सिरुबारी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

स्याङ्जाको पञ्चमुल गाविस– ४ लाई सिरुबारी (१,६१०मिटर) भनिन्छ। सिरुबारी गुरुङ बस्ती हो। त्यहाँका ३९ मध्ये २२ घरमा होमस्टे सुविधा छ। बेलायतीभारतीय सेनामा जागिर भएका र रिटायर्ड भइसकेकाहरूको बस्ती भने हुन्छ, सिरुबारीलाई।[१]

ऐतिहासिक महत्त्व[सम्पादन गर्ने]

सिरुबारीबाट हिमाल देखिँदैन। हिमाल हेर्न डाँडामा चढ्नु पर्छ। गाउँमाथि देउरालीबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रेदेखि लमजुङ हिमालको लामो लर्कन देखिन्छ। डाँडाको टुप्पी गोरुजुरेमा पुग्न सिरुबारीबाट दुई घन्टा लाग्छ। सबैभन्दा अग्लो थुम्रो जुरो (२,०२३ मिटर) बाट झन् राम्रो भ्यू देखिन्छ। डाँडामा डहरा ऋषिले उहिल्यै तपस्या गरेका थिए। त्यहाँ आश्रम छ। सिरुबारीले सन् २००१ मा पाटा गोल्ड अवार्ड पाएको थियो। माओवादी द्वन्द्वका बेला सिरुबारीमा पर्यटन सुरु गरिएको थियो। सुरुका दिनमा सिरुबारीको मार्केटिङमा टोनी पार नाउँका विदेशीले ठूलो योगदान पुर्याथएका थिए। सिरुबारीले इतिहास रचेको छ। तर, जनशक्ति अभावले इतिहास बोकेको गाउँ समस्यामा परेको छ। तन्नेरीहरू बेलायत बस्छन्। बूढापाका पोखराकाठमाडौं बस्छन्। थोरैमात्र गाउँमा छन्। कतिपय घरमा ताल्चा लागिसकेको छ। सिरुबारीका गाउँले सम्पन्न छन्। समितिका पर्यटन संयोजक जुम गुरुङका अनुसार होमस्टेको आम्दानी पनि राम्रै छ। सिरुबारीको गौरव जोगाउन जुम दाइसहित आमा समूह लागिपरेको छ। काठमाडौं–पोखरा दुई २०० किमि छ। बसमा ६ घन्टा। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किमि। पोखराको पृथ्वीचोकबाट बिहान १०ः३०, ११ र दिउँसो १ र २ बजे सिरुबारी जाने गाडी छुट्छन्। गाडीमा ५ घन्टा।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "आत्मीय सिरुबारी", नागरिक दैनिक, नागरिक दैनिक, ३० फागुन, २०७१, अन्तिम पहुँच ३० फागुन 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]