मञ्जुश्री

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

मञ्जुश्री बौद्ध धर्मग्रन्थमा वर्णन गरिएका एक बुद्ध थिए । यिनले नै प्राचिन समयमा काठमाडौं उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर वस्ति बसालेको किम्बदन्ति पाइन्छ ।

अहिले काठमाण्डौ उपत्यका भनिएतापनि यो ठाउँ केहि समय अघिसम्म पनि नेपाल-खाल्डो कै रुपमा परिचित थियो । यसको उत्पतिको इतिहास नै नेपालको उत्पतिको इतिहास हो । प्राचीन नेपालका शासक गोपालबंशकै निरन्तरता मानिने गोपालीहरुको मान्यतामा कृष्णको सुदर्शन चक्रले चोभारको गल्छी खोलेर यो खाल्डोको पानी बाहिर फालेको र त्यसपछाडि तिनले गोपालहरुलाई त्यो उपत्यका हस्तान्तरण गरेर गएको धारणा रहेको छ । त्यसो दावि रहेता पनि महाभारतकालका कुनै पनि ग्रन्थमा यो दावि उल्लेख नभएको हुँदा त्यो दाविलाई भरपर्दो मानिन्न । बरु स्वयम्भुपुराणकै आधारमा मञ्जुश्रीसित सम्बन्धित किंवदन्तिले आधिकारीक मान्यता पाएको छ । जस अनुसार चीनबाट आएका महामञ्जुश्रीले चन्द्रहर्ष खड्गले काटेर चोभारको गल्छी खोलेको वर्णन गरीएको छ ।

मञ्जुश्रीकै बारेमा पनि परस्परबिरोधि दाविहरु यथेष्ट छन । कसैले मञ्जुश्रीलाई बिक्रमशीला महाविहार (हाल बङ्गाल) मा दिक्षित बौद्ध विद्वान मान्दछन भने कसैले मञ्जुश्री महाचीनया बिख्यात बिद्वान वेन शु पु शा हिमाल पारीका इलाकाको भ्रमण गर्दै नेपाल पुगेका हुन भनी मान्दछन ।

जसले जे सुकै दावि गरेतापनि स्वयम्भु पुराण लगायतका बोद्ध ग्रन्थहरु कुनै पनि २१०० वर्ष भन्दा पुरानो हो भन्ने मान्ने आधार बलियो छैन, किन कि बुद्ध आफै पनि साँढे २५०० वर्ष पुराना हुन, सम्राट अशोकले चारुमतिलाई नेपाल पठाएपछि नै यहाँ बुद्धका विचारहरु फैलिएको हो । तिब्बतको बुद्ध धर्म त झन भृकुटि पुगेपछि मात्रै शुरुवात भएको हो । त्यो भन्दा अगाडिको घटनाहरूलाई त्यहि चस्मा लगाएर हेर्ने, अथवा आदिबुद्धहरुको अस्तित्त्वलाई मानेर निचोड निकाल्ने कुराहरु बुद्धभन्दा अगाडि अस्तित्त्वमा रहेका बुद्ध दर्शनसँग मिल्ने खालका आदिवासि दर्शनहरु एकिकृत गर्दै पुनर्लेखन गरिएको दस्तावेजहरु हुनसक्ने आधार बलियो । यस्ता दस्तावेजहरुमा निहित २५०० वर्षभन्दा अगाडिको समय वा घटनाक्रमको वर्णन निर्विवाद हुनै सक्तैन ।

