च्याउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Amanita muscaria नामको च्याउ
रुख च्याउ

परिचय[सम्पादन गर्नुहोस्]

च्याउ फूल नफूल्ने वनस्पतिअन्तर्गत पर्दछ ।च्याउजातिका बिरुवाहरू फन्जाई वर्गमा पर्दछन् । यो एक प्रकारको ढुसी हो । यो ढुसी मसिनो धागोको जालिजस्तै हुन्छ । यसलाई माइसेलियम भनिन्छ । यी बिरुवाहरूमा हरितकण नहुने हुनाले यिनिहरूले प्रकाश संश्लेषण क्रिया गर्न सक्तैनन् । यी बिरुवाहरु मृतोपजीवी हुन् । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छ्न् ।

विशेषता[सम्पादन गर्नुहोस्]

च्याउमा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोˆलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तìवहरू पाइन्छ। त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ। बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो।

च्याउ अति नै पौष्टिकतत्वयुक्त र स्वास्थ्यबर्द्धक खाद्यवस्तुका रूपमा चिनिने गर्छ । वर्षाको मौसममा नेपालका वन, पाखा तथा खाली चउरहरूमा समेत च्याउहरू प्रशस्त उम्रने गर्दछन् । प्राकृतिक रूपमा उम्रने च्याउहरू कतिपय अति पौष्टिकतत्वपाइने र खानमा पनि स्वादिला हुन्छन् भने कतिपय त्यतिकै मात्रामा बिषालु पनि । लगभग उस्तै रंग तथा आकारमा पाइने हुनाले च्याउका धेरै प्रजातीहरूमा खानयोग्य र बिषालु छुट्याउँन गार्‍हो पनि हुन्छ । कुन च्याउ खानयोग्य र कुन बिषालु हुन्छन् भन्ने छुट्याउँन मानिसहरू परम्परागत ज्ञानको प्रयोग गर्छन् । तर कतिपय अवश्थामा यो क्रम भंग हुन्छ र मानिसहरू अकालमा मृत्युको शिकार बन्छन् । अब वर्षा सुरु हुदैछ । बारीका डिलमा र जतासुकै च्याउ उम्रिन सुरु हुन्छ । फेरि पनि पहिलेका वर्षमा जस्तै च्याउ खाएर मृत्युवरण गरेका समाचार सुन्न नपरोस् । यसैले आँउनुहोस् च्याउको बारेमा केहि जानकारी साटासाट गरौं ।

प्रजाती[सम्पादन गर्नुहोस्]

लगभग पाँच हजार वर्ष अगाडिदेखिको खोज र अनुसन्धानबाट संसारमा तीन हजार ८०० किसिमका च्याउहरू पत्ता लागेका छन् । तीमध्ये एक हजार जाती विषालु, दुई हजार जाती खान योग्य र २०० जाती औषधीय गुणयुक्त पाइएका छन् । तीमध्ये पनि ६ किसिमका च्याउ अद्वितीय गुणले भरिपूर्ण छन् । ति च्याउमा हार्ट गानाे सबैभन्दा राम्रो च्याउ हाे यसमा प्रसस्त मात्रामा प्रोटिन, भिटामिनहरूमा थाइमिन, राइवोलेविन, नाइसिन, वायोटिन, एसकर्भिक एसिड, विभिन्न मिनरल्स, विभिन्न एमिनो एसिडस् आदि तत्वहरू पाइन्छ । त्यस्तै, भिटामिन ए, बी, सी, खनिज र क्याल्सियम पनि पाइन्छ । बोसो नगन्य मात्रामा पाइन्छ, च्याउमा स्टार्च हुँदैन, त्यसैले च्याउलाई पौष्टिक खानाको रूपमा लिइएको हो ।


