काठमाडौँ उपत्यका
| युनेस्को विश्व सम्पदा क्षेत्र | |
|---|---|
नासा पृथ्वी वेधशालाद्वारा अन्तरिक्षबाट लिइएको काठमाडौं उपत्यका | |
| स्थान | बागमती प्रदेश, नेपाल |
| मापदण्ड | सांस्कृतिक: (iii), (iv), (vi) |
| स्रोत | 121bis |
| दर्जा प्राप्त | सन् १९७९ (३th शत्र) |
| विस्तार | २००६ |
| खतरापूर्ण | २००३-२००७[१] |
| क्षेत्रफल | ६६५ वर्ग किलोमिटर |
| निर्देशाङ्क | २७°४२′१४″ उत्तर ८५°१८′३१″ पूर्व / २७.७०३८९° उत्तर ८५.३०८६१° पूर्व |
काठमाडौँ उपत्यका (नेवारी: स्वनिगः [swoniɡəː]) नेपालको राष्ट्रिय (संघिय) राजधानी, एतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो ।[२][३] काठमाडौँ उपत्यका (नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । यस उपत्यकाभित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, तथा ५७ गाउँ विकास समितिहरू गाविस थियो । हाल काठमाण्डौ उपत्यकामा १ महानगरपालिका, २० नगरपालिका र ३ गाउँपालिका रहेका छन् । [४]
इतिहास
[सम्पादन]उत्पतिको किम्बदन्ती
[सम्पादन]किंवदन्ती अनुसार काठमाडौँ उपत्यका परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो | महाचीनबाट आएका बोधिसत्व मंजुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितिय प्रकाश अवलोकन गर्नुभएर चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको पानी बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौँ उपत्यका हो|काठमाडौंलाई पहिले किरातहरूले नामकरण गरेका थिए जसलाई कोठमधुम भन्ने गर्थे किरातहरूको धर्म लाई मुक्धुम भनिन्छ। अहिले पनि राई, लिम्बु, याक्खाहरूको बस्तीमा कोट वा कोठ ठाउको नामकरण गरिन्छ जुन ठाउँ बिश्स्ता धर्म, कर्म, रितिर्वज, शिक्षा दिक्षा र गुठ को महान भूमिका राखिन्छ (कोठ + मुक्धुम = कोठमधुम) किरात राज्य पछि कस्ठामण्डप लाई काठमाडौं राखिएको पाइन्छ । राज्य गर्ने ठाउँ लाई कोट वा कोठ भनिन्छ कोट लाई २ किसिमले नामकरण गरिन्छ जुन पहिलो कोट एउटै मात्रै हुन्छ जुन अगाडि राखिन्छ जस्तै कोट + धर्म, ठाउँ र कुनै... दोस्रो कोट अन्तिम मा राखिन्छ जुन पहिलो कोट छुटिएर गाएको दाजु वा भई को राज्यलाई (शाख) कोट अन्तिममा राखिन्छ जस्तै : नगरकोट कोट+मण्डुम = काठमण्डु प्रमुख नगर+कोट = नगरकोट, चरी+कोट = चरीकोट शाख मानिन्छ ।
गोपाल तथा महिषपाल वंश
[सम्पादन]गोपाल वंश सबैभन्दा पहिलो राज्य हो भन्ने नेपालको इतिहासमा भेटिन्छ। उनीहरूको शासनकाल ५६१ वर्ष सम्म भएको अनुमान गरिन्छ । किबदन्ति अनुसार गोपाल राजाहरूले गाई पाल्थे भने भनाई अनुसार जुन पालेको गाईले दुध दुहुँदा दुध नदिई जंगलको एक ढुंगामा गइ दूध दिने गरेपछि गोपाल राजाले यी ढुंगालाई भगवान भनि आफूले पूजाआजा गर्दै आएपछि जुन क्षेत्रलाई अझ सम्म पनि पशुपतिनाथ, पशुपति मन्दिर भनेर चिनिन्छ ।
किराँत काल
