हिमाली प्रदेश (नेपाल)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


पहाडी प्रदेशको उत्तरतर्फ ३३६० मी. भन्दा बढी उचाइको क्षेत्रमा पूर्व-पश्चिम फैलिएको हिमाली प्रदेश छ। यस प्रदेशले नेपालको कूल भू-भागको १५ प्रतिशत(२२०७७.१५ व.कि.मि.) क्षेत्रफल ओगटेको छ। नेपालको उत्तरतर्फ पूर्वी सिमादेखी पश्चिमी सिमासम्म लमतन्न परेर बसेको यो क्षेत्र करिब २५ देखि ३० किमि को चौडाई र पूर्व पश्चिम लम्बाई ८८५ किमि रहेको छ । पत्रे चट्टान्द्वारा निर्मित यो क्षेत्र पूर्वमा खुम्चिएको र पश्चिममा फुकेको छ । यस प्रदेशमा ५००० मीटरमा हिमरेखा पर्ने र यहाँ नेपालका विश्व-प्रसिद्ध हिमशिखरहरू पर्ने भएकाले यहाँ मानव बस्ती र खेतीयोग्य जमीन कम छ। विश्वकै सर्वोच्च शिखर सगरमाथासमेत यसै प्रदेशमा छ । अत्यन्त चिसो हावापानी, जटिल भू-बनावट र कठोर जनजीवन शैलीका कारण बसोबास पातलो छ। यस क्षेत्रमा उद्गमस्थल भएका नदीहरू अविरल रूपमा बग्दछ्न् । यस क्षेत्रमा खासगरी शेर्पा, थकाली, भोटे, मनाङ्गे आदि जातिका मानिसहरु बसोबास गर्दछ्न् भने यहाँको मुख्य पेशा पशुपालन र पशुजन्य उत्पादन हो । २०५८ सालको जनगणनाअनुसार यहाँ नेपालको ७.२९ प्रतिशत जनसङ्ख्या मात्र बसोबास गर्छन् । यस प्रदेशको चौडाइ करिब २४ कि.मी. देखि ४८ कि.मी. छ।