कुश्मा नगरपालिका
कुश्मा | |
---|---|
निर्देशाङ्क: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°Eनिर्देशाङ्कहरू: २८°१०′N ८३°४०′E / २८.१७°N ८३.६७°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | पर्वत जिल्ला |
स्थापना | २५ वैशाख २०७१ |
सरकार | |
• नगरप्रमुख | रामचन्द्र जोशी (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | स्वस्थानी रिजाल (नेकपा (एमाले)) |
क्षेत्रफल | |
• जम्मा | ९३.१८ किमी२ (३५.९८ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३८,१०१ |
• घनत्व | ४१०/किमी२ (११००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-६७ |
केन्द्र | साविकको कुश्मा नगरपालिकाको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
कुश्मा पर्वत जिल्लाको एक नगरपालिका हो। कुश्माको मुख्य व्यापारिक केन्द्र शिवालयचोक हो। यो समुन्द्र सतहबाट झण्डै ९५३ मिटर माथी छ। २५ वैशाख २०७१ मा, नगरपालिका घोषणा गर्दा साविकका पर्वत जिल्लामा साविकका ७ वटा गाविसहरू पाङ्ग, खुर्कोट, दुर्लुङ, शिवालय, कटुवा चौपारी, पिपलटारी र पकुवा समेटेर नगरपालिका बनाइएको थियो भने २७ फागुन २०७३ मा, नगरपालिकाको क्षेत्रविस्तार गर्दा ठूलीपोखरी, खौलालाँकुरी र आर्थर डाँडाखर्क गाविसहरू यसमा गाभिएका थिए। कुश्मा नगर पोखराबाट ५७ किलोमिटर टाढा छ। यो नगरपालिका पर्वत जिल्लाको मुख्य व्यापारिक केन्द्र हो। धार्मीक तथा ऐतिहासिक महत्त्व बोकेको मोदिबेनी दिव्यधाम, गुप्तेस्वर गुफा, कुश्मा ज्ञादी झोलुङ्गेपुल, अलपेस्वर गुफा, दुर्लुङ्ग कोट यहाँका मुख्य पर्यटकिय आर्कषण हुन् । नेपालको सबैभन्दा ठूलो झोलुङ्गे पुल कुश्मा नगरपालिकामा अवस्थित छ। [३]
पर्वत जिल्लाको जिल्ला समन्वय समितिको कार्यालय कुश्मालाई प्रचिनकालमा कुशुमपुर भन्ने गरिन्थो । प्रशस्त कुश तथा फलफुल पाईने स्थान भएको हुनाले माता पार्वतीले गङ्गामा स्नान गरी कुशुमपुरबाट फलफुल टिपी गुप्तेश्वर गुफामा तपस्या गर्नु भएको बखतमा शिवजीले बरदान दिएको भन्ने भनाई रहेको छ । कालान्तरमा कुशुमपुरबाट नाम बिस्तारै रूपान्तरित भई यस ठाउको नाम कुश्मा हुन पुगेको हो।
यसको क्षेत्रफल ९३.१८ वर्गकिलोमिटर रहेको छ । यस नगरपालिकालाई १४ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा मोदी गाउँपालिका, कास्की र स्याङ्जा जिल्ला, पश्चिममा बागलुङ जिल्ला, उत्तरमा जलजला र मोदी गाउँपालिका तथा दक्षिणमा फलेवास नगरपालिका र स्याङ्जा जिल्लासम्म फैलिएको छ।[४]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कुश्मा नगरपालिकाको कुल जनसङ्ख्या ३८,१०१ रहेको छ भने यहाँ १०,९६२ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ North, Nepal Treks, "कुश्मा नगरपालिका", कुश्मा नगरपालिका।
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।