नुहाउनु

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
जेन पिरेले सन् १७८५ मा बनाएको नुहाइरहेको चित्र

नुहाउनु भन्नाले कुनै तरल पदार्थ, मुख्यतया पानीले शरीर धुने क्रियालाई जनाउँछ| यो कार्य व्यक्तिगत स्वच्छता, धार्मिक अनुष्ठान वा चिकित्साको प्रयोजनको उद्देश्यहरूको लागि गर्ने गरिन्छ। नुहाउने कार्य तातोदेखि चिसो पानी भएका जुनसुकै ठाउँमा गर्ने गरिन्छ।[१] यो कार्य सामान्यतया बाथटब वा धारा, नदी, ताल, पानीको पोखुल्टा, पोखरी वा समुन्द्र, वा अन्य कुनै पानीका स्रोत वा पानी भएका स्थानहरूमा गर्ने गरिन्छ।मनरोन्जान्त्मक हिसाबबाट अन्य प्रक्रियामा भने घाममा, स्टिम वा समुद्रबाट पनि नुहाउने प्रक्रियालाई पनि नुहाउनुको उपमा दिइने गरिन्छ।

नहाउने प्रक्रियामा तातो वा चिसो पानीको प्रयोग गरिन्छ, यसका लागी नुहाउनका निम्ति तयार पारिएको भाँडो (बाथटब) को या पानीको फोहोरा (स्प्रे) को प्रयोग गरिन्छ। यसका साथै खोला, नदी, समुद्र, तलाउ जस्ता पानीका स्रोत पनि प्रयोग गरिन्छन्। धार्मिक प्रक्रियाका निमित्त बाप्तिजम शब्दको प्रयोग गरिन्छ। त्यस्तै थेरापीका निम्ति भने हाइड्रोथेरापी शब्दको प्रयोग गरिन्छ; मनोरन्जनका लागि भने पौडनु शब्दका प्रयोग गरिन्छन्।

इतिहास[सम्पादन गर्ने]

इतिहास देखि नै पानी शहरसम्म वा जनसंख्या भएका स्थानमा पानी ल्याउने व्यवस्था मिलाइएका छन्। दैनिक नुहाउने नित्यकर्म अन्तर्गत प्राचीन भारत पर्दछन्। यस प्रक्रियालाई ग्रिह सुत्र अन्तर्गत उल्लेख गरिएका छन्।

प्राचिन ग्रिसमा पनि नुहाउनका निम्ति साना भाँडाका प्रयोग गरिएका उल्लेख पाइन्छन्। मध्य-दोस्रो सहस्राब्दी ई.पू. देखि नै नुहाउने कुराका खोजी भएका छन्। होमरमा बाथटब शब्दका एगार पटक उल्लेख भएका छन्। ग्रीकमा पछि नुहाउनका निम्ति सार्वजनिक स्थल विकास भएका पाइन्छन्, जससँगैँ व्यायाम स्थल हुने गर्दथे।

प्राचिन रोमले सबै ठूला शहरहरू र जनसंख्या केन्द्रहरूमा पानी आपूर्ति गर्न व्यवस्था मिलाएका पाइन्छन्। घरभित्र सार्वजनिक कुवाहरू‍, नालाका विकास शहरमा विकास गरिएका थिए। रोमनका सार्वजनिक स्नानगृहहरूलाई थर्मा भनिन्थ्यो। थर्मे नुहाउनका लागि मात्र मभई महत्त्वपूर्ण वा सार्वजनिक कार्यहरू गर्न स्थल पनि थियो। यसमा चिसो, न्यानो र तातो स्नान, बहसका लागि कोठा, र सामान्यतया ल्याटिन पुस्तकालयको साथ धेरै प्रकारका शारीरिक व्यायाम र एम्बुलेशनहरूको सुविधा प्रदान गर्ने गर्दथ्यो। ती आम जनताका लागि एक उपकारक, (प्राय: सम्राटद्वारा) प्रदान गरिएको थियो। त्यस समयका अन्य साम्राज्यहरूमा सार्वजनिक स्थलको विकासमा रुचि रहने गर्थेनन्; यसै रोमन प्रचलनले उनीहरूको संस्कृति विभिन‍्न ठाउँहरूमा फैलायो। थर्मे वर्ग-स्तरित थिएन: यो सबैलाई कुनै शुल्क वा थोरै शुल्कमा उपल्बध हुने गर्दथ्यो। रोमन साम्राज्यको पतनसँगै, जलको यस प्रणाली बिग्रिए। साम्राज्यको ईसाईकरणको समयमा, सार्वजनिक नैतिकता सम्बन्धी विचारहरू बदल्दा नुहाउने ठाउँका विषय त्यति लोकप्रिय हुन पाएनन्।

