पाउँदुर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाउँदुर
नेपालका गाउँहरू
पाउँदुर is located in गण्डकी प्रदेश
पाउँदुर
पाउँदुर
नेपाल भित्रको स्थान
पाउँदुर is located in नेपाल
पाउँदुर
पाउँदुर
पाउँदुर (नेपाल)
निर्देशाङ्क: २८°१६′४२″N ८३°५०′००″E / २८.२७८२३०°N ८३.८३३२२२°E / 28.278230; 83.833222निर्देशाङ्कहरू: २८°१६′४२″N ८३°५०′००″E / २८.२७८२३०°N ८३.८३३२२२°E / 28.278230; 83.833222
देश Nepal
प्रदेशगण्डकी प्रदेश
जिल्लाकास्की जिल्ला
गाउँपाउँदुर
जनसङ्ख्या
 (बिसं २०६८)
 • जम्मा३०९९
समय क्षेत्रयुटिसी+५:४५ (Nepal Time)
क्षेत्रीय सङ्केत०६१

पाउँदुर [१] गाउँ हाल अन्नपूर्ण गाउँपालिका अन्तर्गत वडा न॔ ३ मा पर्दछ । साविकको ढिकुरपोखरी गाबिसको वडा नं ८ मा अवस्थित यो एक सुन्दर गाउँ हो। करिब एक सय घरधुरी रहेको यस गाउँका अधिकांश घरहरू ढुङ्गा र माटाले बनेका छन् । यस गाउँबाट माछापुच्छ्रे ,अन्नपूर्ण, धौलागिरी हिमालहरूका दृश्यहरू बडो लोभलाग्दो तरिकाले देखिन्छ । यो गाउँ पञ्चासेको रुटको रूपमा पनि महत्त्वपूर्ण छ।

स्थान[सम्पादन गर्नुहोस्]

यो गाउँ हाल अन्नपूर्ण गाउँपालिकाको बडा न॓ ३ मा पर्दछ ।यो साविकको ढिकुरपोखरी गाबिसको पश्चिमी गाउँ हो ।पश्चिमबाट पूर्व तर्फ फर्किएको यो गाउँ तत्कालिन ढिकुरपोखरी गाबिसकै प्राकुतिक सम्पदाले सम्पन्न गाउँ हो । करिब एक सय घरधुरी रहेको यस गाउँका मान्छेहरूको प्रमुख पेसा भनेको कृषि नै हो । वर्षभरी खेतीपाती गरी एक वर्षका लागि अन्न पुर्‍याउन पाएकोमा यहाँका किसान सन्टुष्ट छन् ।

शिक्षा[सम्पादन गर्नुहोस्]

यस गाउँका करिव ९५% मानिस साक्षर छन् । श्री लक्ष्मी प्रा.वि यस गाउँमा अवस्थित विद्यालय हो, जहाँ कक्षा ३ सम्म पढाइ हुन्छ । यहाँका बिधार्थीहरU उच्च शिक्षा हासिल गर्न पोखरा जान्छन् ।

खेतीपाती[सम्पादन गर्नुहोस्]

खासगरी निर्बाहमुखी खेतीपाती गर्ने यहाँका किसानले धानबालीलाई नै प्रमुख बालीको रूपमा मान्ने गर्दछन्। यसका साथै मकै ,गहुँ ,कोदो ,उवा आदिको खेति पनि गर्दछन्।