राजमार्ग

राजमार्ग (अङ्ग्रेजी: Highway "हाइवे") कुनै सार्वजनिक सडक या कुनै अन्य सडक पनि हुन सक्छ। राजमार्गमा मुख्य सडकहरू वा अन्य महत्त्वपूर्ण सडकहरूलाई सामेल गरिन्छ। महत्त्वपूर्ण राजमार्गहरूलाई सरकार द्वारा एउटा नाम र मार्ग संख्या दिईन्छ जसलाई विशिष्ठरूपमा सरकार द्वारा विकसित गरिन्छ र त्यसको रख-रखाव गरिन्छ। राजमार्गहरू धेरै तहका हुन सक्छन। जस्तै राष्ट्रिय राजमार्ग, प्रान्तीय राजमार्ग, द्रुतगति राजमार्ग आदी। नेपालमा पूर्व-पश्चिम राजमार्ग (महेन्द्र राजमार्ग) सबै भन्दा लामो दूरीको राजमार्ग हो, जसको लम्बाई १०२४ किमी रहेको छ जो पूर्व नेपालको मेचीनगर देखि पश्चिमको भीमदत्त सम्म फैलिएको छ।