माडी नगरपालिका

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
माडी नगरपालिका
—  नगरपालिका  —
Basantapur Bazaar Chowk.JPGमाडी बसन्तपुर बजारको एक दृश्य
आदर्श वाक्य: हाम्रो माडी राम्रो माडी
माडी नगरपालिका Nepal-এ অবস্থিত
माडी नगरपालिका
माडी नगरपालिका
नेपालमा रहेको माडी नगरपालिका
निर्देशाङ्क (माडी): २७°२४′४६″ उत्तर ८४°२२′३०″ पूर्व / २७.४१२७८° उत्तर ८४.३७५००° पूर्व / 27.41278; 84.37500निर्देशाङ्क: २७°२४′४६″ उत्तर ८४°२२′३०″ पूर्व / २७.४१२७८° उत्तर ८४.३७५००° पूर्व / 27.41278; 84.37500
देश  नेपाल
विकास क्षेत्र मध्यमाञ्चल
अञ्चल नारायणी अञ्चल
जिल्ला चितवन जिल्ला
स्थापना मंसिर २०७१
क्षेत्रफल
 - जम्मा २१८ किमी (८४.२ वर्ग मी)
अवनति २०८ मि (६८२ फिट)
जनसङ्ख्या (राष्ट्रिय जनगणना २०६८)[१]
 - जम्मा ३७,६८३
 जनघनत्व १७२.९/किमी (४४७.७/वर्ग मी)
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+५:४५)
टेलिफोन कोड +९७७-५६
वेबसाइट *माडी नगरपालिका, बसन्तपुर, चितवन

माडी नगरपालिका नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत नारायणी अञ्चलमा पर्ने चितवन जिल्लामा अवस्थित एक नगरपालिका हो।[२][३] स्थानीय विकास मन्त्रालयले थप ६१ वटा नयाँ नगरपालिका थप्दा चितवन जिल्लामा बघौडा, गर्दी, कल्याणपुरअयोध्यापुरी यी ४ गाउँ विकास समितिहरू लाई समेटेर माडी नगरपालिका घोषणा गरिएको हो।[३][४] माडी नगरपालिकाको केन्द्रभने साविकको बघौडा गाविस–३, बसन्तपुर बजार रहको छ।

जनसङ्ख्या[सम्पादन गर्ने]

माडी नगरपालिका साविकका बघौडा, गर्दी, कल्याणपुरअयोध्यापुरी गाविसहरू मिलेर बनेको हो। त्यसैले राष्ट्रिय जनगणना २०६८ अनुसार यी ४ गाविसहरूको जनसङ्ख्यालाई जोड्दा माडी नगरपालिकाको कूल जनसङ्ख्या ३९,४३८ हुन्छ।[१]

परिचय[सम्पादन गर्ने]

चितवन जिल्लाको माडी क्षेत्र पनि वर्षौंदेखि भौतिक विकास र सहज जीवनयापनको पर्खाइमा रहिआएको छ । माडी क्षेत्र धार्मिक, ऐतिहासिक, आधुनिक कृषि र पर्यटकीय हिसाबले अग्रस्थानमा रहिआएको छ । माडी क्षेत्रको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय अवस्थाका बारेमा अध्ययन, अनुसन्धान र वैज्ञानिक शोधकार्य तयार पार्नु आवश्यक देखिन्छ । पूर्व–पश्चिम राजमार्गको भरतपुर खण्डबाट दक्षिणतर्फ करिब ३६ किमी परदेखि माडी क्षेत्र शुरू हुन्छ । यो यात्रा सार्वजनिक गाडीका लागि २ देखि ३ घन्टाको हुने गर्दछ । भरतपुरको चौबीसकोठीबाट दक्षिण तर्फ लागेपछि कृष्णपुर, यज्ञपुरी, प्रेमबस्ती, चोकबजार, गीतानगर, पकौडी, पटिहानी, जगतपुर अनि चितवन राष्ट्रिय निकुञ्ज पार गरेपछि आउने समथर भूभाग नै माडी क्षेत्र हो । समथर भूभागको बाहुल्य रहेको माडी क्षेत्रको चारैतिर उच्च पहाड देख्न सकिन्छ । चितवनको दक्षिण भेगमा भारतसँग सिमाना जोडिएर रहेको माडी क्षेत्रको कुल क्षेत्रफल (समुन्द्र सतहबाट १४४ मीटर देखि १९४७ मीटरसम्म )२३८.५५ वर्ग किमी रहेको छ । भूबनोटका हिसाबले माडीका अधिकांश भागहरु समथर भूभागले ओगटेको छ । माडीको चारैतिर घेरिएर रहेको जंगली क्षेत्र भने पहाडी भूबनोटले बनेका छन् । यसरी जगंली भागदेखि चुलिँदै गएका यी भूभागहरु मडी क्षेत्रको उत्तरमा चुरे पर्वत र दक्षिणमा सोमेश्वर पुगेर टुंगिन्छन् । माडीबासीको जीवन भोगाइको अनुभव लामो समयसम्म अस्वाभाविक रुपमा स्थिर रहिरहे पनि पछिल्लो समयमा भने माडीले भौतिक विकासतर्फ अगाडि बढेसँगैं माडीबासीको जीवन भोगाइ सहज बन्दै गइरहेको छ । माडीको भौगोलिक अवस्थिति, ऐतिहासिक दस्तावेज तथा प्राकृतिक श्रोत र साधन अझै राज्यको चासोको विषय बन्न सकेको छैन ।