खान योग्य च्याउहरू पनि बुझेर मात्र खानुपर्छ धेरै प्रजातीहरू खान योग्य च्याउहरूलाई कृत्रिम रूपमा रोप्न या खेती गर्न सकिदैन । यसैले च्याउहरू जंगलबाट सकंलन गर्ने कार्य संसारभर नै चलेको छ । तर खान योग्य च्याउहरू पनि कुनै कुनै अवश्थामा बिषालु बन्न पुग्छन् । खान योग्य र पहिले खाएका च्याउहरू नै पनि कुहिन थालेपछि बिषालु बन्छन् । त्यस्तै कतिपय च्याउहरू कुनै निश्चित खानेकुरासँगसँगै खान हुदैन । जस्तै कोप्रिनस प्रजातीका च्याउहरू रक्सीसँग खाएमा बिषालु हुन्छन् ।

च्याउका बारेमा रहेका केही गलत धारणाहरू र तिनको खण्डन खान योग्य च्याउहरू चम्किला र उज्याला हुन्छन् । धेरै खानयोग्य च्याउहरू चम्किला, उज्याला हुने भएपनि केही बिषालु च्याउहरूमा पनि यो गुण हुने गर्छ । धेरै बिषालु च्याउहरू सेतो रंगका हुन्छन् । एमानिटा प्रजातीको बिषालु च्याउ एमानिटा म्युस्कारिया चम्किलो रातो तथा पहेलो हुनेगर्छ ।

च्याउ खेती[सम्पादन गर्नुहोस्]

पराले च्याउखेती[सम्पादन गर्नुहोस्]

आवश्यक सामग्री 

पराल, केराको पात, कपासका टुक्रा, उखुको बोक्रा तथा अन्य पदार्थको प्रयोग गरी पराले च्याउखेती गर्न सकिन्छ । यो खेतीका लागि निम्न सामग्रीको आवश्यकता पर्छ । 

  • च्याउखेती गर्ने ठाउँ– घरको कोठा, फुसको छाप्रो, जस्तापाताको छाना भएको टहरा वा रूखको छहारी ।
  • सब्ष्ट्रेट (तह)– पराल, केराको पात वा अन्य पदार्थको प्रयोगबाट 
  • बीउ– पराले च्याउको बीउ (स्पान) 
  • पराल भिजाउने भाँडो– फलामका ड्रम वा सानो पोखरी 
  • ब्याड बनाउने सामान– बाँस, काठ, इँटा वा ढुङ्गा आदि
  • ब्याड छोप्ने सामग्री– प्लाष्टिकको सीट 

सबष्ट्रेट (तह) तयार गर्ने विधि 

पराले च्याउको खेती हातले काटेको परालमा गरिन्छ । च्याउखेती गरिने पराल राम्रोसँग सुकेको हुनुपर्छ । नयाँ तथा सफा परालमा गरिएको च्याउखेती राम्रो हुन्छ । परालको सट्टन केराको सुकेका पात पनि प्रयोग गर्न सकिन्छ । यसरी राम्ररी सुकेको केराको पात र पराल तहतह मिलाएर राखेमा बढी च्याउ फल्ने सम्भावना हुन्छ । 

सबभन्दा पहिले परालको फेद र टुप्पो काटेर मुठा बनाउनुपर्छ । त्यसपछि लम्बाइ एक हात लामो हुने (४० सेण्टिमिटर) गरी पराल काट्न प्रयोग हुने कैंचीले काट्नुपर्छ । काटेको पराललाई हातले समात्न मिल्ने गरी मुठा (१०–११ सेण्टिमिटरको) बनाउनुपर्छ । केराको पातमा पनि यही प्रक्रिया अपनाउन सकिन्छ । परालका मुठा फलामको ड्रम वा सानो पोखरीमा जमाएको सफा पानीमा १०–१२ घण्टा (एक रात) भिजाउनुपर्छ । यसरी भिजाइसकेपछि परालका मुठा पानीबाट बाहिर निकाली भिरालो ठाउँमा २–४ घण्टासम्म राखी पानी तर्काउनुपर्छ । 