त्यस्तै गरी हिन्दु पुराणहरुको आधिकारीकता पनि विश्वसनिय छैनन । आदिकालमा लेखिएको दावि गरीएको ऋगवेद पनि मुश्किलले ३००० ३५०० वर्ष मात्रै पुरानो हो भन्ने कुरा तिनको मिहिन अध्ययन गर्नेहरुले निकालेको निष्कर्ष हो । ती मध्य ऋगवेदको कुन संस्करण अगाडि लेखिएको? कुन संस्करण पछाडि लेखिएको? कुन संस्करणमा नेपालको उल्लेख कुन तरीकाले भएको हो भन्ने थाहा पाउन गाहारो छ । महाभारतमा भने नेपालको नाउँ किटिएको छ, चाणक्यको पालाको इतिहासमा पनि छ । महाभारत बुद्धकाल भन्दा अगाडि नै घटेको घटनाको रुपमा बुझ्दा त्यो बेला नै नेपाल लडाइमा सहभागि हुन सेना पठाउने हैसियतमा रहिसकेको हुँदा त्यसले पनि नेपालको प्राचिन अस्तित्त्वमाथि प्रकाश पार्छ । महाभारत कालमा पौरख देखाएका कृष्णले सुदर्शन चक्र प्रयोगगरी चोभारको गल्छि खोलेको हुँदो हो त नेपालको नाउँ नै कृष्णपुर हुने थियो होला ।

मञ्जुश्री होस वा अरु कोहि पराक्रमीले होस, जोसुकैले चोभारको डाँडा काटेर तालको पानी सुकाएर वस्ति बसाएको कहानी वास्तवमा अपुरो छ । अहिले विश्वास गरीएको कहानी अनुसार मञ्जुश्रीले खड्ग प्रयोग गरेर गल्छि खोलेको बुझिन्छ । तर हाम्रो आम बुझाइ भने आ-आफ्नै आग्रह र पुर्वाग्रहले भरीएको छ । मानौ कि उनी साह्रै शक्तिशाली र ठूलो अजङ्गको खड्ग धारण गरेका ब्यक्ति हुन र उनले खड्ग उचालेर हान्दा पहाडका ढुंगा चट्टान गर्ल्याम्म गुर्लुम्म ढलेर पानी बग्ने गल्छि बन्यो । यस्तो पनि कहिँ हुन सक्छ? हुनै सक्दैन । त्यसो भए के हो त मञ्जुश्रीको वास्तविकता?

यसमा २ वटा सम्भावना छ । पहिलो सम्भावना उनी एक ठूलो कामदार जत्थाको नेत्तृत्व गरी नेपाल छिरेका मानिस थिए र उनको अगुवाइमा चोभारको कमजोर पहरा पहिचान गरी त्यसलाई फोडेर पानी सुकाउने अभियान सार्थक भयो । यो सम्भावना सहि हो भनेर मान्ने हो यसरी तालको पानी सुकाउन कति समय र मानिस लाग्दो होला त्यसको हिसाब गर्न वैज्ञानिक उपायहरु मनग्य उपलब्ध छन । एक इञ्जिनियर मित्रको सहयोगमा मैले त्यसको हिसाब निकाल्दा खेरी के देखियो भने यति काम सम्पन्न गर्न झण्डै २००० मानिसलाई ६ महिना भन्दा बढी समय लाग्ने रहेछ । त्यो जमानामा मानिससित ढुंगे हतियार मात्र उपलव्ध हुने, जनसङ्ख्या अत्यन्तै सिमित हुने, प्राकृतिक प्रकोप र जंगली जनावरहरुको प्रकोप पहाडि खोँचहरुमा अत्याधिक हुने तथा चोभार क्षेत्र हिंस्रक चमेरो लगायत अन्य जनावरहरुको सुरक्षित प्राकृतिक वासस्थान रहेको हुँदा त्यहाँ लामो समय कामदारहरु वस्न सक्ने कुरा असम्भव छ । साथै कामदारहरुले यदि गरेको नै भए पनि त्यहाँ कामदाहरुकै निमित्त एउटा वस्ति नै बस्नु पर्ने हो, जुन अस्तित्त्वमा छैन । यसकारण कामदार जत्थाको नेतृत्त्व गरी पानी खोलेको भन्ने सम्भावना सहि हुन सक्तैन ।

