पाउँदुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

पाउँदुर गाउँ अन्नपूर्ण गाउँपालिका अन्तर्गत वड न॔ ३ साविकको ढिकुरपोखरी गाबिसको वडा नं ८ मा अवस्थित एक सुन्दर गाउँ हो।करिब एक सय घरधुरी रहेको यश गाउँका घरहरू ढुङ्गा र माटाले बनेका छन् ।यश गाउँबाट माछापुच्छ्रे ,अन्नपूर्ण हिमालका दृश्यहरु बडो लोभलाग्दो तरिकाले देखिन्छ ।यो गाउँ पञ्चासेको रुटको रुपमा पनि महत्वपूर्ण छ।

स्थान[सम्पादन गर्ने]

यो गाउँ हाल अन्नपूर्ण गाउँपालिकाको बडा न॓ ३ मा पर्दछ ।यो साविकको ढिकुरपोखरी गाबिसको पश्चिमी गाउँ हो ।पश्चिमबाट पूर्व तर्फ फर्किएको यो गाउँ तत्कालीन ढिकुरपोखरी गाबिसकै प्राकुतिक सम्पदाले सम्पन्न गाउँ हो ।करिब सय घरधुरी रहेको यस गाउँका मान्छेहरूको प्रमुख पेसा भनेको कृषिनै हो । वर्षभरी खेतीपाती गरि एक बर्षका लागि अन्न पुर्‍याउन पाएकोमा यहाँका किसान सन्टुष्ट छन् ।

शिक्षा[सम्पादन गर्ने]

यस गाउँका करिव ८५% मानिस साक्षर छन् ।श्री लक्ष्मी प्रा.वि यस गाउँमा अवस्थित विधालय हो जहाँ कक्षा ३ सम्म पढाइ हुन्छ । यहाँका बिधार्थीहरु उच्च शिक्षा पढ्न पोखरा जान्छन् ।

खेतीपाती[सम्पादन गर्ने]

खासगरी निर्बाहमुखी खेतीपाती गर्ने यहाँका किसानले धानबालीलाई नै प्रमुख बालीको रुपमा मान्ने गर्दछन्।यसका साथै मकै ,गहुँ ,कोदो ,उवा आदिको खेति पनि गर्दछन्।