कालीगण्डकी गाउँपालिका, स्याङ्जा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कालिगण्डकी
Kaligandaki mirmi.png
Kaligandaki gaupalika.png
Aalamdevi.png
Kaligandaki and aadhi khola river.jpg
शीर्ष बायाँ देखि दाँया
गाउँपालिका, आलम देवी, विर्घा अर्चलेकालीगण्डकी जलविद्युत आयोजना
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लास्याङ्जा जिल्ला
स्थापना२०७३ साल फाल्गुन २७ गते
सरकार
 • मेयरखिमबहादुर थापा[१] (एमाले)
क्षेत्रफल
 • जम्मा७३.५१ किमी (२८.३८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा२१,७२८
 • घनत्व३००/किमी (७७०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत(हरू)+९७७-६३
केन्द्रसाविकको विर्घा अर्चले गाविसको कार्यालय
वेबसाइटkaligandakimunsyangja.gov.np

कालिगण्डकी गाउँपालिका स्याङ्जा जिल्लाको दक्षिण-पश्चिम क्षेत्रमा फैलिएको एक गाउँपालिका हो । विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा चण्डी भञ्ज्याङ, आलमदेवी, विर्घा अर्चलेश्री कृष्णगण्डकी गाउँ विकास समितिहरूलाई समेटेर कालिगण्डकी गाउँपालिका घोषणा गरिएको हो।[२][३] राष्ट्रिय जनगणना २०६८का अनुसार कालिगण्डकी गाउँपालिकाको जनसङ्ख्या २१,७२८ रहेको छ ।[४][५] कालिगण्डकी गाउँपालिकामा ७ वडाहरू रहेका छन् । कालिगण्डकीको कुल क्षेत्रफल ७३.५१ वर्ग किमी छ । यो गाउँपालिकाको पूर्वमा गल्याङ नगरपालिका पर्दछ भने पश्चिममा पाल्पा जिल्लागुल्मी जिल्ला छन् । यसको उत्तरी भागमा गुल्मी जिल्लादक्षिणी क्षेत्रमा पाल्पा जिल्ला पर्दछ ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "स्याङ्जाको मतगणना सकियो, कहाँ कसले जित्यो?", सेतोपाटी, ५ जेठ २०७४, अन्तिम पहुँच ५ जेठ २०७४ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  4. "सात प्रदेशको नयाँ नेपाल", अनलाईनखबर, अन्तिम पहुँच २०७१ माघ ५ 
  5. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  6. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]