काठमाडौं उपत्यका

नेपाली विकिपीडियाबाट, एक स्वतन्त्र विश्वकोष
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
युनेस्को विश्व सम्पदा क्षेत्र
काठमाण्डौ उपत्यका
विश्व सम्पदा सूचीमा उल्लेख गरिए अनुसारको नाम
काठमाण्डौ दरवार क्षेत्र
राष्ट्र नेपाल
प्रकार संस्कृति
मापदण्ड iii, iv, vi
सन्दर्भ 121
युनेस्को क्षेत्र Asia-Pacific
शिलालेखको इतिहास
शिलालेख 1979 (3rd संस्करण)
फैलाव 2006
खतरापूर्ण 2003–2007
Lua error in Module:Location_map at line 337: Minutes can only be provided with DMS degrees for longitude.
चन्द्रागिरीबाट देखिएको काठमाण्डौ उपत्यकाको दृष्य

काठमाण्डौ उपत्यका (नेपाल: स्वनिगः [swoniɡəː]) नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो ।[१][२] काठमाडौं उपत्यका (नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौं, ललितपुर तथा भक्तपुर पर्दछन् । यस उपत्यकाभित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, तथा ५७ गाउँ विकास समितिहरू गाविस पर्छन् ।

इतिहास[सम्पादन गर्ने]

उत्पतिको किंवदन्ति[सम्पादन गर्ने]

किंवदन्ती अनुसार काठमाडौं उपत्यका परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो | महाचीनबाट आएका बोधिसत्व मंजुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितिय प्रकाश अवलोकन गर्नुभएर चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको पानी बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौं उपत्यका हो|

गोपाल तथा महिषपाल वंश[सम्पादन गर्ने]

गोपाल वंश सबैभन्दा पहिलो राज्य हो भन्ने नेपालको इतिहासमा भेटिन्छ । उनीहरूको शासनकाल ५६१ बर्ष सम्म भएको अनुमान गरिन्छ । किबदन्ति अनुसार गोपाल राजाहरूले गाई पाल्थे भने भनाई अनुसार जुन पालेको गाईले दुध दुहुँदा दुध नदिई जंगलको एक ढुंगामा गइ दूध दिने गरेपछि गोपाल राजाले यी ढुंगालाई भगवान भनि आफूले पूजाआजा गर्दै आएपछि जुन क्षेत्रलाई अझ सम्म पनि पशुपतिनाथ, पशुपति मन्दिर भनेर चिनिन्छ ।

किरांत काल[सम्पादन गर्ने]

किरातहरुले नेपालमा १००० बर्षसम्म शासन गरेका थिये. काठमाडौँका गोपाल बंशी राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए भन्ने इतिहासमा पाईछ किरात जातिहरु चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनारा हुदै शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर जादा-जादै राम्रो अनुकुल् हावा पानीको खोजिमा नेपालको पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेपछि गोपाल बंशी राजालाई हटाएर किरांत काल सुरु भएको हो।
तर त्यति बेला काठमांडू लाई काठमाडौँ भनिन्दैनाथियो यहि किरातीहरुले नामकरण गरेको पाईन्छ त्यति बेला राज, काज, नीति, धर्म को लागि सम्पूर्ण किरातमूलबासी उपस्थिति हुनु पर्ने र नियाम कानुन र धर्मको पुजा-आजको लागि यहि ठाउँमा गइ छिनो-फानो गर्नु पर्ने चलन हुन्थियो तेसैले येस ठाउँ लाई कोठ राखियो थियो र कोठ मा गएर मुधुम गर्नु पर्ने हुदा किरात हरुले कोठ्मुदुम भने गर्थे पछि किरात काल हटेपछि कोठ लाई नबुझेर काठमण्डप, (काठमाडौँ ) बनाएयो/राखियो हो।
अझ पनि नेवार, सुनुवार, राई, लिम्बु, सम्पूर्ण किरात बस्तीहरुमा नि कोठ भन्ने ठाउँ पाइन्छ यहिनै सत्य-थत्य प्रमणित भेटिन्छ

  • कोठ भन्नाले नियम, विकास, सहयोक आदि गर्नु पर्ने वा भेला हुने ठुलो ठाउँ लाई कोठ भनिन्छ।
  • मदुम वा मुधुम भन्नले किरातहरुले मान्दै आएको धर्मलाई मुधुम धर्म भनिन्छ तेसैले (कोठ+मुदुह्म)को अर्थ थाहा नभएर यसलाई (काठमण्डप), (काठमान्डू), (काठमाडौँ) बनाइएको हो।

प्रया: एउटै बस्तीमा धेरै कोठ हुन सक्छ तर पहिलो कोठ + कुनै ठाउँ, नाम, जाति वा देब स्थलको नाम हुन्छ जस्तै: कोठ+मन्डू, कोठ+गाउँ यसलाई प्रमुख कोठ मानिन्छ तर यस पछि अर्को ठाउको नाम कोठ राख्नको लागि कोठ लाई अन्तिमा प्रयोक गरिन्छ जस्तै : नगर+कोट, चरि+कोट वा टोल यसलाई उप-कोठ पनि भनिन्छ।

लिच्छिवि काल[सम्पादन गर्ने]

मल्ल काल[सम्पादन गर्ने]

४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थापना । नेपालमा मलल कहाँबाट र कसरी कुन ठाउँबाट अाए ।

शाह काल[सम्पादन गर्ने]

राणा काल[सम्पादन गर्ने]

प्रथम प्रजातन्त्रकाल[सम्पादन गर्ने]

पञ्चायत काल[सम्पादन गर्ने]

द्वितीय प्रजातन्त्रकाल[सम्पादन गर्ने]

भूगोल[सम्पादन गर्ने]

काठमाडौं उपत्यका पहाडी भूभागमा पर्ने उपत्यका हो | यस उपत्यकालाई नागार्जुन, फूलचोकी, माण्डपगिरी गरी चारवटा पहाडले घेरेका छन् | यी पहाडहरू हुन्-

माटो[सम्पादन गर्ने]

यस उपत्यकाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ |

नदी[सम्पादन गर्ने]

यस उपत्यकामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा अरु स-साना खोलाहरू बग्दछन् |

वर्षा[सम्पादन गर्ने]

मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|

तापक्रम[सम्पादन गर्ने]

शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म|

ऐतिहासिक महत्वका तथा अन्य महत्वपूर्ण स्थलहरू[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

बाहिरी कडीहरू[सम्पादन गर्ने]