सातौँ शताब्दी अघि, जापानीहरु तलाउ, किनारमै नुहाउने एकिन गरिएका छन्। नुहाउनका निम्ति कुनै बन्द कोठाको प्रयोग भएका कुरा यस अघि पाइदैँनन्। छैटौँ र आठौँ शताब्दीमा (आसुका र नारा कालमा) बौद्धिक धर्मको अबलम्बन पछि जापानी परम्परामा केही भिन्नता आए। बुद्ध धर्मका मन्दिरहरुमा साना स्नान कोठा (युया) भिक्षुहरुका निम्ति हुने गर्दथे। शुद्धताका मान्याताले ती स्नान कोठाहरु सार्वजनिक पनि भए। धनीहरुका भने घरमै निजी स्नान गृह हुने गर्दथे।

पहिलो स्नाना गृह सन् १२६६ मा उल्लेख भएको छ। आधुनिक टोकियो (एडो मा) सन् १५९१ मा पहिलो सेन्टो (स्नान गृह) स्थापना भएका थिए। वाफ बाट नुहाउनका निम्ति इवाबुरो वा कामाबयरो भनिन्छन्।त्यस्ता संरचना गुफामा बनाइने गर्दथे। इवाबुरोमा ढुङ्गाहरुलाई तताइन्थ्यो जसमा समुन्द्री पानीलाई खन्याउँदा निस्किएका वाफलाई साना छिद्रहरु बाट स्नान कोठमा पुर्याइन्थे। स्नान कोठाहरु साह्रै साना र अध्याँरा हुने गर्दथे। सन् १८७० मा यसलाई नैतिक र सफाको दृश्टिकोणका आधारमा बन्द गरिए।[२]

एडो काल (सन् १७०३ देखि १८६८) मा दुई प्रकारका स्नान पाइन्छन्: तातो पानीद्वारा स्नान (युया) र वाफ बाट गरिने स्नान (मुसीबोरो)। उक्त समयमा महिला र पुरुषको स्नान स्थल एउटै हुने गर्दथे। स्नानमा सघाउन, कपाल धुन वा सफा गरिदिनका निम्ति महिला (युना) हरुका परिचालन गरिएका हुन्थे। सन् १८४२ पछि युनाहरु राख्ने चलनमा निषेध गरिए। हाल सेन्टोमा भने महिला र पुरुष स्नानका लागि भिन्नै कोठाहरु हुने गर्दछन्।[३]

उद्देश्य[सम्पादन गर्ने]

नुहाउनुका मुख्य उद्देश्य नै व्यक्तिगत सरसफाइ नै हो। यसले छालामा रहेका मृत कोषिका, फोहोर, धुला वा मैलालाई फाली रोगको फैलावटलाई कम गर्दछन्। नुहाउनुले आफुमा सफाइको भावना जागृत गर्दछ। नुहाउनु लाई धार्मिक प्रक्रियासँग जोडिएको छ। [४]

शिशुलाई नुहाउन[सम्पादन गर्ने]

साना शिशु वा बच्चाहरुलाई साना भाँडामा राखी नुहाइने गरिन्छन्।[५] शिशुलाई नुहाउँदा आस्थ्मा जस्ता रोग सँग पनि हेरिएको छ।[६] बच्चालाई नुहाउबका निम्ति तापक्रम ३२–३८ °से (९०–१०० °फे) हुनु पर्दछ।[७]

प्रकार[सम्पादन गर्ने]

बाल्टी र मग, नुहाउनका निम्ति प्रयोग हुने सामान्य सामग्रीहरु

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "चिसो पानीले नुहाउने कि तातो पानीले ? यसरी छान्नुहोस्", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच ११ अक्टोबर २०२० 
  2. Gallagher, J. (2003). Geisha: A Unique World of Tradition, Elegance, and Art. London: PRC Pub. p. 87. आइएसबिएन १८५६४८६९७४
  3. Badehäuser, Schwitzbäder, Heisse Quellen. Katalog der Staatlichen Museen zu Berlin, Berlin 1997.
  4. Shove, Elizabeth (२००४), Comfort, Cleanliness and Convenience The Social Organization of Normality (New Technologies/New Cultures), New York: Berg, आइएसबिएन 978-1-85973-630-2 
  5. "Bathing your baby", babycentre.co.uk. Retrieved May 4, 2014.
  6. "Too Many Baths?", parenting.com. Retrieved May 4, 2014.
  7. Elizabeth Pantley Gentle Baby Care- 2003 0071504664 Page 43 "Fill the tub with bathwater that is warm, not hot. Thoroughly mix the hot and cold water, then check the temperature with your elbow or wrist, or use a baby bath thermometer to keep the temperature of the bathwater between 90 ̊F (32 ̊C) and 100 ̊F (38 ̊C). .