दोस्रो सम्भावना उनी महाचीनबाट झरेका एक सिद्धहस्त तान्त्रीक थिए जो सँग अत्यधिक शक्तिशाली तान्त्रिक विद्या थियो । तन्त्रमा विश्वास गर्नेहरु यसको शक्तिको अस्तित्त्वलाई नकार्दैनन भने नेवार समाजमा तन्त्रको ब्यापक प्रयोग पनि छ । तन्त्रलाई नकारेर नेवार सभ्यताको कुनै अध्ययन पनि पुरा हुँदैन । मेरो विचारमा मञ्जुश्रीसित शायद चट्याङको नियोजित प्रयोग गर्न सक्ने तन्त्र विद्या थियो होला । अथवा चट्याङको भविष्यवाणी गर्न सक्ने क्षमता थियो होला । कतिपय लामा बजुहरु चट्याङ पार्ने, पानी पार्ने चमत्कार गराउन सक्छन भन्ने कुरा यद्यपि सुनिन्छ । पामल: भनिने एक विशिष्ट चट्याङ छ, जसले जुन क्षेत्रमा हान्यो त्यो ठाउँमा खड्गले काटे झै माथिबाट सिधा तल सोझो चिरा पार्ने क्षमता राख्छ । पामल: कसरी पर्छ भन्ने अनुसन्धान अपुरो छ, तर पामल:ले कसरी त्यस्तो चिरा पार्छ भन्ने अध्ययन भएको छ । केहि वर्ष अगाडि यस्तै पामल: स्वयम्भु नजिकको तान्त्रिक देवल प्रतापपुरमा परेको थियो र त्यसले गरेको क्षतिको तस्वीर हामीले नै देखेका छौ । यदि मञ्जुश्री सँग त्यस्तो प्रभावशाली विद्या रहेको भए, उनले त्यो बिद्या प्रयोग गरी चोभारको गल्छी खोलेको हुन सक्छ । पुराणको उल्लेख भए अनुसार उनले तीन फेरा स्वयम्भुको चक्कर लगाएर साधना गरेको भन्ने बुझिन्छ, जस अनुसार कुन ठाउँमा चट्याङ बज्रयो भने अपेक्षित नतीजा निस्किएला भनेर मञ्जुश्रीले अध्ययन गरेको र त्यसपछि तान्त्रिक साधना गरेर चट्याङ पारेको भन्ने बुझ्न सकिन्छ ।

जुन सुकै तरीका अपनाएर पानी बाहिर पठाएपनि त्यसको कति वर्ष पछाडि उक्त क्षेत्र मानव आवादको लागि योग्य हुन जाला? यस सवाललाई गफाडिको कुरा पत्याउने दिमागलाई परित्याग गरेर अलिकति प्राविधिक दिमाग लगाएर हेर्नु होला । त्यो हेरीसकेपछि तपाइ आफै हेत्तेरी कस्तो वाहियात गफ पत्याइएछ भनेर थक थक मान्नु होला ।

उपत्यकाको क्षेत्रफल लगभग ५५० वर्ग कि. मि. छ । स्वयम्भु डाँडा टापु झै देखिएको हुँदा त्यहाँ निकै पानी थियो भन्ने बुझिन्छ । गहिराइमा २०० मिटर सम्म भेट्न सक्ने भएतापनि सालाखाला ४० मिटर गहिराइ पानी थियो भनेर मान्ने हो भने यो पानी २२ खर्ब घन मिटर पानी हुन आउँछ । चोभारको गल्छि हालभन्दा साँघुरो नै थियो होला त्यो बेला । यति सानो गल्छिबाट त्यत्रो धेरै पानी बाहिर निस्कन कति समय लाग्यो होला? दिनको ५ लाख घन मिटर (खड्गले काटेको वा पामल:ले बनाएको गल्छिबाट यति पानी एकदिनमा निस्कन असम्भव छ, तै पनि मानौ निस्कियो रे) पानी निस्किए पनि त्यो ताल सुक्न ४४ हजार दिन लाग्छ, याने कि १२० बर्ष । र त्यो १२० वर्षसम्म त्यहाँको जलाधारमा कुनै वर्षा हुन भएन । वर्षाको पानी समेत जोड्ने हो भने २०० वर्ष जति त पानी बाहिर फाल्न नै लाग्छ । अब भन्नुस मञ्जुश्री कति वर्ष बाँचे होलान? र उनले वस्ति कहिले बसाले होलान?

