सिन्धुली उपत्यका
स्वरूप
सिन्धुली उपत्यका ऐतिहासिक सिन्धुलीगढीको दक्षिणी भागमा अवस्थित रहेकोछ । बि.पि. राजमार्ग महोत्तरीको वर्दिबासदेखि ३७ कि.मी. उत्तरमा अवस्थित यस उपत्यका कमला नदीको उद्गम स्थल हो । यस उपत्यकाको पश्चिममा मरिन खोलाले बनाएको साङ्गुरो उपत्यका मरिण उपत्यका पर्दछ भने पूर्वमा कमला त्रियुगा उपत्यकाका रहेकोछ । अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका मकवानपुर जिल्ला (पश्चिम) तथा सिन्धुली जिल्ला (पूर्व)मा विभाजित छ।