[सम्पादन]किरात नेपालको प्राचीन जाति हो । कुनै समय नेपालमा यो सभ्यता शक्तिशाली अवस्थामा थियो । किरातहरू सभ्य, सुसंस्कृत र लडाकू थिए । काठमाडौं उपत्यकामा पशुपालन गरेर बसेका महिषपाल÷अभिरलाई धपाएर किरात राज्य स्थापना गरे भनिएको छ । किरात राज्यका संस्थापक यलम्बर थिए । किरातहरूले उनैको नेतृत्वमा आभीरमाथि विजय प्राप्त गरेका थिए । किरात सभ्यतामा आर्यमा जस्तो जात र वर्णका आधारमा भेदभाव गरिदैनथ्यो । महिलाको उच्च सम्मान गरिन्थ्यो । समाजमा सती र दासप्रथा थिएन । समाज समतामूलक थियो । जाति, वर्ण र वर्गका आधारमा भेदभाव नभको र सबै नागरिकमा समान नागरिक अधिकार प्राप्त भएकोले त्यतिखेरको किराती राज्य लोकतान्त्रिक राज्य थियो । तर त्यही समयमा भारतीय उपमहाद्वीपमा रहेका आर्य सभ्यता र राज्यहरूमा वर्गभेद, जातिभेद र वर्णभेद मात्र हैन दासदासी राख्ने र सतीप्रथाजस्ता विभेदकारी प्रचलन थिए । किरात कालमा विकसित भएका काठमाडौं उपत्यकाका गाउँहरूमा कुर्पासी (वर्तमान खोपासी), लेम्बटी (वर्तमान लेलले), थम्बु (वर्तमान ठैव), कुर्पासी (वर्तमान खोपासी), बुगायमी (वर्तमान बेगमती), खोपृङ (वर्तमान खोप अर्थात भक्तपुर)आदि प्रमुख थिए ।
इसापूर्व ९५० मा महाभारतको युद्ध भएको मानिन्छ । त्यस्तै बाह्रौँ किराती राजा जितेदास्तिका पालामा गौतम बुद्धका शिष्य आनन्द काठमाडौं आएका थिए । एक्काइसौँ किराती राजा स्थुङ्गोको पालामा भारतीय मौर्य सम्राट अशोक नेपाल आएका थिए । उनले आफ्नी छोरी चारुमतीको विवाह यहीँका क्षत्रीय देवपालसँग गरिदिको र पाटनको चारदिशामा चार चैत्यको निर्माण गरेका थिए ।
सम्राट अजातशत्रु (इ.पू. ४९३–४६२ इ.पू.) को पालामा मगध साम्राज्य विस्तारित भएको थियो । राज्यविस्तारका क्रममा अजातशत्रुले उत्तरी भारतका सबैजसो राज्यमाथि आक्रमण गरे । मगध साम्राज्यसँगको युद्धमा वैशाली गणराज्य तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवीहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे । अजातशत्रुबाट पराजीत भएपछि वैशालीका लिच्छवीहरू उपत्यकामा सरणार्थी भएर आए । त्यस्तै कपिलवस्तुबाट शाक्य कुशीनगरबाट मल्ल र रामग्रामबाट कोलियहरू पनि नेपाल छिरे । विस्तारै सोझा र इमान्दार किरातीलाई आफ्नो बसमा पारी लिच्छवीहरूले शासनाधिकारमाथि कब्जा जमाए । इसाको प्रथम शताब्दीतिर उनीहरूले किरात राज्य हडपे । अन्तिम किराती राजा गस्तिलाई हराएर उनीहरूलाई कोशीपारि धकेले । १९०३ वर्ष ८ महिना लामो ३१ पुस्ता सम्म को लागि काठमाडौँ उपत्यकाको शासन गरेका थिए । ति किरात राजाका सन्तानहरू मध्ये मा प्रमुख राई लिम्बु, याक्खा हुन् । जो नेपालमा किराँतीका रुप मा चिनिन्छ। सबै ३२ किरात राजा को एक सूची तल दिइएको छ ।
१.राजा श्री यलम्बर - ९० वर्ष,
२.राजा श्री पेलं - ८१ वर्ष,
३.राजा श्री मेलं - ८९ वर्ष,
४.राजा श्री चंमिं - ४२ वर्ष,
५.राजा श्री धस्कं - ३७ वर्ष,
६.राजा श्री वलंच - ३१ वर्ष ६ महिना,
७.राजा श्री हुतिं - ४० वर्ष ८ महिना,
८.राजा श्री हुरमा - ५० वर्ष,
९.राजा श्री तुस्के - ४१ वर्ष ८ महिना,
१०.राजा श्री प्रसफुं - ३८ वर्ष ६ महिना,
११.राजा श्री पवः - ४६ वर्ष,