अर्को प्रमूख कुरा, उपत्यकाको माटो साह्रै मिहिन चुर्णले बनेको छ, जसलाई फाइन क्ले भनिन्छ । यो माटो भनेको हावामा उडेको धुलो तालको पानीमा डुबेर तल थिग्रिन्दै गएपछि बन्ने माटो हो, जसको कापमा अड्केको पानी बाहिर निकाल्न साह्रै समय लाग्छ । सर्फेस टेन्सन भनिने पानीको गूण र क्यापिलरी एक्सन जस्ता भौतिक प्रक्रियालाई पराजित गरेर बाहिर निकाल्नु पर्ने त्यो पानीको अंश नहटेसम्म पानी सुकेपनि माटो दलदल र छिपछिपे भएर मानव वस्ति बस्नै नसक्ने हुन्छ । माथिल्लो १ मिटर माटोले मानव गतिविधि थेग्न गरी बलियो हुनको लागि १५०० देखि २००० वर्ष लाग्छ । पानी सुक्न नै झण्डै २०० वर्ष लाग्ने र बस्न योग्य हुन झण्डै २००० वर्ष लाग्ने परिप्रेक्षमा हेर्दा उपत्यकाको एउटा शिरानमा मानिसहरु खेतिपाति गरेर बस्न थालीसक्दा पनि अर्को शिरान (यानेकि पुच्छारतिर) धिपधिपे जमीन भइ मानव वस्ति नै नहुने वातावरण हुनुपर्थ्यो । हालसम्मको कुनै पनि अध्ययनले यो विषय छोएको पनि छैन ।

त्यसोभए के होला त उपत्यकाको कहानि?

माथिको तथ्यहरुबाट शायद तपाइ कन्फ्यूज हुनु भो होला । के त मञ्जुश्रीले पानी खोलेका हैनन त? भन्ने प्रश्न मनमा उठ्यो होला । यदि मञ्जुश्रीले पानी खोलेर वस्ती बसाएको भए त्यो काम ३०-४० वर्षभित्र सम्मपन्न हुन सक्नु पर्यो । अब यहाँबाट विश्लेषण शुरु गर्ने हो भने के देखिन आउँछ भन्दाखेरी मञ्जुश्री उपत्यका आउनु अगाडि नै उपत्यकामा वस्ति बसिसकेको हुनु पर्छ । अथवा वस्ति वस्न योग्य ठाउँहरुको निर्माण भएसकेको हुनुपर्छ । ती वस्तिहरु थुम्को थुम्को, चुचुरो चुचुरोमा सिमित भएको तथा वर्षातमा पानीको सतह बढ्दा अलगथलग रहन बाध्य वस्तिहरु हुनु पर्छ । उपत्यकाभित्रको समथल भुभाग मध्य पनि साह्रै गहिरो गहिरो ठाउँहरुमा मात्र तालको पानी रहेको र अन्य उच्च भुभाग तालको पानीमा नडुवेको ठाउँहरु मानव वस्तिको लागि योग्य भइसकेको जमीन हुनु पर्छ । प्राचीन नेवार वस्तिहरु रहेको भक्तपुर, थिमि, येँ, यल, किपू, पाङ्गा, लुभु लगायतका सबै नेवार वस्तिका ठाउँहरु पानीको सतह वर्षातमा जतिसुकै बढ्दा पनि नभेटिने तहभन्दा माथि र एकापसमा लगभग ५-१० मिटर हाराहारीको सतहमा रहेको छ । ती बस्तिहरु त्यति उच्चठाउँमा बस्न जानु संयोग मात्र पक्कै होइन । ती आदिम नेवार वस्तिहरुमा भाषा एउटै भएपनि लवज फरकफरक छन । यसले गर्दा यिनीहरुबीच सम्पर्क कायम रहने र टुट्ने नियमित प्रक्रिया रहेको बुझ्न सकिन्छ । भाषा विकासको अन्वेषकहरु धेरै थुम्को भएको क्षेत्र तथा भौगोलिक विकटताले गाँजेको क्षेत्रहरुमा धेरै लवजहरु फेला पार्छन भने यातायात वा सहज सम्पर्क हुने अवस्थामा थोरै लवजहरुको अस्तित्त्व हुन्छ । यसको आधारमा भन्न सकिन्छ कि ती प्राचीन नेवार बस्तिहरु चोभारको गल्छि पूर्णतया नखोलिएको अवस्थामा नै बसीसकेको वस्तिहरु हुन ।

