सुर्खेत उपत्यका
सुर्खेत उपत्यका पश्चिम नेपालको पहाडी क्षेत्रमा पर्छ। पहाडी क्षेत्रका काठमाण्डौ र पोखरा उपत्यका पछि क्षेत्रफलमा तेस्रो ठूलो मानिन्छ । वीरन्द्रनगर शहरी क्षेत्र सहीत थुप्रै गांउ विकास समिती रहेको सुर्खेत उपत्यकाबाट झुप्रा निकास खोला आदी खोला प्रवाहीत छन् । यी खोलाहरू उपत्यका बाहिर निस्केर भेरी नदीमा मिल्दछन । सुर्खेतमा वुलवुले ताल कार्के दह लगायत साना ठूला ताल पोखरी समेत रहेका छन ।
सुर्खेत उपत्यका बर्तमान नेपाल एकीकरण हुनु अगाडि लामो समय जुम्लाको सिंजा राज्य तथा जाजरकोट राज्य द्वारा शासीत थियो । ऐतिहासीक लाटीकोइली देउती बज्यै तथा काक्रे विहारले सुर्खेतको ऐतीहासीकता झल्काउदछन । झन्डै ४०,००० हजार जनसङ्ख्या रहेको वीरेन्द्रनगर मुख्य सहरी क्षेत्र रहेको यस उपत्यका का अन्य गांउमा समेत गरी झन्डै दुई लाख जनसङ्ख्या रहेको छ । यो उपत्यकालाई बाकी नेपालसँग रत्न राजमार्गले तथा सिंजा उपत्यकासँग कर्णाली राजमार्गले र दाङ उपत्यकाको त्रिभुवननगरसँग एक कच्ची सडक मार्गले जोडेका छन । उपत्यकाको वीरेन्द्रनगर सहरी क्षेत्र तथा अन्य गांउहरूमा स्थानीय सडक संजालले जोडीएका छन ।
सुर्खेत उपत्यकाको वीरेन्द्रनगर समस्त मध्यपश्चिम नेपालकै प्रमुख वाणीज्य केन्द्र हुनुका साथै शिक्षा तथा श्वास्थको केन्द्र समेत भइरहेको छ । यहा सुर्खेत बहुमुखी क्याम्पस, वीरेन्द्रनगर बहुमुखी क्याम्पस, सामुदायीक श्वास्थ क्याम्पस, तथा प्रस्तावीत मध्यपश्चिमाञ्चल विश्वविद्यालय अवस्थीत छन भने , मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल, सुर्खेत जिल्ला अस्पताल तथा नेत्र उपचार केन्द्र समेत सञ्चालित छन, वीरेन्द्रनगर मध्यपश्चिमान्चल विकासक्षेत्रको क्षेत्रीय सदरमुकाम पनि भएकाले यहा सबै क्षेत्रीय स्तरीय कार्यालय तथा सुर्खेत जिल्ला स्तरीय कार्यालय रहेका छन । सुर्खेतमा भर्खर पिच गरीएको विमास्थल समेत रहेको छ ।
भूगोल
[सम्पादन गर्नुहोस्]अक्षांश: २८ ० २०' देखि २८ ० ५८'सम्म देशान्तर: ८० ० ५९' देखि ८२ ० २'सम्म क्षेत्रफल: २४५१ वर्ग कि.मी. औसत लम्बाइ: ………। औसत चौडाइ: ………॥ शहरी क्षेत्रफल: ४१ वर्ग कि.मी. ग्रामीण क्षेत्रफल २४१७ वर्ग कि.मी.