सामग्रीमा जानुहोस्

बिरुवा गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिरुवा
शीर्ष बायाँ देखि दाँया
बिरुवा बजार, बिरुवा गबुडाँडा, गबुडाँडा, एक बस्ती, कार्की डाँडा, पुरातन मन्दिर, वडा नं. ७ मनकामना मन्दिर परिसरबाट देखिएको मनोरम दृष्य र विद्यालय
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • प्रकारस्थानीय तह
 • नगरप्रमुखसूर्यबहादुर कुँवर नेकपा (एमाले)
 • उपप्रमुखभगवती शर्मा नेकपा (एमाले)
क्षेत्रफल
 • जम्मा९५.७९ किमी२ (३६.९८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा१४,००१
 • घनत्व१५०/किमी२ (३८०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६३
केन्द्रसाविक विरुवा अर्चले गाविसको कार्यालय
वेबसाइटbiruwamun.gov.np

बिरुवा स्याङ्जा जिल्लाको मध्य पूर्वी भागमा फैलिएको एक गाउँपालिका हो।[२] विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा विरुवा अर्चले, राङभाङका (४,८) वडाहरू, पेल्काचौरका (३,९) वडाहरू, ओरस्टे, चिन्नेबासका (१-६) वडाहरू, किचनासका (१-५,७) वडाहरू र मनकामना गाउँ विकास समितिहरूलाई समेटेर बिरुवा गाउँपालिका घोषणा गरिएको थियो।[३]

जनसङ्ख्या

[सम्पादन]

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बिरुवा गाउँपालिकाको कुल जनसङ्ख्या १४,००१ रहेको छ भने यहाँ ३,९५४ घरधुरी रहेका छन्।[१]

बिरुवा गाउँपालिकाको वडा विवरण
वडा नं.समावेश साविकका गाविसहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (प्रति व.कि.मी.)
१विरुवा अर्चले (६-९) र किचनास (२)१,८२९५.९१३०९.४८
२विरुवा अर्चले (१-५) र पेल्काचौर (३, ९)१,२९४११.५३११२.२३
३राङभाङ (४-८)१,२८८५.५२२३३.३३
४ओरस्टे२,६६९१५.४९१७२.३०
५किचनास (१, ३-५, ७)१,४९९१०.८७१३७.९०
६चिन्नेबास (१-६)२,०८८२३.६९८८.१४
७मनकामना (१-२, ५,७)१,७२८९.४४१८३.०५
८मनकामना (३-४, ६, ८-९)१,६०६१३.३७१२०.१२
कुल१४,००१९५.७९१४६.१६

भू-वनोट

[सम्पादन]

बिरुवा गाउँपालिकामा ८ वडाहरू रहेका छन। बिरुवाको कुल क्षेत्रफल ९५.७९ वर्ग किमी छ। यो गाउँपालिकाको पूर्वमा हरिनास गाउँपालिका र तनहुँ जिल्ला पर्दछन् भने पश्चिममा वालिङ नगरपालिका र भीरकोट नगरपालिका छ। यसको उत्तरी भागमा पुतलीबजार नगरपालिका छ भने दक्षिणी क्षेत्रमा चापाकोट नगरपालिका पर्दछ।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
  2. ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
  3. ↑ "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, मूलबाट २०१७-०५-१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ फाल्गुण २०७३।
  4. ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, मूलबाट २०१७-०३-१२-मा सङ्ग्रहित, अन्तिम पहुँच फाल्गुन २०७३।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]