्ने राष्ट्रिय राजमार्ग सिद्धार्थ राजमार्गले काटेर गएको छ। नक्साको आकार हेर्दा चरा जस्तो देखिने वालिङ नगरपालिका समुद्र सतहबाट ७३१ मिटर देखि १,५९६ मिटर उचाइसम्म रहेको छ। वालिङ नगरपालिकामा १४ वडाहरू रहेका छन्।[]

जनसङ्ख्या

[सम्पादन]

गण्डकी प्रदेश स्थित स्याङ्जा जिल्लामा रहेको यस नगरपालिकामा नेपालको नयाँ प्रादेशिक संरचना कायम हुँदा साविकको नगर क्षेत्र, एलादी, केवारे भञ्ज्याङ, जगत भञ्ज्याङ, छाङछाङ्दीको (१,४-६) वडाहरू, तीनदोबाटेको (२-५) वडाहरू, मल्याङकोटको वडा नं. ४, कालिकाकोटको (१,२,९) वडाहरू, सिर्सेकोट, पेलाकोटको (५,६) वडाहरू, स्वरेकको (२-४,८) वडाहरू र माझकोट शिवालय गाविसहरूलाई मिलाइएको हो। राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार वालिङ नगरपालिकाको कुल जनसङ्ख्या ५०,४८८ रहेको छ भने यहाँ १३,४२४ घरधुरी रहेका छन्।[]


वालिङ नगरपालिकाको वडागत तथ्याङ्क
नयाँ वडासमावेश गाविसहरूजनसङ्ख्याक्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
वालिङ (८) र छाङछाङ्दी (४)४,००६३९.९४१००.३०
वालिङ (७) र छाङछाङ्दी (१, ५, ६)२,२४६४.४३५०७.००
माझकोट शिवालय१,२६१७.४६१६९.०३
एलादीमल्याङकोट (४)१,८९८११.७१६२.२२
जगत भञ्ज्याङ (२–९)२,५७४८.०७३१८.९६
वालिङ (५, ६) र जगत भञ्ज्याङ (१)३,१८४६.७१४७४.५२
केवारे भञ्ज्याङ (१–७)२,०७३१०.२३२०२.६४
वालिङ (३, ४) र केवारे भञ्ज्याङ (८, ९)६,२४२११.०५५६४.८९
वालिङ (१, ९)८,५६६३.५६२४०६.१८
१०वालिङ (२) र तीनदोबाटे (२–४)४,०६७७.७४५२५.४५
११वालिङ (११) र स्वरेक (२–४, ८)२,८०४९.७५२८७.५९
१२सिर्सेकोट (१–९)२,६२६१२.६३२०७.९२
१३थुमपोखरा (१–४), तीनदोबाटे (५) र पेलाकोट (५, ६)४,३७९१३.१६३३२.७५
१४वालिङ (१०), थुमपोखरा (५–९) र कालिकाकोट (१, २, ९)४,५६२१७.९८२५३.७३
जम्मा५०,४८८१६४.४१३०७.०८

स्मार्ट वालिङ

[सम्पादन]

वालिङलाई 'स्मार्ट वालिङ' बनाउन १९ बिषयलाई लिएर अगाडि बढाइएको छ। स्मार्ट वालिङलाई प्रतिनिधित्व गर्न गुलाबी रङ छानिएको छ। यसै सँगै अहिले वालिङलाई गुलाबी बनाउने ३०% जति कार्य सकिएको छ।[]

पोलिटेक्निकल कलेज निर्माण, नदी-नाला संरक्षण, फोहोर व्यवस्थापन, चर्पी तथा सेप्टिक ट्याङ्क निर्माण, अनलाइन बिल भुक्तानी, वालिङलाई ८५% गुलाबी बनाउने जस्ता अन्य थुप्रै कार्य भइरहेको छ।[]

प्रमख नदी तथा खोलाहरू

[सम्पादन]

यस नगरपालिकाको प्रमुख नदी तथा खोलाहरूमा आँधिखोला, अर्मादीखोला, मिर्दिखोला, बाँयखोला र च्याङदीखोला रहेका छन्।


सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२
  2. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१
  3. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर अभिलेखिकरण २०१७-०५-०६ वेब्याक मेसिन
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ अभिलेखिकरण २०१७-०५-१८ वेब्याक मेसिन
  6. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०३-१२ वेब्याक मेसिन
  7. "७ सय ४४ स्थानीय तह कार्यान्वयनमा", कान्तिपुर दैनिक, २७ फाल्गुन २०७३, अन्तिम पहुँच २७ फाल्गुन २०७३ अभिलेखिकरण २०१७-०५-०१ वेब्याक मेसिन
  8. के हो स्मार्ट सिटी (Smart City ) ? कसरी बन्दै छ वालिंङ् स्मार्ट सिटी ?[स्थायी मृत कडी]
  9. स्मार्ट वालिङ अभिलेखिकरण २०१८-०८-३१ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन]