कुश्मा नगरपालिका
कुश्मा
Kushma | |
---|---|
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | पर्वत जिल्ला |
स्थापना | २५ बैशाख २०७१ र २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | नगर कार्यपालिका |
• मेयर | रामचन्द्र जोशी (नेपाली कांग्रेस) |
• उपमेयर | सीता कुमारी काफ्ले लामिछाने (कांग्रेस) |
• कार्यकारी | हिरामणि सुवेदी |
क्षेत्रफल | |
• जम्मा | ९३.१८ किमी२ (३५.९८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३९,६०० |
• घनत्व | ४२०/किमी२ (११००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको कुश्मा नगरपालिकाको कार्यालय |
वेबसाइट | www |
कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो । कुश्माको मुख्य व्यापारिक केन्द्र शिवालयचोक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ । पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारी र पकुवा समेटेर नगरपालिका बनाइएको थियो ।कुश्मा नगर पोखराबाट ५७ किलोमिटर टाढा छ । यो नगरपालिका पर्वत जिल्लाको मुख्य ब्यपारिक केन्द्र हो । धार्मीक तथा ऐतिहासिक महत्त्व बोकेको मोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा , कुश्मा ज्ञादी झोलुङ्गेपुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन् ।
पर्वत जिल्लाको जिल्ला समन्वय समितिको कार्यालय कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भई यस ठाउको नाम कुश्मा हुन पुगेको हो ।
नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका कुश्मा नगरपालिका, ठूलीपोखरी, खौलालाँकुरी र आर्थर डाँडाखर्क गाउँ विकास समितिहरूलाई समेटिएका छन् ।[१] नगरपालिकाको कूल जनसङ्ख्या ३९,६०० रहेको छ । यसको क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ । यस नगरपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, कास्की र स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा जलजला र मोदी गाउँपालिका तथा दक्षिणमा फलेवास नगरपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ ।[२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।