भट्टराई डाँडा

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
भट्टराई डाँडा
—  गाउँ  —
BhattaraiDanda.jpgमोहमीबाट देखिएको भट्टराई डाँडा

Lua error in मोड्युल:Location_map at line 502: Unable to find the specified location map definition: "Module:Location map/data/नेपाल" does not exist.नेपालको नक्शामा भट्टराई डाँडा

निर्देशाङ्क: २७°५२′५९″उत्तर ८३°५५′५८″पूर्व / २७.८८३१६१° उत्तर ८३.९३२७४३° पूर्व / 27.883161; 83.932743निर्देशाङ्क: २७°५२′५९″उत्तर ८३°५५′५८″पूर्व / २७.८८३१६१° उत्तर ८३.९३२७४३° पूर्व / 27.883161; 83.932743
देश  नेपाल
प्रदेश गोर्खा प्रदेश
जिल्ला स्याङ्जा जिल्ला
नगरपालिका चापाकोट नगरपालिका
क्षेत्रफल
 - जम्मा २.१५ किमी (०.८ वर्ग मी)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)
 - जम्मा ५५१
 जनघनत्व २५६.३/किमी (६६३.८/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-६३
केन्द्र चापाकोट नगरपालिकाको कार्यालय

विसं २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह (गाउँपालिका तथा नगरपालिका) लागू गर्दा स्याङ्जा जिल्लामा साँखर, पकवादीको वडा नं. ८, मल्याङकोटको वडा नं. (१-३,५-९) र सेखाम गाउँ विकास समितिहरूलाई समेटेर चापाकोट नगरपालिका घोषणा गर्यो ।[१] साँखरलाई चापाकोटमा समायोजन गरिएसंगै ९ वडामा विभाजित साँखर अहिले चापाकोटको २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई चापाकोटको वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई नगरपालिका वडा नं. ७ मा गाभिएको छ ।[२]

भट्टराई डाँडा बाट देखिएको केलादीघाट

भट्टराई डाँडा चापाकोट नगरपालिकाको वडा नं. ६ मा पर्ने गाउँ हो । भट्टराई डाँडा, स्याङ्जा जिल्लाको दक्षिण पुर्बी क्षेत्रमा पर्ने अति नै रमणीय, सुन्दर, शान्त ठाउँ मध्येको एक हो । खास गरि दक्षिण भागमा बग्ने कालीगण्डकी नदी, जसलाई शालिग्राम शिलाको खानीको रुपमा चिनिन्छ, त्यसले अझ भट्टराई डाँडाको सुन्दरतालाई बयान गर्दछ । भट्टराई डाँडाको जनसङ्ख्या ५५१ रहेको छ । यो गाउँमा १४६ वटा घर छन् ।[३]

समाज[सम्पादन गर्ने]

प्रमुख तिर्थस्थल केलादीघाटमा बाहुनहरुको बाहुल्यता रहेको छ । ब्राह्मण, क्षेत्री, नेवार, सुनार, ठकुरी, सार्की, कुमाल, विश्वकर्मा, यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । त्यस्तै गरि दक्षिण भाग जुन गण्डकी नदीले सिमाना बनाउदै पाल्पा जिल्ला संग छुट्टिएको अनि पश्चिमी भाग जुन सेखाम संग सिमाना जोडिएको छ, त्यो क्षेत्रमा भने प्राय बाहुन जातका मानिसहरु बसोबास गर्ने गर्दछन । जुनसुकै जातजातिका मानिसहरु भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने हिन्दुनै हो । प्राय यहाँका मानिसहरु दसैं, तिहार, तीज लगायतका चाडहरु धुमधामका साथ मनाउने गर्दछन ।[४][५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  2. "हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३ 
  3. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  4. "स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू : केलादीघाट", उज्यालो लाल्टिन, उज्यालो लाल्टिन, अन्तिम पहुँच २२ जुलाई २०१६ 
  5. "ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र", जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा, जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा, अन्तिम पहुँच २२ फाल्गुन २०७३ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]