सामग्रीमा जानुहोस्

पाटन, बैतडी

निर्देशाङ्कहरू: २९°२७′N ८०°२०′E / 29.45°N 80.33°E / 29.45; 80.33
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाटन, बैतडी
पूर्व गाविस
पाटन, बैतडी is located in सुदूरपश्चिम प्रदेश
पाटन, बैतडी
नेपालको नक्सामा पाटनको अवस्थिति
पाटन, बैतडी is located in नेपाल
पाटन, बैतडी
पाटन, बैतडी (नेपाल)
निर्देशाङ्क: २९°२७′N ८०°२०′E / 29.45°N 80.33°E / 29.45; 80.33
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाबैतडी जिल्ला
क्षेत्रफल
 • जम्मा२०.४२ किमी (७.८८ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा५,२१७
 • घनत्व२६०/किमी (६६०/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

पाटन नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, सुदूरपश्चिमाञ्चल विकास क्षेत्र विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ५२१७ रहेको थियो जसमध्ये २४०० पुरुष र २८१७ महिला रहेका थिए भने यहाँ ११३४ घरधुरी रहेको थियो।[] यो हाल पाटन नगरपालिकामा पर्दछ।

यो पाटन नगरपालिकाको वडा नम्बर ६ हो।

पाटन गाविसका टोलहरू र पाटनको सडक सञ्जाल

पाटनको नामाकण

[सम्पादन गर्नुहोस्]

पाटन गा. वि. स. एउटा सम्म परेको उपत्यका हो । पाटन भन्नाले सम्म परेको भू भागलाई जनाउँदछ । त्यसकारण यस गा. वि. स. मा पर्ने एक गाउँको नाम पाटन रहन गयो, पछि आएर त्यस नामबाट यस गा. वि. स. को नाम पाटन रहन गएको हो ।

महाकाली राजमार्ग र पञ्चेश्वर सडक पाटन बजार भएर जान्छन् ।

गाविसको प्रमुख धार्मिक स्थलहरु

[सम्पादन गर्नुहोस्]

पाटन गाउँ विकास समितीमा दुईवटा प्रमुख धार्मिक स्थलहरु रहेका छन् ।

  1. उदयदेव मन्दिर
  2. कृष्ण मन्दिर पाटन, बैतडी

पाटनमा सुर्नया नदीबाट २०० कि.वा क्षमता भएको पावर हाउस सञ्चालनमा रहेको छ । नेपाल विद्युत प्राधिकरणको राष्टिय प्रसारण लाईन र स्थानीय पावर हाउसबाट पाटनका सबै गाउँका घर घरमा विद्युतको सुबिधा रहेको छ ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग