नागदह
| नागदह | |
|---|---|
नागदह | |
| रहेको स्थान | ललितपुर जिल्ला, धापाखेल गाविस |
| भौगोलिक निर्देशांक | २७°३८′५५″N ८५°१६′५५″E / 27.6487°N 85.2820°E |
| तालको प्रकार | ताजापानी |
| सिंचित क्षेत्र | |
| जम्ने | नजम्ने |
| बसोबास | धापाखेल |

नागदह नेपालको मध्यमाञ्चल विकास क्षेत्र बागमती अञ्चल, ललितपुर जिल्लाको धापाखेलस्थित सांस्कृतिक महत्त्वको पोखरी हो । विसं २०२१को नापीमा ५२ रोपनी क्षेत्रफल रहेको नागदह अहिले ४२ रोपनी क्षेत्रफलमा खुम्चिएको छ । समिति गठन भएपछि नागदह वरिपरि वृक्षरोपण, वर्षायामको भलपानी पोखरीमा नपसोस् भनेर निकासको व्यवस्था र पोखरी वरिपरि बाटो निर्माण गर्न सुरू गरिएको छ । पोखरीमा माछापालन पनि गरिएको छ । नागदह अवलोकन गर्न आउने आगन्तुक गर्न आउने आगन्तुकका लागि डुङ्गामा सयर गर्न सकिने व्यवस्था पनि मिलाईएको छ । मञ्जुश्रीले तलाउको रूपमा रहेको काठमाडौँ उपत्यकाको पानी चोभारमा गल्छी काटी बाहिर पठाएपछि उपत्यकामा नागदह र टौदह बाँकी रहेको जनविश्वास रहिआएको छ । काठमाडौँ उपत्यकाको सबै पानी सुकेपछि नागहरू यो दहमा आई बसेकाले यसको नाम नागदह रहेको बताइन्छ । सो दहमा नागपञ्चमी र ऋषिपञ्चमीमा ठूलो मेला लागने गरेको छ । [१]
सन्दर्भसामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ नागदह अतिक्रमणको चपेटामा अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]- नागदहमा रहेको नागको मुर्ति
- नागदह
- नागदहमा रहेको नागको मुर्ति