बीउ रोप्ने र खेती गर्ने विधि 

भिजेका परालका मुठा जमीनमा दुई लाइन इँटा, काठ वा बाँसको फ्रेम राखी त्यसमाथि एक तह बिछ्याउनुपर्छ । त्यसमा चनाको पीठो (बेसन) एक पसर हातमा लिई परालमाथि (लाइन–लाइन गरी) छर्किनुपर्दछ । प्रत्येक तहको छेउबाट करीब ५–६ सेण्टिमिटर (चार/पाँच औंलाजति)भित्र पराले च्याउको बीउ (सुपारीको टुक्रा जत्रो वा बूढी औंलाको टुप्पा जत्रो) चारैतिर १०–१२ सेण्टिमिटरको फरकमा राख्दै जानुपर्छ । तर, ब्याडको बीचमा भने राख्नु आवश्यक हुँदैन । ती परालका मुठा अर्को तह राख्दा ‘क्रिशक्रश’ हुने गरी अर्थात् दोस्रो तह पहिलो तहको लम्बाइलाई चौडाइ पारेर राख्नुपर्दछ । यसरी परालका मुठा एक तहमाथि अर्को तह थप्दै लैजानुपर्छ । माथि उल्लेख गरिएझैं चनाको पीठो छर्ने र बीउ रोप्ने काम पनि सँगै गर्नुपर्दछ । परालका मुठा ५/६ तहदेखि ७/८ तहसम्म अर्थात् एक मिटर अग्लो नभएसम्म थप्दै जान सकिन्छ । परालका चाङबाहिरका छेउ एकनासले मिलेको हुनुपर्दछ । अन्यथा च्याउ उम्रिएपछि टिप्न गाह्रो हुन्छ ।

खेती गर्ने सकिने ठाउँ 

पराले च्याउखेती गर्न घरको कोठा नै चाहिन्छ भन्ने छैन । घरबाहिर खेतबारी, रूखको छहारी वा खरका छाप्रो अर्थात् टहरामा पनि गर्न सकिन्छ । त्यस्तै, गाउँमा आफ्नै घरवरपरका घाम नलाग्ने छहारीमा यसको खेती गर्न सकिन्छ । यसका लागि सीधा घाम र धेरै हावा लाग्ने ठाउँ भने उपयुक्त हुँदैन । च्याउखेती गर्न माटोको सतह अन्यत्रको भन्दा केही अग्लो भएको हुनुपर्छ । जमीनमा पानी जम्न दिनुहुँदैन । च्याउको ब्याड बनाउने सतहमा इँटा वा ढुङ्गाको लाइन छापेर, काठ वा घाँसको फ्रेमजस्तो राख्नुपर्दछ । त्यसमाथि परालका मुठाको चाङ लगाउनुपर्दछ । च्याउको ब्याडको चारैतिर सानो कुलो बनाएर पानी जमाउनुपर्दछ । यसले गर्दा च्याउको ब्याडमा मुसा र अन्य कीरा जान सक्दैनन् । साथै, यसले च्याउको ब्याडलाई ओसिलो बनाइराख्न समेत सहयोग पुग्छ । ठाउँको बचत गर्न लागि तीन तला गरी ब्याड बनाउन सकिन्छ । तर, यसका लागि प्रशस्त मात्रामा उज्यालोपन चाहिन्छ । 

उत्पादन गर्ने र टिप्ने विधि 

बीउ रोप्ने काम सकिएपछि परालको चाङलाई सेतो प्लाष्टिकले छोपिदिनुपर्दछ । प्लाष्टिकले छोपेपछि परालको चाङभित्र तापक्रम र सापेक्षिक आद्रता बढ्छ । तर, तापक्रम ३ सय ८० डिग्री सेल्सियसभन्दा बढी बढ्न दिनुहुँदैन । यसका लागि छोपेको प्लाष्टिकलाई केही बेरका लागि झिकिदिने गर्नुपर्दछ भने ४–५ दिनपछि पूरै प्लाष्टिक निकाल्न सकिन्छ । च्याउको ढुसी खरानी रङको हुन्छ, जुन परालको तहतहमा फैलिएको देखिन्छ । बीउ छरेर १० दिनभित्र च्याउका स–साना कालो गोलाकार झुप्पा देखापर्न थाल्छ । यसरी च्याउको गेडा देखेको २–३ दिनभित्र अण्डाकार वा गोलाकारको च्याउ बन्छ । अब यसलाई टिप्न सकिन्छ । यस बेला प्रशस्त हावा सञ्चालन हुनुपर्दछ । साथै, तापक्रम ३५०–४०० सेल्सियस, सापेक्षिक आद्रता ८०–९० प्रतिशत हुनुपर्दछ । यदि च्याउ गोलाकारको अवस्थामा हुँदा नै टिपिएन भने त्यो फक्रेर छाताजस्तो हुन थान्छ । नफक्रेको च्याउ धेरै स्वादिलो हुन्छ । पहिलोपटक उत्पादित च्याउ २–३ दिनसम्म लगातार टिप्न सकिन्छ । अर्कोपटक च्याउ आउन ६–७ दिनसम्म कुर्नुपर्छ । बीउ रोपेको दिनदेखि १ महीनासम्म च्याउ आउँछ । 

