कैलपाल
कैलपाल | |
---|---|
देश | ![]() |
अञ्चल | महाकाली |
जिल्ला | बैतडी |
जनसङ्ख्या (२०५८) | |
• जम्मा | २७३८ |
समय क्षेत्र | युटिसी+५:४५ (नेपालको प्रमाणिक समय) |
कैलपाल नेपालको सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अञ्चल, बैतडी जिल्लामा अवस्थित गाउँ विकास समिति हो।
बसोवास[सम्पादन गर्नुहोस्]
यो गाविसमा चन्द जातिको बसोवास बढी मात्रामा भएता पनि बाहुन तथा दमाइ जाति पनि बसोवास गर्दछन् । यस गाविसमा खेतियोग्य जमीन धेरै कम मात्रामा छ । यहाँ प्रायः जसो चन्द बोहरा, दमाई, ठगुन्ना, भण्डारी, भट्ट आदि जातको बाहुल्यता बढी रहेको पाइन्छ ।
कैलपाल गा.बि.स.वडाहरु[सम्पादन गर्नुहोस्]
कैलपाल गा.बि.स.मा ९ओटा वडाहरु रहेका छन ती निम्न अनुसार छन ।
गाविसको प्रमुख धार्मिक स्थलहरु[सम्पादन गर्नुहोस्]
शिक्षा[सम्पादन गर्नुहोस्]
कैलपाल द एउटा उच्च माध्यमिक विद्यालय तीन ओटा निम्नमाध्यमिक र तीन वटा प्राथमिक बिधालय रहेका छ। गा.बि.स. को केन्द्रबिन्दु किम्तोली मा श्री उदयदेव उच्च माध्यमिक विद्यालय रहेको छ भने गा.बि.स.को १न.वडा उपल्लाबाटुला , भगौती र डंसिलीमा एक एकवटा निम्न माध्यमिक विद्यालय रहेका छन् । गेरडा,दानखोला ,र रुपल्लीमा प्राथमिक विद्यालय रहेका छन्।
यातायात[सम्पादन गर्नुहोस्]
यस गा.बि.स.मा यातायात को लागि बाटो पुगेका छैन यातायात को लागि दुई घण्टा पैदल अनार्खोली अथवा पाटन बजार पुग्नु पर्ने हुन्छ। दशरथचन्द राजमार्गमा पर्ने अनारखोलीबाट यसै गा.बि.स.भएर जोडिने सडकखण्ड निर्माणाधीन अवस्था मा छ । पाटन बजारबाट पनि यश गा.बि.स.लाई जोड्ने ग्रामीण सडक पनि निर्माणकार्य भै रहेको छ।