महाशिला गाउँपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
महाशिला
Mahashila
महाशिला गाउँपालिकाको वडा विभाजनको अवस्थिति
महाशिला गाउँपालिकाको वडा विभाजन
देश नेपाल
प्रदेशप्रदेश नं. ४
जिल्लापर्वत जिल्ला
स्थापना२७ फाल्गुण २०७३
सरकार
 • प्रकारस्थानीय सरकार
 • अङ्गगाउँ कार्यपालिका
 • अध्यक्षराजुप्रसाद पौडेल (एमाले)
 • उपाध्यक्षहिरा थापा (एमाले)
 • कार्यकारीकृष्णप्रसाद रिजाल
क्षेत्रफल
 • जम्मा४९.३८ किमी (१९.०७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा९,८५७
 • घनत्व२००/किमी (५२०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-६७
केन्द्रसाविकको बालाकोट गाविसको कार्यालय

महाशिला गाउँपालिका नेपालको एक पहाडी गाउँपालिका हो ।[१][२] नेपालमा ७४४ स्थानीय तह लागू हुँदा पर्वत जिल्लामा साविकका होश्राङ्दी, भोक्सिङ, बालाकोट, पाखापानी, लुङ्खुदेउराली, कुर्घाका ७ र ८ वडाहरू, तथा फलामखानी गाउँ विकास समितिहरूलाई समेटेर महाशिला गाउँपालिका बनाइएको हो ।[३] महाशिला गाउँपालिकाको कूल जनसङ्ख्या ९,८५७ रहेको छ । यसको क्षेत्रफल ४९.३८ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको बालाकोट गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा स्याङ्जा जिल्ला, पश्चिममा विहादी गाउँपालिका, उत्तरमा फलेवास नगरपालिका तथा दक्षिणमा पैयूं गाउँपालिकासम्म फैलिएको छ ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "गाउँपालिका र नगरपालिका कुन जिल्लामा कति? (सूची)", लोकान्तर, २३ पौष २०७३, अन्तिम पहुँच २३ पौष २०७३ 
  2. "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "गाउँ र नगरपालिका (सूची)", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]