कैलाश गुफा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कैलाश गुफा
कैलाश गुफाको प्रवेशद्वार
नक्सामा कैलाश गुफाको स्थान
नक्सामा कैलाश गुफाको स्थान
स्थानबहाकोट, पुतलीबजार, नेपाल
खोजीस्थानिय द्वारा
भौगोलिकतास्टलैक्टाइट
प्रवेशद्वार(हरू)२ वटा
समस्यागुफा भित्र चमेराहरू पाइने
पहुँचसार्वजनिक
पर्यटकहरूराष्ट्रिय, अन्तर्राष्ट्रिय
विशेषताहरूगाइडहरूको सुबिधा भएको

कैलाश गुफा स्याङ्जा जिल्लाको मध्य-पूर्वको पुतलीबजार नगरपालिका नजिकै रहेको प्रसिद्ध गुफा हो।[१] कैलाश गुफा बहाकोट गाविसमा पर्दछ। किम्बदन्ती अनुसार पौराणिक कालमा भगवान महादेव यसै गुफामा आएर बसेको पाइन्छ। यस गुफामा जाने २ वटा प्रवेश मार्गहरू छन। दुबै मार्ग करीव ३०० मिटर भित्र पसे पछि भेट हुन्छ भने एउटा मार्ग अझै अगाडि बढिरहेको छ। त्यसको अन्त्य कहाँ हुन्छ ठ्याक्कै एकिन छैन। स्थानिय भनाई अनुसार यहाँबाट एउटा कुकुर प्रवेश गरी राङभाङ गएर निस्किएको थियो। यस गुफा भित्र आर्कषक देवी-देवतागाई को मुख चित्र तथा आकिर्तिहरू लगाएत भित्र एउटा छ्याङ छ्याङ गर्ने पोखरी पनि छ।[२]

चित्रवाली[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]