महाशिला गाउँपालिका
महाशिला
Mahashila | |
---|---|
![]() महाशिला गाउँपालिकाको वडा विभाजन | |
देश | ![]() |
प्रदेश | प्रदेश नं. ४ |
जिल्ला | पर्वत जिल्ला |
स्थापना | २७ फाल्गुण २०७३ |
सरकार | |
• प्रकार | स्थानीय सरकार |
• अङ्ग | गाउँ कार्यपालिका |
• अध्यक्ष | राजुप्रसाद पौडेल (एमाले) |
• उपाध्यक्ष | हिरा थापा (एमाले) |
• कार्यकारी | कृष्णप्रसाद रिजाल |
क्षेत्रफल | |
• जम्मा | ४९.३८ किमी२ (१९.०७ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ९,८५७ |
• घनत्व | २००/किमी२ (५२०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको बालाकोट गाविसको कार्यालय |
महाशिला गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका होश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घाका ७ र ८ वडाहरू, तथा फलामखानी गाउँ विकास समितिहरूलाई समेटेर महाशिला गाउँपालिका बनाइएको हो ।[३] महाशिला गाउँपालिकाको कूल जनसङ्ख्या ९,८५७ रहेको छ । यसको क्षेत्रफल ४९.३८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बालाकोट गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा फलेवास नगरपालिका तथा दक्षिणमा पैयूं गाउँपालिकासम्म फैलिएको छ ।[४]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३।
- ↑ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३।
- ↑ "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।