पृष्ठभूमि[सम्पादन गर्ने]

पृष्ठभूमि[सम्पादन गर्ने]

काठमाडौंमा लिच्छवि वंशको शासन शुरू भएपछि लिच्छवि राजा मानदेवले तत्कालीन मल्लपुरी आक्रमण गरी काठमान्डौँ फर्कने क्रममा चितवनमा थारु जातिको बसोबास शुरू भएको भन्ने अनुमान गरिन्छ र चितवनमा बसोबासको शुरूवात माडी क्षेत्रबाट भएको हुन सक्ने अनुमान सजिलै लगाउन सकिन्छ । लिच्छविकालीन राजा अशुंवर्माको पालामा भारतसँग हुने गरेका सबै व्यापारहरु माडीको सोमेश्वरको बाटो हुँदै हुने गर्दथे । हालको माडीको सोमेश्वर त्यतिखेरको एकमात्र नेपाल र भारतबीचको सीमा नाका थियो । यसरी लिच्छविकालमा माडी एउटा व्यापारिक नाका भएको प्रस्ट हुन आउँछ । यसबाट हामीले अनुमान गर्न सक्छौँ कि चितवनको सभ्यता माडीबाट शुरू भएको हुनुपर्छ ।

नामाकरण[सम्पादन गर्ने]

हालको बघौडागर्दी गाविस मात्र शुरूशुरूमा माडी क्षेत्र थियो । पछि २०२३ सालमा चितवनलाई २२ पञ्चायतबाट ४२ पञ्चायत बनाउने क्रममा अयोध्यापुरी, कल्याणपुर र ठोरी पञ्चायत थप गरी पाँच पञ्चायतको माडी क्षेत्र थियो । तर, २०३४-०३५ सालमा सीमा पुनर्गठन समिति (२०३२) ले ठोरीलाई पर्सा जिल्लामा गाभेपछि माडी हालको आकारमा आएको हो । चार गाविस ओगटेर रहेको यस क्षेत्रको नाम कसरी माडी हुन गयो भन्ने विषयमा सुनिने गरिएका वा भन्ने गरिएका केही विश्वासिला तथ्यहरु यस प्रकारका छन् ।

माण्डव्य ऋषिको नामबाट[सम्पादन गर्ने]

अहिलेसम्मको सबैभन्दा विश्वासिलो तथ्यका रुपमा यसलाई लिने गरिन्छ।जसअनुसार हालको माडी स्थानमा एक जना माण्डव्य ऋषिले तपस्या गरेका हुनाले उनै ऋषिको नामबाट यस स्थानको नाम रहन गएको हो।

उपत्यका भएको हुनाले[सम्पादन गर्ने]

चारैतिरबाट माडी पहाडै पहाडले घेरिएकोले माडी एक उपत्यका हो । चारैतिर पहाडले घेरिएको बीचको सम्म भूभागलाई माडी पनि भनिन्छ । त्यसैले पनि हालको माडीको नाम माडी रहन पुगेको हुन सक्छ भन्ने अनुमानसलगाउन सकिन्छ।

थारु भाषाअनुसार[सम्पादन गर्ने]