१२.राजा श्री दास्ती - ४० वर्ष,
१३.राजा श्री चम्ब - ७१ वर्ष,
१४.राजा श्री कंकं - ५४ वर्ष,
१५.राजा श्री स्वनन्द - ४० वर्ष ६ महिना,
१६.राजा श्री फुकों - ५८ वर्ष,
१७.राजा श्री शिंघु - ४९ वर्ष ६ महिना,
१८.राजा श्री जुलम् - ७३ वर्ष ३ महिना,
१९.राजा श्री लुकं - ४० वर्ष,
२०.राजा श्री थोरम् - ७१ वर्ष,
२१.राजा श्री थुको - ८३ वर्ष,
२२.राजा श्री वर्म्म - ७३ वर्ष ६ महिना,
२३.राजा श्री गुंजं ७२ वर्ष ७ महिना,
२४.राजा श्री पुस्क - ८१ वर्ष,
२५.राजा श्री त्यपमि - ५४ वर्ष,
२६.राजा श्री मुगमम् - ५८ वर्ष,
२७.राजा श्री शसरू - ६३ वर्ष,
२८.राजा श्री गंणं - ७४ वर्ष,
२९.राजा श्री खिम्बुं - ७६ वर्ष,
३०.राजा श्री गिरीजं - ८१ वर्ष,
३१.राजा श्री खुरांज - ७८ वर्ष,
३२.राजा श्री गस्ती - ८५ वर्ष
तर त्यति बेला काठमांडू लाई काठमाडौँ भनिन्दैना थियो यहि किरातीहरूले नामकरण गरेको पाईन्छ त्यति बेला राज, काज, नीति, धर्म को लागि सम्पूर्ण किरातमूलबासी उपस्थिति हुनु पर्ने र नियाम कानुन र धर्मको पुजा-आजको लागि यहि ठाउँमा गइ छिनो-फानो गर्नु पर्ने चलन हुन्थियो तेसैले येस ठाउँ लाई कोठ राखियो थियो र कोठ मा गएर मुधुम गर्नु पर्ने हुदा किरात हरूले कोठ्मुदुम भने गर्थे पछि किरात काल हटेपछि कोठ लाई नबुझेर काठमण्डप, (काठमाडौँ ) बनाएयो/राखियो हो।
अझ पनि नेवार, राई, लिम्बु, सम्पूर्ण किरात बस्तीहरूमा नि कोठ भन्ने ठाउँ पाइन्छ यहिनै सत्य-थत्य प्रमणित भेटिन्छ
- कोठ भन्नाले नियम, विकास, सहयोक आदि गर्नु पर्ने वा भेला हुने ठुलो ठाउँ लाई कोठ भनिन्छ।
- मदुम वा मुधुम भन्नले किरातहरूले मान्दै आएको धर्मलाई मुधुम धर्म भनिन्छ तेसैले (कोठ+मुदुह्म)को अर्थ थाहा नभएर यसलाई (काठमण्डप), (काठमान्डू), (काठमाडौँ) बनाइएको हो।
प्रया: एउटै बस्तीमा धेरै कोठ हुन सक्छ तर पहिलो कोठ + कुनै ठाउँ, नाम, जाति वा देब स्थलको नाम हुन्छ जस्तै: कोठ+मन्डू, कोठ+गाउँ यसलाई प्रमुख कोठ मानिन्छ तर यस पछि अर्को ठाउको नाम कोठ राख्नको लागि कोठ लाई अन्तिमा प्रयोक गरिन्छ जस्तै : नगर+कोट, चरि+कोट वा टोल यसलाई उप-कोठ पनि भनिन्छ।
लिच्छिवि काल
[सम्पादन]सम्राट अजातशत्रु (इ.पू. ४९३–४६२ इ.पू.) को पालामा मगध साम्राज्य विस्तारित भएको थियो । राज्यविस्तारका क्रममा अजातशत्रुले उत्तरी भारतका सबैजसो राज्यमाथि आक्रमण गरे । मगध साम्राज्यसँगको युद्धमा वैशाली गणराज्य तहसनहस भयो । वैशालीमा शासन गरिरहेका लिच्छवीहरूको भागाभाग भयो । उनीहरू भागेर नेपाल पसे । अजातशत्रुबाट पराजीत भएपछि वैशालीका लिच्छवीहरू उपत्यकामा सरणार्थी भएर आए । त्यस्तै कपिलवस्तुबाट शाक्य कुशीनगरबाट मल्ल र रामग्रामबाट कोलियहरू पनि नेपाल छिरे । विस्तारै सोझा र इमान्दार किरातीलाई आफ्नो बसमा पारी लिच्छवीहरूले शासनाधिकारमाथि कब्जा जमाए नेपालका लिच्छवि (नेपाली: लिच्छवि, साथै Lichchhavi वा Lichavi) ले करिब ईस्वी सन् ४०० देखि ८७९ सम्म काठमाडौं उपत्यकामा रहेको राज्यमा शासन गरेका थिए। लिच्छवि वंशको उत्पत्ति