त्यसपछि भने पराल काम नलाग्ने हुन पुग्छ । १ सय ५०–२ सय मुठा वा २५ केजी सुकेको परालबाट २ मिटरको एउटा ब्याड बनाउन सकिन्छ । यसका लागि करीब पाँच बोतल बीउ चाहिन्छ । जसबाट जम्मा ५–६ केजीसम्म च्याउ उत्पादन हुन्छ । च्याउ फल्दा पहिलोपटक धेरै (७०–८० प्रतिशत) फल्छ र दोस्रो, तेस्रोपटक यो मात्रा घट्दै जान्छ । ब्याड सुकेको अवस्थामा पानीले पर्याप्त भिजाउनुपर्छ । च्याउ फलेको बेलामा दिनको दुईपटक पनि टिप्नुपर्ने हुन्छ किनकि, त्यसमा सानो र ठूलो सँगै रहेको हुन्छ । ठूलो च्याउलाई होशियारीका साथ टिप्नुपर्दछ । सानो च्याउ दिनभरिमै ठूलो हुन्छ । च्याउ टिपिसकेपछि पराल सुकेको छ भने त्यसमा झारीले अलिअलि पानी छर्नुपर्छ र फेरि प्लाष्टिकले छोपिदिनुपर्छ । तर, च्याउमा पर्ने गरी पानी हाल्नुहुँदैन । च्याउ टिपेर २४ घण्टासम्म कोठाको तापक्रममा राख्दा ताजै रहन्छ । त्यसपछि पनि राख्नु परेमा चिसो कोठामा राख्नुपर्छ । तर, रेफ्रिजेरेटरमा भने राख्नहुँदैन । च्याउ टिपेकै दिनमा प्रयोग गर्नु फाइदाजनक हुन्छ । 

रोग र कीरा 

यस च्याउलाई नोक्सान गर्ने मुख्य रोग नै जङ्गली च्याउ (कोप्राइनस) हो । यो पहिलोपटक आउँदा गोलो सेतो हुन्छ । पछि डाँठ लामो भएर फक्रन्छ र कालो निस्कन्छ । त्यसैले, यसलाई आउनेबित्तिकै झिकिदिनुपर्छ । यसमा हरियो, पहेँलो, कालो ढुसी आए पनि त्यति नोक्सान भने हुँदैन । त्यस्तै, यसमा नोक्सान गर्ने अर्को कारण मुसा हो । अरू कीराले भने त्यति नोक्सान गर्दैनन् । 

च्याउबारे गलत धारणा[सम्पादन गर्नुहोस्]