हाल माडी भनेर चिनिने ४ गाविसभित्रका सम्पूर्ण भागलाई नभई बघौडाअन्तर्गतको रेवा नदीकिनारको केही भागलाई मात्र शुरूशुरूमा माडी भनेर चिनिन्थ्यो । थारु भाषामा माड भनेको धापिलो वा ओसिलो र डी भनेको घडेरी हुन्छ । यसरी माड र डी मिलेर माडी बनेको हुन सक्छ । शुरूमा माडी बस्ती ओसिलो र बस्ने ठाउँमात्र भएको हुनाले ओसिलो घडेरी वा थारु भाषामा घडेरी भनि नामकरण भएको हुन सक्छ।

माडीको हालको अवस्था[सम्पादन गर्ने]

झन्डै पचास वर्षअघिको माडी र अहिलेको माडीमा भौतिक विकासका दृष्टिले धेरै नै फरक देखिन्छ । हुलाकी सडकमा कालोपत्रे कार्य सम्पन्न भैसकेको छ भने विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगिसकेको छ । माडी क्षेत्रमा पूर्व– दक्षिण र पश्चिम–उत्तर हुनेगरी फैलिएको हुलाकी सडकको दायाँ– बायाँ टम्म मिलेका उत्तर–दक्षिण मोहडाका घरहरु रहेका छन् । सडक क्षेत्रका घरहरुमध्येमा प्रशस्तै घरहरुमा पसल रहेका छन् । सडकछेउका प्रायः घरहरु सिमेन्ट र इँट प्रयोग गरी बनाइएका छन् । माडीका आदिबासी थारु जाति भए पनि बस्तीमा बाहुन र क्षेत्रीको बाहुल्यता रहेको पाइन्छ । माडीका बस्तीहरुमा घरवरिपरि आँगन बनाउने र आँगन वा पिँढीको डिलमा मकैको सुली, परालको टौवा, गाईवस्तु बाँध्ने गोठ वा खोर आदि बनाउने चलन छ।माडीका चार गाविस बेग्लाबेग्लै चार वस्तुहरुका लागि प्रख्यात मानिन्छन् ।गर्दी गाविस तरकारी तथा फलफुल र तोरी खेतीका लागि । बघौडा गाविस रेशम खेतीका लागि ।कल्याणपुर गाविस माछापालन र रेशम खेतीका लागि । अयोध्यापुरी गाविस धान र मकै खेतीका लागि । धान, तोरी, रेशम र माछाका लागि माडी प्रख्यात छ ।माडीमा उत्पादित सम्पूर्ण किसिमका कृषिजन्य वस्तुहरु किसानहरुले स्थानीय व्यापारीलाई बिक्री गर्ने गर्दछन् भने स्थानीय व्यापारीले सदरमुकाम भरतपुरसम्म ल्याई बेच्ने गर्दछन् । माडीमा उत्पादन गरिने अन्नबाली एवं आँप, कटहर, लिची, नासपती, केरा, कागती, आरू आदि फलफूलका बगैँचाहरु दक्ष जनशक्तिको पहुँचभन्दा परै हुँदा अलपत्र अवस्थामै हुर्किरहेका छन् ।

माडीमा विकासको सम्भावना[सम्पादन गर्ने]

माडीको समग्र विकासलाई पर्यटकीय, ऐतिहासिक, धार्मिक र आधुनिक कृषि फारमका रुपमा सम्भावनासहित भिन्दाभिन्दै चार भागमा विभाजन गरी प्रस्तुत गरिएको छ ।

माडी पर्यटक स्थलका रुपमा[सम्पादन गर्ने]