आधुनिक भारतको बिहार राज्यस्थित वैशालीका लिच्छविहरू को एक शाखाबाट भएको मानिन्छ। पछि उनीहरूले काठमाडौं उपत्यका विजय गरी यहाँ आफ्नो शासन स्थापना गरेका थिए। लिच्छवि राज्यमा शासनको नेतृत्व महाराजाले गर्थे, जसलाई प्रधानमन्त्री तथा अन्य उच्च राजकीय अधिकारीहरूले सहयोग गर्थे। तर व्यवहारमा स्थानीय समुदायहरूको प्रशासन र व्यवस्थापन भने विभिन्न जातीय तथा सामाजिक परिषद् (कुल वा जाति परिषद्) मार्फत सञ्चालन हुने गर्थ्यो।
मल्ल काल
[सम्पादन]लिच्छविहरु काे पतन पछी भारतकाे हाल गुजरात तिरबाट १२ शताब्दीकाे अत्यतिर नेपाल छिरेका थीए । मल्लहरु ले १३औँ शताब्दीदेखि १८औँ शताब्दीसम्म शासन गरेका थिए। अरिदेव मल्ल (अरिमल्ल) ले सन् १२०१ मा शासन प्रारम्भ गरेपछि मल्ल राजाहरूले काठमाडौं उपत्यका तथा वरपरको क्षेत्रमाथि शासन गरे। त्यस समयमा उक्त क्षेत्रलाई नेपाल वा नेपाल मण्डल भनिन्थ्यो, र त्यहाँका बासिन्दाहरूलाई नेपाल भाषा (नेवारी) मा "नेपाःमि (Nepa:mi)" भनेर चिनिन्थ्यो। १५औँ शताब्दीको उत्तरार्धमा काठमाडौं उपत्यका भक्तपुर (भदगाउँ), काठमाडौं (कान्तिपुर), पाटन (ललितपुर) र बनेपा गरी चार राज्यमा विभाजित भयो। यस विभाजनका कारण शासकहरूबीच बारम्बार द्वन्द्व र संघर्ष उत्पन्न भए, जसले मल्ल वंशलाई कमजोर बनायो।
शाह काल
[सम्पादन]
राणा काल
[सम्पादन]प्रथम प्रजातन्त्रकाल
[सम्पादन]पञ्चायत काल
[सम्पादन]द्वितीय प्रजातन्त्रकाल
[सम्पादन]भूगोल
[सम्पादन]काठमाडौँ उपत्यका पहाडी भूभागमा पर्ने उपत्यका हो | यस उपत्यकालाई नागार्जुन, फूलचोकी, माण्डपगिरी शिवपुरी गरी चारवटा पहाडले घेरेका छन् | यी पहाडहरू हुन्-
माटो
[सम्पादन]मन्पर्ने माटो ।
यस उपत्यकाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ |
नदी
[सम्पादन]यस उपत्यकामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा अरु स-साना खोलाहरू बग्दछन् |
वर्षा
[सम्पादन]मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|
तापक्रम
[सम्पादन]ठिकै छ .
शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म|
ऐतिहासिक महत्त्वका तथा अन्य महत्त्वपूर्ण स्थलहरू
[सम्पादन]- काठमाडौँ उपत्यकाका केही महत्त्वपूर्ण ठाउँहरू यस प्रकार छन:
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ Royal Palaces of Abomey and Kathmandu removed from Danger List अभिलेखिकरण ६ अगस्ट २०२२ वेब्याक मेसिन at UNESCO website
- ↑ http://whc.unesco.org/en/list/121
- ↑ name=unesco
- ↑ Web, House, "काठमाडौं उपत्यका", काठमाडौं उपत्यका।
यो पनि हेर्नुहोस्
[सम्पादन]बाह्य कडीहरू
[सम्पादन]- काठमाडौँ उपत्यका अभिलेखिकरण २०१५-०८-०३ वेब्याक मेसिन
- काठमाडौँ उपत्यका यात्रा पुस्तिका
- काठमाडौँ उपत्यका यात्रा गर्न जानकारी
- काठमाडौँ उपत्यका उच्च माध्यमिक विद्यालय अभिलेखिकरण २०१६-०५-१२ वेब्याक मेसिन
- काठमाडौँ उपत्यका[स्थायी मृत कडी]
- काठमाडौँ उपत्यका मानचित्र अभिलेखिकरण २००७-०३-०३ वेब्याक मेसिन