  • किराहरूले बिषालु च्याउ खादैनन् वा किराले खाएको च्याउ बिषालु हुदैन बुझ्नु पर्ने कुरा के हो भने सबै जीवजनावारका लागि बिषहरू एउटै हुँदैनन् । कुनै कुनै यस्ता बिषहरू हुन्छन्, जुन निश्चित जीवजन्तुलाईमात्र हानी गर्न सक्छन् । यसैले किराहरूका लागि बिषालु नहुने च्याउहरू मानिसहरूका लागि बिषालु हुनसक्छन् । एमानिटा फालोइड्स प्रजातीको च्याउमा किरा लाग्छन् तर यो मानिसका लागि बिषालु हुन्छ ।
  • बिषालु च्याउले चाँदीलाई कालो बनाउँछ धेरै मानिसहरू पकाएको बिषालु च्याउमा चाँदी डुबाउँदा कालो हुने विश्वास गर्छन् । तर हालसम्म कुनै पनि बिषालु च्याउमा चाँदीसँग प्रतिक्रिया गर्ने तत्व भेटिएको छैन । यसको मतलब, च्याउलाई चाँदीसँग कुनै लिनुदिनु छैन र च्याउमा चाँदी डुबाउँदा चाँदीको रंगमा परिवर्तन हुदैन ।
  • बिषालु च्याउहरू स्वादिला हुँदैनन् धेरै मानिसहरू खानयोग्य च्याउहरूमात्र स्वादिला हुने र बिषालुहरू च्याउ तीतो या टर्रो या वेस्वादिलो हुने ठान्छन् । तर यो सत्य होइन । एमानिटा च्याउ पकाएर स्वाद मानी मानी खाएकाहरू मृत्युको मुखमा पुगेर धन्न फर्किएका छन् । तिनलाई सोध्दा च्याउ खाँदा स्वादिलो भएको बताएका थिए ।
  • राम्ररी पकाएमा सबै च्याउ खान योग्य हुन्छन् कुखुराको मासु राम्ररी पकाएर (६० से. भन्दा माथि) खाँदा बर्डफ्लू लाग्दैन भने जस्तो हैन । कतिपय च्याउमा भएका बिष जति पकाएपनि बिषालु नै रहन्छ । अल्फा एमानाइटिन जस्ता च्याउमा पाइने बिषहरूले तापक्रमसँग कुनै सम्बन्ध राख्दैनन् । यस्ता च्याउहरू जति पकाएर खाएपनि खतरनाक हुन्छन् ।
  • बिषालु च्याउले भातलाई रातो बनाउँछ यो गलत सोचाईले पनि मानिसहरू मृत्युको शिकार बनेका छन् । नेपालमा च्याउ खाएर बिरामी भएकाहरूले पनि च्याउसँग सेतो भात नै खाएका थिए । अहिलेसम्म कसैले पनि च्याउलाई भातमा मिसाउँदा रातो भएको देखेको बताएका छैनन् ।
  • बिषालु च्याउको टुप्पो तिखो हुन्छ एमानिटा फालोइड्स प्रजातीको च्याउको टुप्पो वयश्क अवश्थामा सतह मिलेको, टुप्पो तिखो नभएको हुन्छ । धेरै बिषालु च्याउहरूमा पनि टुप्पो तिखो हुदैन । त्यस्तै खानयोग्य च्याउहरूमा पनि टुप्पो तिखो हुन सक्छ ।

बिषालु च्याउ खाँदा कस्तो लक्षण देखिन्छ[सम्पादन गर्नुहोस्]

बिषालु च्याउ खाँदा देखापर्ने प्रारम्भिक लक्षणहरू बान्ता, पखाला, टाउको दुख्ने तथा रिंगटा लाग्ने हुन्छ । यसपछि बिरामीले केही सञ्चो भएको अनुभव गर्नसक्छ । तर बिषको असर केही क्षण पछाडी पुनः देखिन थाल्छ । कुनै कुनै च्याउले केही समयमा नै मृत्यु गराउँछ भने कुनै च्याउ खाएर प्रारम्भिक लक्षण देखिएको दुई तिन दिन पछि मात्र कलेजो तथा मृगौलामा असर देखाउँन थाल्छ । जसको दुई हप्ता भित्र मृत्यु हुन सक्छ । यसैले च्याउ खाएको केही समय भित्र माथि उल्लेख गरिए अनुसारका लक्षण देखिए तुरुन्त अस्पताल जानुहोस् ।

बिषालु च्याउबाट कसरी जोगिने[सम्पादन गर्नुहोस्]

सबैभन्दा पहिले बिषालु च्याउबाट जोगिनु यस्ता च्याउ नखानु नै हो । व्यवसायिकरूपमा खेती गरिएका च्याउहरू सुरक्षित हुन्छन् । भरसक जतासुकैको वा केटाकेटीले ल्याएको च्याउ खाँदै नखानुहोस् । होस् गर्नुहोस्, च्याउ खान अनुभव र आँट होइन,त्यसका लागि ज्ञान चाहिन्छ ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]