प्रकृतिले सिँगारेको माडी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना उच्च रहँदारहँदै पनि पर्यटकीय विकास भने ज्यादै न्यून छ । माडी क्षेत्रको हावापानी, वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक स्थल, धार्मिक स्थल, थारु बस्ती र उनीहरुको संस्कृति, तरकारी तथा फलफूल खेती, माछापालन, रेशम खेती आदि पर्यटकका लागि आकषर्णका केन्द्र बन्न सक्छन् । चारैतिर पहाड, जंगल र बीचमा उपत्यकाको रुपमा रहेको माडी आन्तरिक पर्यटकका लागि पनि उत्तिकै महत्वपूर्ण स्थान छ । माडी कल्याणपुरको लक्ष्मीनिवासमा रहेको सहिद स्मारकमा निर्माण गरिएको टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भाग सजिलै अवलोकन गर्न सकिन्छ । रातको समयमा त्यस टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द झनै रमाइलो हुन्छ ।माडी क्षेत्रभित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरूङ्गी तथा जीवजनावार सजिलैसँग देख्न पाइन्छ । माडीभित्र रहेका पर्यटकीय क्षेत्रहरुमा गोद्धकधाम, पाण्डवनगर गाउँ, वाल्मीकि आश्रम, सोमेश्वरगढी, गर्दीबघौडाका थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, गोपालनगरको माछापालन, लक्ष्मीनिवास गाउँ आदि मुख्य हुन् भने सम्पूर्ण माडी नै एउटा सानो संग्रहालयजस्तो लाग्दछ । अयोध्यापुरीको जंगली क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट मेघौली र आसपासका केही क्षेत्र प्रस्ट रुपमा देख्न सकिन्छ । कल्याणपुर गाविसको गोपालनगरमा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि पर्यटकीय स्थलका रुपमा रहेको छ ।

माडी ऐतिहासिक स्थलका रुपमा[सम्पादन गर्ने]

माडीभित्र रहेका ऐतिहासिक महत्त्वका वस्तु वा स्थानहरुले पनि माडीलाई पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढाएका छन् । समग्र नेपालमा नै ऐतिहासिक महत्व बोकेको सोमेश्वरगढी माडीमा नै पर्दछ । यो सोमेश्वरगढी रहेको पहाडमा विभिन्न समयमा विभिन्न किसिमका हातहतियार, भाँडाकुँडा तथा ढुंगामाटाका आकृतिहरु फेला पर्ने गरेको भए पनि पुरातात्विक विभागले यसतर्फ चासो देखाएको छैन । यो गढी कसले बनायो र कहिले बनायो, अझैसम्म तथ्य थाहा छैन । सामान्यतया नेपाल र अंगे्रजबीच लडाइँ चल्दा अङ्ग्रेजी सेना रोक्नका लागि गढी निर्माण गरी १४ जना नेपाली सेना तैनाथ गरिएको, तर पछि पानीको समस्याले गर्दा तिनलाई त्यहाँबाट हटाई उपरदाङगढी सारिएको भन्ने कुरा कहीँकहीँ उल्लेख गरिएको पाइन्छ । अझ कहीँकहीँ त पाल्पाका राजा मुकुन्द सेनले निर्माण गर्न लगाएको र पछि अंग्रेजहरुले पनि त्यही पहाडको भारततर्फ फेदमा किल्ला निर्माण गर्न लगाएको भन्ने पनि पाइन्छ । तर, यसमा मेरो आपनै अलग विचार छ । लिच्छवि शासकहरु नेपाल आउँदा यही गढीको बाटो हुँदै आएका र पछि भारतसँगको व्यापार पनि यही नाकाबाट गरेका हुन सक्छन् । कसैलाई लाग्दैमा इतिहास मोडिँदैन, तर कुनैकुनै इतिहास विचारकै आधारमा पनि लेखिएका हुन सक्छन् । लिच्छविकालीन राजा अंशुवर्माको समयमा नेपाल र भारतबीच दक्षिणी नेपालको नाकाबाट वाणिज्य व्यापार हुने गथ्र्यो, जुन कुरा इतिहासले स्वीकार गरिसकेको छ । यसरी भारतबाट बोकेर ल्याएको सामान बिसाउने तथा त्यही सामानको कर उठाउन त्यहाँ खटाइएका कर्मचारी बस्नका लागि त्यो गढीको निर्माण अंशुवर्माले नै गराएका हुन सक्छन् । यो मेरो निजी विचार हो ।त्यस्तैगरी,गर्दी गाविसको पाण्डवनगर क्षेत्रमा रहेका प्राचीन मूर्ति तथा इनारको पनि धार्मिक साथै ऐतिहासिक महत्त्व रहेको छ ।

माडी धार्मिक स्थलका रुपमा[सम्पादन गर्ने]

