सामग्रीमा जानुहोस्

पञ्चासे ताल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पञ्चासे ताल कास्की, पर्वतस्याङ्जाको सिमानामा पर्ने पञ्चासे लेकमा अवस्थित ताल हो। यो ताल समुद्र सतहदेखि २ हजार ५०९ मिटरको उचाइमा छ। तालको लम्बाइ ११० मिटर र चौडाइ २० देखि २५ मिटर तथा झण्डै १० मिटर गहिरो छ। चारैतिर जंगलले घेरिएको मनोरंजन भएको स्थलमा रहेको यो तालको विशेषता हो- पात-पतिङ्गर तालमा तैरेर नरही सफा पानी बसिरहनु। यस पञ्चासे ताल लाई ‘’’पंच्धाम’’’ पनि भनिन्छ किन भने यो पांच वटा टुप्पोबाट घेरिएको छ।

ताल अवस्थित पञ्चासे लेकबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरी, धवलश्रीलगायतका हिमश्रृंखला, दक्षिणतर्फ पाल्पाको श्रीनगर एवम् तराई फाँट देखिन्छ भने फेदीमा फेवाताल, पोखरा उपत्यका, स्याङ्जा, कुश्मा, बाग्लुङका साथै राम्जा, सल्यान, आर्थरजस्ता सुन्दर वस्तीको दृश्यावलोकन सजिलै गर्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

    बाह्य कडीहरू

    [सम्पादन गर्नुहोस्]

    यो पनि हेर्नुहोस्

    [सम्पादन गर्नुहोस्]

    फेवा ताल रारा ताल