सामग्रीमा जानुहोस्

खैरहनी नगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(खैरहानी नगरपालिकाबाट अनुप्रेषित)
खैरहनी नगरपालिका
खैरहनी नगरपालिका मा पर्दछ खैरहनी नगरपालिका
खैरहनी नगरपालिका
खैरहनी नगरपालिका मा पर्दछ चितवन जिल्ला
खैरहनी नगरपालिका
खैरहनी नगरपालिका मा पर्दछ बागमती प्रदेश
खैरहनी नगरपालिका
खैरहनी नगरपालिका मा पर्दछ नेपाल
खैरहनी नगरपालिका
निर्देशाङ्क: २७°३६′N ८४°३४′E / 27.60°N 84.56°E / 27.60; 84.56
देश नेपाल
प्रदेशबागमती प्रदेश
जिल्लाचितवन
वडा सङ्ख्या१३
स्थापित२०७३ फागुन २७
सरकार
  प्रकारनगर सभा
  नगरप्रमुखशशीकुमार खनियाँ (नेपाली काङ्ग्रेस)
  उपप्रमुखकविता उप्रेती (नेकपा (एमाले))
क्षेत्रफल
  जम्मा८५.५७ किमी (३३.०४ वर्ग माइल)
जनसङ्ख्या
  जम्मा६७,३८५
  घनत्व७९०/किमी (२०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
सदरमुकामसाविक खैरहनी गाविसको कार्यालय, पर्सा बजार
वेबसाइटkhairhanimun.gov.np

खैरहनी नगरपालिका नेपालको बागमती प्रदेश अन्तर्गत चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो। साविक खैरहनी गाविसको पर्सा बजार रहेको ठाँउलाई नगरपालिकाको केन्द्र बनाइएको छ।[] यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो तर कार्यन्वयनमा हाल २०७१ वैशाख २५ देखि आएको थियो। यसलाई नगरपालिका घोषणा गर्दा खैरहनी, कुमरोज, चैनपुरकठार गाउँ विकास समितिहरू समावेश गरिएका थिए।[] आर्थिक वर्ष २०६८/६९ को बजेट मार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिँदा खैरहनी पनि नगरपालिका बनेको थियो।

खैरहनी, कुमरोज, चैनपुरकठार गाविसहरूलाई मिलाएर खैरहनी नगरपालिका बनाइएको थियो। राष्ट्रिय जनगणना २०७८को जनगणना यहाँको जनसङ्ख्या ६७,३८५ रहेको छ भने यहाँ १६,३९५ घरधुरी रहेका छन्।[]

वडागत विभाजन र जनसङ्ख्या

[सम्पादन गर्नुहोस्]

नेपालको बाह्रौँ राष्ट्रिय जनगणना, २०७८ अनुसार खैरहनी नगरपालिकाको कुल जनसङ्ख्या ६७,३८५ रहेको छ। यस नगरपालिकालाई १३ वटा वडाहरूमा विभाजन गरिएको छ। नगरपालिकाको वडागत विवरण, क्षेत्रफल र जनघनत्वको विस्तृत तथ्याङ्क तलको तालिकामा दिइएको छ:

खैरहनी नगरपालिकाको वडागत विभाजन, जनसङ्ख्या र जनघनत्व (२०७८)
वडा नं.समावेश साविकका वडाहरूजनसङ्ख्या (२०७८)क्षेत्रफल (वर्ग कि.मी.)जनघनत्व (व्यक्ति/वर्ग कि.मी.)
चैनपुर (१-२)६,६५५४.०११,६५९.६०
चैनपुर (३-४)६,१२८८.५८७१४.२२
चैनपुर (५-७)४,५२०९.८७४५७.९५
चैनपुर (८-९)४,३८८७.१२६१६.२९
खैरहनी (८-९)३,०१७४.४८६७३.४४
खैरहनी (६-७)५,९४३२.१७२,७३८.७१
खैरहनी (३,५)३,४८१४.०८८५३.१८
खैरहनी (४)७,४४६१.१९६,२५७.१४
खैरहनी (१-२)५,८०२५.८५९९१.७९
१०कठार (१-७)७,४६४१०.६२७०२.८२
११कठार (८-९)३,३९१६.३६५३३.१८
१२कुमरोज (५-९)४,२३०१०.१६४१६.३४
१३कुमरोज (१-४)४,९२०११.०८४४४.०४
जम्मा६७,३८५८५.५७७८७.४८

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. 1 2 "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१
  2. "थप ७२ नगरपालिका घोषणा (सूचिसहित)", कान्तिपुर पोस्ट, कान्तिपुर पोस्ट, २०७१ वैशाख २५, अन्तिम पहुँच वैशाख २५ अभिलेखिकरण २०१४-१०-२३ वेब्याक मेसिन
  3. "कुन कुन नयाँ नगरपालिका बने ?", nepalbritain.com, २०७१ बैशाख २५, अन्तिम पहुँच २०७१ बैशाख २५ अभिलेखिकरण २०१६-०३-०५ वेब्याक मेसिन

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]