माडीको वाल्मीकि आश्रम नेपालकै एक मुख्य धार्मिक स्थल हो । माडीभित्र वाल्मीकि आश्रमलगायत गोद्धक, छरछरे, गोविन्देश्वर महादेव, वैकुण्ठ ताल, परशुराम कुण्ड, रेवा नदी, कुकुरनाथ, बिरालोनाथ आदि धार्मिक महत्वका स्थान, ताल, नदी, मूर्ति वा मन्दिर छन् । गर्दीमा रहेको पाण्डवनगर पनि नेपालकै मुख्य धार्मिक स्थलमा पर्दछ । युधिष्ठिर, भीमसेन, अर्जुन, नकुल, सहदेव र द्रौपदी रेवा नदीकिनार आई बसेका हुनाले नै त्यो ठाउँलाई पाण्डवनगर भनिएको हो भन्ने धार्मिक मान्यता रहिआएको छ । यहाँ अझै पनि अर्जुनले वाणले खोपेर बनाएको भनिने इनार र उनीहरुका मूर्तीहरु देख्न सकिन्छ ।अयोध्यापुरी गाविसमा रहेको वैकुण्ठ ताल पनि पवित्र धार्मिक स्थल मानिन्छ । वैशाख शुक्ल पूर्णिमा र बालाचतुर्दशी गरी वर्षको दुई पटक मेला लाग्ने यहाँ भगवान् गौतम बुद्धले पनि एक रात बिसाएका थिए भन्ने किम्वदन्ती सुनिँइदै आइएको छ । वैकुण्ठ ताललाई पनि धार्मिक तथा ऐतिहासिक स्थलका रुपमा लिन सकिन्छ ।

माडी आधुनिक कृषि फारमका रुपमा[सम्पादन गर्ने]

माडीका चार गाविसका आ–आफ्नै कृषि विशेषता रहेको छ । गर्दी गाविस तरकारी तथा फलफुल र तोरी खेतीका लागि प्रख्यात छ । बघौडा गाविस रेशम खेतीका लागि राम्रो सम्भावना रहेको गाविस हो । त्यस्तै गरी, कल्याणपुर माछा पालनरेसम खेतीका लागि परिचित छ भने अयोध्यापुरी गाविस धानमकै खेतीका लागि उर्वर मानिन्छ । यसरी हेर्दा माडीका चारै गाविस धान, तोरी, रेशम र माछाका लागि प्रख्यात छन् । माडीको मौसम र माटोको प्रकार राम्रो खालको हुनाको कारणले पनि माडी पशुपालन वा कृषि दुवै कुराका लागि उत्कृष्ट छ ।

चुनौतीहरु[सम्पादन गर्ने]

माडी क्षेत्र पर्यटकीय, ऐतिहासिक तथा धार्मिक हिसाबले महत्वपूर्ण क्षेत्र हुँदाहुँदै पनि प्रचारप्रसारको कमीले गर्दा भौतिक विकासमा अझै पनि पछि परेको छ । माडीभित्र रहेका महत्वपूर्ण स्थान वा वस्तुको सामान्य प्रचारसम्म पनि हुन सकिरहेको छैन । माडीको भौतिक विकासलाई प्रत्यक्ष असर पारेका केही कुराहरुलाई बुँदागत रुपमा तल प्रस्तुत गरिएको छ ।

१. सदरमुकाम भरतपुर र माडीका बीचमा चितवन राष्ट्रिय निकुञ्ज पर्नु।
२. चितवन राष्ट्रिय निकुञ्जका नीति–नियमहरु।
३. माडीको चारैतिरको सिमानामा जंगली भाग रहनु।
४. बसाइसराइँ।
५. माडीभित्र प्रशस्त संख्यामा खहरे खोला हुनु।
६. माडीभित्र रहेका महत्वपूर्ण स्थान वा वस्तुको प्रचारप्रसार हुन नसक्नु।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "स्थानीय प्रशासन र सामुदायिक विकास कार्यक्रम", स्थानीय विकास मन्त्रालय, मंसिर, अन्तिम पहुँच मंसिर २०७१ 
  3. ३.० ३.१ "६१ नयाँ नगरपालिका घोषणा", हिमाल खबरपत्रिका, १६ मंसीर २०७१, अन्तिम पहुँच १६ मंसीर 
  4. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named फेरि थपिए सात उपमहानगर, ६१ नगरपालिका

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]


बाह्य लिङ्कहरू[सम्पादन गर्ने]