जापानी सहयोगमा गरीएको भुगर्व अध्ययनले पनि उपत्यकाको पानी एकैपल्ट बाहिर निस्केको नभइ पटक पटक गरी निस्केको हुनु पर्ने अनुमान गरेको छ । पानी बाहिर निस्कन प्राकृतिक रुपमा नै चुनढुंगालाई पानीको बहावले काट्दै गल्छि गहिरिदै जाने प्रक्रिया अनुरुप भएको बैज्ञानिक विश्वास छ । तर यो प्रक्रिया निकै लामो समय लाग्ने प्रक्रिया हो । यस्तो प्रक्रिया सहि हो भने कम्तिमा पनि १ लाख वर्ष अगाडि देखि नै पानी बाहिर जाने क्रम शुरु भएको हुन सक्छ । भुगर्भविदहरुको बुझाइअनुसार यदि सम्पूर्ण उपत्यका नै पानीमुनि रहेको हो भने त्यो ३०हजार वर्ष भन्दा अगाडि हुनुपर्दछ । थिमि, र यलको भुबनौट २५ हजार र १८ हजार वर्ष अगाडि नै पानी भन्दा माथि आइसकेको क्षेत्र थियो भन्ने दावि गरीएको छ । अरु क्षेत्रहरु त्यसपश्चात विस्तारै क्रमैसित पानीमाथि आएको भन्ने बुझिन्छ । बुढानिलकण्ठ क्षेत्रमा गरीएको उत्खननमा ३०हजार वर्ष अगाडिको प्रागमानव हात हतियारहरु भेटीनु तथा यहाँ वस्ति बसेका ठाउँहरु पनि दशौं हजार वर्ष अगाडि नै आवादयोग्य भइसकेको तथ्य उजागर हुनुले के देखाउँछ भने पुराणहरुको वर्णन सत्यता भन्दा निकै पर रहेको छ । त्यसैले अहिले पुराणहरुको हवाला दिंदै नेपालको उत्पति बारे गरिने तर्क तथा दाविहरुलाई कुनै भाउ दिन जरुरी छैन ।

यतिमात्र हैन वास्तुविदहरुको अध्ययनले के कुरा उजागर गरेको छ भने प्राचिन नेवार वस्तिहरु निकै योजनाका साथ बनाइएको छ । जस्तो कि २५००० वर्ष अगाडि पानीभन्दा माथि आएको थिमिको नेवार वस्तिमा जुन नाप नक्सा डिजाइन र दर्शन पछ्याएर बाटो, चोक, मन्दिर, इनार, ढल आदि संरचना बनाइएको छ, ठिक त्यहि डिजाइनको वस्ति १८००० वर्ष अगाडि पानीभन्दा माथि आएको पाटनमा देखिन्छ । यसबाट बुझिन्छ कि हजारौ वर्ष लगाएर थिमि क्षेत्रमा विकास भएको वास्तुकलाको सीप पाटन इलाका वस्ति वस्न योग्य भएपछि त्यहाँ प्रयोग गरीएको छ । एवं रीतले पछि येँ तथा ख्वप इलाका वस्तीयोग्य भएपछि त्यता पनि प्रयोग भयो र ब्यवस्थीत सभ्यताको श्रृंखला नै शुरु भयो ।