पञ्चासे
जैविक विविधता, ऐतिहासिक, धार्मिकस्थल र प्राकृतिक दृश्यावलोकनका लागि कास्की, स्याङ्जा र पर्वतको सङ्गम क्षेत्रमा अवस्थित रमणीय पन्चासेलाई ग्रामीण पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास गरिँदैछ। पर्यटकीय नगरी पोखराबाट लुम्ले, काँढे-भदौरे देउरालीसम्म गाडीमा गएर त्यहाँबाट तीन/चार घण्टाको पैदलमा पन्चासे पुगिन्छ।अथवा पोखरा-लिवाडे नागडाँडा-ढिकुरपोखरी रयाले पाउँदुर हुदै भदौरे देउरालीसम्म अनि ३-४ घण्टाको पैदलमा यहाँ पुगिन्छ । लेकसाइड, फेवाताल, पामे, घाँटीछिनासम्म गाडीमा गएर सिदाने हुँदै पनि पन्चासे पुगिन्छ। पन्चासे जैविक विविधताको खानी हो। पन्चासेमा ११३ किसिमका सुनगाभा पाइन्छन्। संसारमा कहीँ नपाइने तीनथरीका सुनगाभा पन्चासेमा मात्रै पाइन्छ। पन्चासेको कुल वन क्षेत्र पाँच हजार ५०० हेक्टर मध्ये एक हजार ७०० हेक्टर सामुदायिकका रूपमा समुदायलाई हस्तान्तरण गरिएको छ भने तीन हजार ८०० हेक्टर राष्ट्रिय वनको रूपमा रहेको छ। पन्चासेमा १२ प्रकारका वन ५८९ जातिका फूल फुल्ने वनस्पति १५० औषधिजन्य जडीबुटी ८ रेसादार वनस्पति ५६ जङ्गली च्याउ ९८ उन्यू पाइन्छन्। दर्जन बढी खर्क रहेको यहाँ चराचुरुङ्गी र दुर्लभ कालो भालु सहितका वन्यजन्तु पाइन्छन्। पन्चासे वरपर गुरुङ, मगर, वाहुन, क्षेत्री, विश्वकर्मा जस्ता विविध जातिका गरेर २५ गाविसमा २० हजार घरधुरीमा झण्डै एक लाख मानिस बसोवास गर्छन्।[१] स्वच्छ र सुन्दर पञ्चकोसी ताल पञ्चासे ताल पञ्चासेको अर्को रमणीयस्थल हो। तालको छेउमा वाराही मन्दिर छ। २०० मिटर लामो र ७५ मिटर चौडा यो तालमा पानीको मूल र निकास देखिँदैन। गुर्जादेखि गणेश हिमालसम्म देखिने पञ्चासेबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ र गणेश हिमाल लहरै देखिन्छन्। पन्चासेलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्न स्थानीयवासी जुर्मुराएका छन्।[२]
ऐतिहासिक महत्त्व
[सम्पादन गर्नुहोस्]परापुर्व कालमा अयोध्याका राजा दशरथका भन्जा श्रवणकुमार का माता र पिताहरु दुईवटै आँखा नदेख्ने थिए। उनिहरु एउटा छोरा श्रवणकुमार को साहरामा नै बाँचिरहेका थिए। श्रवणकुमारले नै उनिहरु लाई बोकेर नै तिर्थ ब्रत तथा धार्मिक स्थलहरु घुमाउने गर्दथे। घुम्ने क्रम मा एक दिन उनिहरु एउटा ओडारमा वास बस्न पुगे छ्न हाल त्यो ठाउँ आन्धा-अन्धी दहको ठीक माथि छ जहाँका पत्थरहरूमा विभिन्न आकृतीहरु, छाप कोरिएको भटिन्छ। त्यस समयमा त्यहाँ पानीको श्रोत नभएको कारण आफ्ना अन्धा-अन्धी बुवा आमाको पानीको प्यास मेटाउन पानीको खोजिमा एउटा डाडामा पुग्छन जहाँ पानीको तलाउ भेट्छ्न जुन ठाउँलाई आहिले पन्चासे भनेर चिनिन्छ। पाँच पाण्डवहरूले बसोवास गरेको ओढार बाइसे-चौबीसे राज्यहरू राजाको किल्ला मनोकांक्षा पूरा गर्ने सिद्धबाबालगायतका मन्दिर र गुफाले यहाँको धार्मिक महत्त्व बढाएको छ। यहाँ बालाचर्तुदशीमा सद्वीज छर्नेहरूको घुँइचो लाग्छ ।[३]
धर्मिक पर्यटकीय तथा महत्त्व
