माडी उपत्यका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माडी बसन्तपुर बजारमा एकजना किसान गाडा चलाउँदै

माडी उपत्यका मध्य नेपालको चितवन जिल्लाको दक्षिण भागमा अवस्थित छ। यसलाई रिउ उपत्यका पनि भनिन्छ। यस उपत्यकाको प्रमुख नदी रिउ हो। क्षेत्रफलमा सारै सानो यस उपत्यकाको ठूलो भूभाग चितवन राष्ट्रिय निकुञ्जमा पर्दछ। पूर्व उत्तर तथा पश्चिममा चुरे पाहाड दक्षिणमा सोमेस्वर पहाडले घेरीएको माडी उपत्यका प्रशासनीक संरचनामा चितवन जिल्ला अन्तर्गत पर्दछ र यहाँ चार वटा गाँउ विकास समिती रहेका थिए।अहिले चारैवटा गा बि स हरूलाई समेटेर समग्र माडी लाई माडी नगरपालिका घोषणा गरिएको छ ।

राष्ट्रिय निकुन्ज काटेर भित्र पस्नु पर्ने भएकाले पनि यो उपत्यकाको समुचीत विकास हुन सकेको छैन। तर केही विद्यालय, उच्च माध्यामीक विद्यालय तथा एक क्याम्पस समेत रहेको यस उपत्यकाको केन्द्र बसन्तपुर बजार हो। भरतपुर लाई जोडने सडकको बिचमा पर्ने राप्ती तथा रिउ नदीमा पक्की पुल बनेपछी यो उपत्यकाको यातायात केही सहज भएको छ भने अन्य साना ठूला खोलामा पनि पुल बनाउन बाकी नै छ। यस उपत्यकाको पूर्व दक्षीण तर्फ जीतपुर ठोरी तथा भारतीय सिमा सम्म जोडने अर्को एक कच्ची सडक समेत रहेको छ।

अवस्थिति[सम्पादन गर्नुहोस्]

नेपालको ७५ जिल्ला हरूमा एउटा अत्यन्त रमणीय, सुगम तथा विकसित जिल्लाहरू मध्यको चितवन जिल्ला पनि एक हो यसै जिल्ल्ला अन्तर्गत भरतपुर सदरमुकामबाट ४० कि .मी. दक्षिणमा "माडी उपत्यका " पर्दछ / माडी उपत्यकाको दक्षिण तिर सोमेश्वर चुरे डांडा जुन भारतसंग जोडिएको छ भने यसको पुर्ब, पश्चिम र उत्तरमा राष्ट्रिय निकुन्ज पर्दछ । माडी उपत्यका भित्र गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी आदि ४ गा बि स हरू पर्दछन । यी ४ गाबिस का उर्बर एबम सुन्दर भू -भाग चारै तिरबाट चुरे डांडा अनि राष्ट्रिय निकुन्जले घेरिएको र पुर्ब पश्चिम लम्पसार परेको क्षेत्र नै "माडी उपत्यका " हो । यो क्षेत्रमा थुप्रै स -साना खोला, नाला र खोल्साहरू दक्षिणबाट उत्पन्न भै उत्तरतिर बगेका बगेका छन । जुन खोला नालाहरूले माडीबासी किसानहरू लै सिंचाईको लागि सजिलो बनाई दिएको छ । मरोट खोला, देउता खोला, घोसरी खोला, मगोई खोला, रौतने खोला, बादरमुडे खोला, रिमाल खोला, घाघर खोला, बघाई खोला आदि यहाका प्रमुख खोलाहरू हुन् । तेस्तै रेवा नदि माडीको प्रसिद् नदि हो । यो रेवा नदि माडी क्षेत्रको दक्षिण पुर्बबाट उत्पति भै माडीको ४ वटै गाबिस उत्तर तिर र राष्ट्रिय निकुन्जसँग जोडिएर पुर्ब पश्चिम नागबेली परेर निरन्तर बगिरहेको छ । बिगत देखि नै यो नदिमा वर्षाको बेलामा बाढीभेल आउने हुदा माडीबासि लाई सदरमुकाम आवत जावत गर्न निकै नै अप्ठेरोमा परिरहेको छ। हाल यो नदीमा पक्कि पुल निर्माण कार्य पुर्णरूपमा सम्पन्न भैसकेको छ। नेपालको राजधानीसंग जोड्ने छोटो दुरीको नाका भिखाना ठोडीलाई येही भरतपुर- माडी-ठोडी सडक खण्डले जोडेको छ । हाल माडी क्षेत्रको ४ गाबिस लाई जोड्ने बाटोमा ग्रामिण विकास योजना अन्तर्गत कालो पत्रे कार्य सम्पन्न भैरहेको छ । तेस्तै अब छिटै नै बिधुतिकरण कार्यको लागि आवश्यक पूर्वाधारहरूको निर्माण भै रहेको छ ।

भूगोल[सम्पादन गर्नुहोस्]

माडी क्षेत्रको बसन्तपुर बजारलाई माडीको मध्य बिन्दुको रूपमा लिइन्छ । यही बसन्तपुर बजारमा माडीको हेल्थ सेन्टर, क्याम्पस, माडी एफ एम, त्रिबेणी विकास बैङ्क, पुस्पान्जली हस्पिटल आदि सङ्घ सस्थाको साथै किनमेलकोलागि किराना तथा फेन्सी पसलहरू खुलेका छन। तेस्तै बरुवा बजार, बसन्तपुर बजार, कल्याणपुर, किर्तनपुर. देबेन्द्रपुर, खर्कटा आदि माडी का प्रमुख बजार हरू हुन् । यस क्षेत्र का मानिसहरूको प्रमुख पेशा कृषि नै हो । कृषि अन्तर्गत खेतीपाती, माछापालन, कुखुरापालन, पशुपालन आदि कार्य गरेर येहाका मानिसहरूले आय आर्जन गरी जिबिका गरी रहेका छन् । यसको अलावा ब्यापार व्यवसाय,गरेका र केहि युवा हरू वैदेशिक रोजगारीमा गएको कुरा पनि तथ्यांकहरूबाट स्पष्ट हुन्छ। हाल माडी क्षेत्रको जनघनत्व बढ्दो छ । हाल करिब १ लाखको हाराहारीमा माडी क्षेत्रको जनसङ्ख्या रहेको अनुमानित् तथ्यांक छ ।

पर्यटन[सम्पादन गर्नुहोस्]

माडी प्राकृतिक हिसाबले पनि अत्यन्त सुन्दर, रमणीय ठाउँ हो। येहको प्रमुख हेर्नलायक ठाउँ हरू मध्ये चैते दशैँमा लाग्ने गोदक मेला तथा परशुराम कुण्ड स्नान तिर्थ यात्रा, पाच पाण्डव गुप्त वास बसेको क्षेत्र, सोमेश्वर कालिका मन्दिर, बैकुण्ठ ताल, कल्याणपुर गोपलनगरको माछा खेति आदि हुन् ।

तेस्तै नेपालको द्वन्द कालको अत्यन्त हृदय विदारक बाँदरमुढे घटनाको स्मारक पनि माडी बासि जनसमुदाय कै तीतो सत्य हो । यस घटनाको कारणबाट पनि यो हाम्रो माडी क्षेत्र राष्ट्रिय अन्तराष्ट्रिय रूपमा परिचित छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]