[सम्पादन गर्नुहोस्]स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पंन्चासे धर्मिक र ऐतिहासिक महत्त्व बोकेको ठाउँ हो। जुन पर्यटकीय गन्तव्यको रूपमा विकसित भई सकेको स्थिती छ। यस पोखरी ठुलो जङ्गलको मध्य भागमा अवस्थित छ। एउटा अचम्मै को कुरा के छ भने त्यो पोखरीमा कुनै पनि पातहरु खसेको भटिदैन सबै झरेको पातहरु चराहरु ले झिकेर फाल्छन भन्ने पुरानो जन विश्वास रहेको पाईन्छ। त्यो तलाउ भेटेपछी श्रवणकुमारले पानीको घैटो डुबाउदा शिकार खेल्दै आएका उनका मामा दशरथले मिर्ग पनि खान आएको भने बुझेर आफ्नो धनुषबाट तीर प्रहार गरेछन जसले गर्दालाई ठुलई चोट लागेछ। आवाज सुनेपछी राजा दशरथले आफ्नो भान्जा भन्ने चिनेछन र हतार-हतार गर्दै पुगेछन र आफ्ना भान्जाको त्यो स्थिती त्यो पनि आफ्नै हातबाट भएको देख्दा उनी अतालिए छन अन्तिम पटक वोल्दै श्रवणकुमारले दशरथलाई सबै कुरा भनेछन र तुरुन्तै आफ्ना बुवा-आमा भएको ठाउँमा जान अनुरोध गरेछ्न। राजा दशरथ पानी लिएर बाटो लागेछन। एता पानी लिन गएको छोरो कता हरायो भन्दै बसिरहेका आन्धा-अन्धी वियोगमा छट्पटी रहेका थिए। दशरथले पानी लिएर आउँदा उनिहरु निकै भावुक थिए उनिहरूले राजासँग बिलौना गर्दै छोराको बारेमा सोध्दै थिए तर राजाले आफैबाट भएको त्यो कुरा भन्न सकेनन तर केह्री गरी पनि उनिहरूको मन बुझाउन नसकेपछी अन्त्य मा सबै कुराहरू भन्छन। अनि वेसाहारा बनेका ति अन्धा अन्धीले राजालाई तिम्रा छोराहरु नै नहुन भनेर शराप दिन्छन दशरथले अनेकौ विन्ती गरेर आँफु सँग नै अयोध्या जान भन्दा उनिहरु जान मान्दैनन र त्यही ओढार मै आफ्नो बाँकी जिवन छोराको वियोगमा विताउने निर्णय गर्छन। पुरानो विश्वास अनुसार ति अन्धा-अन्धीको आँशुले नै आधीखोलाको सुरुवात भएको भन्ने विश्वास छ। उनिहरु कै नामबाट त्यो दहको नाम अन्धाअन्धी दह राखिएको भन्ने प्रचलन छ।[४] पन्चासे पन्चधाम र श्रावणकुमार दुई फरक धार्मिक स्थल हुन, श्रावण कुमारले पानी भरेको ताल आधिखोला गाउपालिका-४ बाङ्सिङ; स्याङ्जामा पर्दछ, स्रोत : सफल पौडेल श्रावण कुमार टोल
धर्मिक तथा पर्यटकीय स्थल
[सम्पादन गर्नुहोस्]पन्चासे पर्यटकीय गन्तव्यस्थल बन्दै गएपछि यहाँको बाटोघाटो धर्मशाला खानेपानीलगायतका पूर्वाधार निर्माणका कार्य अघि बढाइएको छ। पर्यटकीयस्थल, धार्मिकक्षेत्र बस्ती र जैविक विविधताको पन्चासेमा भौगोलिक सूचना प्रणाली तयार गरिएको छ। लेकमा स्वयम्भू चैत्य, भ्यूटावर, धर्मशाला तथा मन्दिर निर्मित छन्।[४]
चित्रवाली
[सम्पादन गर्नुहोस्]-
पञ्चासेको काखमा रहेको कास्की जिल्लाको भदौरे गाउँ
-
पञ्चासेको आकर्षण, सुनाखरी फूल
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "नेपालको राष्ट्रिय जनगणना २०६८", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२। वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
- ↑ "पन्चासे पर्यटकको आकर्षक वन्न थाल्यो"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ "पर्यटकीय गन्तव्यस्थल, पन्चासे"। वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
- ↑ ४.० ४.१ "पन्चासे उत्कृष्ट गन्तव्य", कान्तिपुर दैनिक, २०७२ जेष्ठ ९, अन्तिम पहुँच जेष्ठ ९। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०५-२६ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- जिल्ला विकास समिति, स्याङ्जा
- स्याङ्जा र स्याङ्जालिको चिनारी वेब्याक मेसिन अभिलेखिकरण २००८-०२-२६ मिति
- पञ्चासेको एउटा रुट
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]नेपालको स्थान सँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |